Butwal Today

इस्मामा ढुङ्गा काट्ने सिप सिकाउँदै

१३ मंसिर २०८१, बिहीबार
अ+
अ-

गुल्मी, १३ मंसिर ।
गुल्मीको इस्मा गाउँपालिकामा स्लेट ढुङ्गा सम्बन्धि सिपमूलक तालिम सम्पन्न भएको छ । घरेलु तथा साना उद्योग कार्यालय गुल्मीको आयोजनामा इस्मा गाउँपालिका ३ अन्तरगत दर्लामचौरको रामकोटमा उक्त तालिम सञ्चालन गरिएको थियो ।
स्लेट ढुङ्गा सिपमूलक तालिममा सहभागिहरूलाई स्लेट ढुङ्गाको सही प्रयोग त्यसको प्रशोधन र निर्माण प्रक्रियामा दक्ष बनाउने उद्देश्यले उक्त तालिम सञ्चालन गरिएको घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका प्रमुख राजिब अर्यालले बताए । उनले स्थानीय स्रोतहरूको अधिकतम उपयोग गर्दै स्वरोजगार सिर्जना र दिगो विकासलाई प्रवद्र्धधन गर्न तालिमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन । कार्यक्रमले सहभागिहरूलाई स्लेट ढुङ्गा काट्ने तरिका, त्यसलाई आकार दिने, उत्पादन, प्रशोधन र सजावट सामग्री तयार गर्दै दक्षता अभिवृद्धि गर्नुका अतिरिक्त व्यावसायिक सीपको ज्ञान प्रदान गरिएको थियो । तालिम समापन कार्यक्रममा बोल्दै इस्मा गाउँपालिका उपाध्यक्ष अधिवक्ता पार्बती कुँवरले सिप बिनाको जीवन सधैभरी अधुरो र अपुरो हुने भन्दै सिपको विकासले मात्र मानिसको जीवन बदलिने बताएकी छन । उनले त्यसका लागि गाउँपालिकाले नागरिकहरूको जीवनस्तरमा सुधार ल्याउन विभिन्न प्रकारका सिपमूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको बताईन । कार्यक्रममा इस्माका पुर्व गाउँपालिकाका अध्यक्ष लक्ष्मण बिष्ट, प्रमुख कोष नियन्त्रक हरिहर शर्मा तिवारी, वडाध्यक्ष ज्योतीराज कुँवर, पुर्व वडाध्यक्ष तोयनाथ सापकोटा लगायतका व्यक्तिहरूले स्लेट ढुङ्गाको सही उपयोग र प्रशोधन मार्फत स्थानीय जनताको जीवनस्तर सुधार गर्न तालिममले महत्वपूर्ण सहयोग पुराउने बताएका थिए ।तालिमले ढुङ्गा उद्योगमा युवाहरूलाई स्थानीय स्तरमा रोजगारीका अवसरहरू विस्तार गर्दै परम्परागत रूपमा प्रयोग हुने स्लेट ढुङ्गालाई आधुनिक प्रयोगका लागि अनुकुल बनाईने अपेक्षा गरिएको छ । पन्ध्र दिनसम्म सञ्चालन गरिएको उक्त तालिममा १७ जना व्यक्तिहरूको सहभागिता रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?