ट्रेंडिंग:

>> जाँचबुझ आयोगले बोलायो पूर्वआईजीपी खापुङ र सचिव दुवाडी, आज बयान >> पर्वत समाज कतारको २३औँ वार्षिकोत्सव तथा साधारण सभाको तयारी पूरा >> एनएमबि बैंकद्वारा बुटवल कालिका क्याम्पसलाई आर्थिक सहयोग >> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित)

जुन काममा हात हाल्छौं, त्यसबाट परिणाम आउनुपर्छ’– मुख्यमन्त्री आचार्य

१३ मंसिर २०८१, बिहीबार
१३ मंसिर २०८१, बिहीबार
लमही ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लगानी अनुसार प्रतिफल आउने योजनाहरुको कार्यान्वयनमा बिशेष ध्यान दिन दिर्नेशन दिएका छन । प्रदेश विकास समस्या समाधान समितिको बिहिवार बसेको बैठकलाई सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले प्रतिफल दिने खालका योजनाहरुलाई उच्च प्राथमिकता दिएर कार्यान्वयन गर्न निर्देशन दिएका हुन ।‘जुन काममा हात हाल्छौं । त्यसबाट परिणाम आउनुपर्छ । प्रतिफल आउने योजनाहरुलाई बिशेष जोड दिएर अघि बढाऔं’मुख्यमन्त्री आचार्यले भने,‘५–७ लाख रुपैयाँका आयोजना छन । तर, त्यसले प्रतिफल दिदैन भने कार्यान्वयन नगरौं । रातो कितावमा लेखिएको भएपनि त्यसले उपलब्धि दिदैन भने कार्यान्वयन गर्न जरुरी छैन ।’
प्रदेश सरकारले अघि बढाएका आयोजना समय सिमा भित्रै सम्पन्न गर्नेगरी भूमिका बढाउन मन्त्रालय तथा मातहतका नियकालाई दिर्नेशन दिए ।‘समय तोकिएको छ । त्यस भित्र काम सम्पन्न गर्न जिम्मेवारी पुरा गर्नुहोस’उहाँले भने,‘यहाँबाट समाधान गर्न सकिएका समस्या यहाँबाट समाधान गरौं । नसकेका योजनाको बारेमा राष्ट्रिय विकास समस्या समाधान समितिमा पठाऔं ।’
प्रदेश समस्या समाधान समितिको बैठकबाट गत आर्थिक बर्ष २०८०\०८१ म वित्तिय हस्तान्तरण शिर्षक अन्तरगत संघीय सरकारबाट विनियोजन भएको वित्तिय समानीकरण अनुदानको प्राप्त हुन बाँकी रहक संघीय सरकारबाट प्राप्त हुनुपर्ने बिषय प्राथमिकताका साथ उठाइएको छ । यो समस्यालाई राष्ट्रिय विकास समस्या समाान समितिमा पठाउनेगरी प्रदेश विकास समस्या समाधान समितिको बैठकले अघि बढाएको हो ।‘प्रदेश विकास समस्या समाधान समितिले समाधान गर्न नसकेका समस्याहरुलाई राष्ट्रिय विकास समस्या समाधान समितिमा पठाउदै संघीय सरकारको गम्भिर ध्यानाकर्षण गराउछौं’उनले भने‘प्रदेशमा स्रोतहरुको अभाव छ । संघीय सरकारबाट प्राप्त हुने शसर्त अनुदानको रकम घटाई वित्तिय समानीकरण अनुदानको रकम बढाउनुपर्छ भनेर पनि उठाएका छौं ।’
प्रदेश सरकारले थालेका तर, सम्पन्न हुन नसकेका योजनाहरुको अध्ययन गरेर सम्पन्न गर्ने तर्फ समेत मुख्यमन्त्री आचार्यले ध्यानाकर्षण गराए । चिस्यान केन्द्र, सांस्कृतिक डबली, रिफ्रेस सेन्टर लगायतका आयोजना सुरु भएको, कतिपय अवस्थामा सम्पन्न नभएको, सम्पन्न भएपनि प्रयोगमा नआएको भन्दै यसमा गम्भिर ध्यान दिन अनुरोध गर्नु भयो ।‘जुन सरकारको पालामा अघि बढेको भएपनि ति आयोजना प्रदेश सरकारका हुन । ति आयोजनालाई सम्पन्न गर्न, प्रयोगमा ल्याउन योजना बनाएर कार्यान्वयन गर्न जरुरी छ’उमले भने,‘आयोजनाहरु बन्ने तर, प्रयोगमा नआउने समस्या समाधान हुनु पर्छ ।’ प्रदेश सरकारको कामलाई तिब्रता दिन सबैले‘गेर’ बदल्नुपर्नेमा जोड दिए ।
राष्ट्रिय विकास समस्या समितिमा प्रदेशले पठायो २४ समस्या
प्रदेश विकास समस्या समितिको बैठकले २४ वटा समस्याको पहिचान गरेर राष्ट्रिय विकास समस्या समितिमा पठाएको छ । संघीय सरकारबाट प्राप्त हुनुपर्ने वित्तिय समानीकरण अनुदानको रकम प्राप्त हुन नसकेको बिषय प्रमुखका साथ उठाइएको छ । प्रदेश सरकारले गत बर्षको झण्डै साढे दुई अर्ब दायित्व भुक्तानी गर्न बाँकी छ । संघीय सरकारले वित्तिय समानीकरण अनुदानको रकम नपठाउदा प्रदेशले आर्थिक संकट भोग्नु परेको छ । शसर्त अनुदानको रकम घटाएर वित्तिय समानीकरण अनुदानको बजेट बढाउने बिषयलाई प्रमुखताका साथ उठाइएको हो । साझा अधिकारका सूचीको कार्य बाँडफाँड र प्रहरी समायोजनाको बिषयलाई पनि उठाइएको छ । साझा अधिकार सूचीमा रहेका बिषयमा कार्य बाँडफाँडमा स्पष्ट मापदण्ड बनाई लागु गर्ने र प्रहरी समायोजनको कुरा छिटो टुंगो लगाउनुपर्ने, प्रदेश र स्थानीय तहमा कर्मचारी परिचालनको सन्दर्भमा प्रमुख प्रशासनिकय अधिकृत प्रदेशले पठाउनेगरी व्यवस्था गर्नुपर्ने, वन क्षेत्रको जग्गाको प्रयोग र आयोजना कार्यान्वयनमा प्रक्रियागत बिषयमा अधिकार प्रत्यायोजन हुनुपर्ने बिषयलाई उठाईएको छ । वन क्षेत्रको जग्गाको प्रयोग र आयोजना कार्यान्वयनका प्रक्रियागत बिषयमा प्रदेश सरकारलाई अधिकार प्रत्यायोजन गर्नुपर्ने बिषय उठाइएको हो । आयत हुने कृषि उपजको नियमन गर्ने बिषय पनि उठाईएको छ । ढुंगा, गिट्टी, बालुवा उत्खनन सम्वन्धि कानूनी व्यवस्था सुधार गर्नुपर्ने, सडक निर्माण, विस्तार र सुदृढिकरणमा संघीय सरकार र विद्युत प्राधिकरण संगको समन्वय प्रभावकारी नहुदा समस्या समाधान गर्नेगरी काम अघि बढाउनुपर्ने, उद्योग दर्ता र जग्गा प्राप्तीको अधिकार प्रत्यायोजन गरिनुपर्ने बिषय उठाइएको छ ।
दायित्व भुक्तानी प्रक्रिया पुस मसान्तबाट अघि बढाइने
प्रदेश विकास समस्या समाधान समितिको बैठकले प्रदेश सरकारले अघि बढाएका विभिन्न १६ वटा बिषयलाई प्राथमिकतामा राख्दै समस्या समाधान गर्नेगरी अघि बढाइने भएको छ । बहुबर्षिय ठेक्का सम्वन्धि मापदण्ड पुस मसान्त भित्र तयार पार्ने समय तोकिएको छ । साल बसारी रुपमा हुने कुल दायित्य र योजनाको एकिन मंसिर मसान्त भित्र गर्ने र पुस मसान्त भित्र बहुबर्षिय ठेक्का सम्वन्धि मापदण्ड पुरा गर्ने, परिणाममुखी आयोजना कार्यान्वयनलाई जोड दिइएको छ । स्रोतको अधिकतम सदुपयोग गरी बार्षिक बजेट तथा कार्यक्रममा परेका योजना तथा कार्यक्रम सञ्चालन गर्दा अपेक्षित परिणामलाई मध्यनजर गरेर मत्र मितव्ययी तरिकाले आयोजना तथा कार्यक्रम कार्यान्वयन गर्ने, प्रदेशको कर्मचारी व्यवस्थापन गर्न विस्तृत संगठन तथा व्यवस्थापन सर्वेक्षण फागुन मसान्तसम्म समपन्न गरी कर्मचारीको पदपूर्ती तथा पदस्थापन गर्ने कार्यलाई तिब्र पार्ने, सडक निर्माण क्षेत्र सम्वन्धमा प्रदेश याजना आयोगका उपाध्यक्षको संयोजकत्वमा कार्यदल गठन गर्ने, जुन कार्यदलले फागुन मसान्त भित्र प्रतिवेदन पेश गर्ने, एकिकृत शहरी पूर्वाधार निर्माण सम्वन्धि कार्यविधि फागुन मसान्त भित्र तर्जुमा गरिसक्ने निर्णय गरिएको छ । बहुबर्षिय आयोजनाको रुपमा स्वीकृत तथा स्रोत सुनिश्चित भएका आयोजना मात्र कार्यान्वयन गर्ने निर्णय भएको छ । बहुबर्षिय आयोजनाको रुपमा स्वीकृत तथा स्रोत सुनिश्चित नभए सम्म बार्षिक बजेटमा विनियोजित रकमभन्दा बढी दायित्व सृजना हुनेगरी कुनैपनि आयोजना तथा कार्यक्रम कार्यान्वयन नगरिने भएको हो । गत बर्षको दायित्व भुक्तानी हुन बाँकी आयोजनाहरुको रकम भुक्तानीको प्रक्रिया पुस मसान्तभित्र अघि बढाउने, निर्मित पूर्वाधारहरुको सदुपयोगमा बिशेष जोड दिइएको छ । प्रदेश योजना आयोगका उपाध्यक्ष संयोजक रहनेगरी सडक, चिस्यान केन्द्र, रिफ्रेस सेन्टर, सांस्कृतिक डवली लगायत उपयोग नभएका वा न्यून उपयोग भएका पूर्वाधारहरुको अवस्था एकिन गर्नगरी उपयोग बढाउन, हस्तान्तरण र आर्थिक सामाजिक गतिविधि संग जोड्न बिषयमा अध्ययन गरी फागुन मसान्तसमम मुख्यन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रतिवेदन पेश गर्ने निर्णय भएको छ ।
प्रदेशको कामलाई प्रतिफल संग जोडौं
प्रदेश विकास समस्या समितिको बैठकले प्रदेशको विकास निर्माणको कामलाई प्रतिफल र उपलब्धि संग जोड्नेगरी विभिन्न महत्वपूर्ण बिषयहरु उठान गरेको छ । प्रदेशबाट कार्यान्वयन हुने र राष्ट्रिय स्तरमा उठाउनुपर्ने बिषयहरुको पहिचान गरेर सवालहरुको उठान गरेर कार्यान्वयन चरणमा लगिएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको बैठकमा मन्त्री, सचिव, सल्लाहकार, विज्ञहरुले प्रदेश सरकारको काम कारबाहीलाई प्रभावकारी बनाउनेगरी सुधारका साथै प्राथमिकीकरणका बिषयमा धारणा राखे। बैठकमा प्रदेश योजना आयोगका उपाध्यक्ष डा.डिल्लीराज अर्यालले प्रदेशको आन्तरिक स्रोतलाई बलियो बनाउनेगरी राजश्वको दायरा बढाउनुपर्ने, कार्य सम्पादनलाई प्रभावकारी र उपलब्धिमुलक बनाउनुपर्ने बिषयहरु प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?