Butwal Today

दुर्घटनामा युवकको मृत्यु

१२ मंसिर २०८१, बुधबार
अ+
अ-

कपिलवस्तु ।

कपिलवस्तुमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

कपिलवस्तुको यसोधरा गाउँपालिका–७ सोमढीहस्थित सडकमा लु.५५ प ३७३४ नम्बरको मोटरसाइकल र युपि ५५ एके ३५७५ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई मंगलबार साँझ दुर्घटना हुँदा लु.५५ प ३७३४ नम्बरको मोटरसाइकल चालक यसोधरा ८ सिंहखोर बस्ने ३१ वर्षीय सब्दान हुसेन चौधरीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका युपि ५५ एके ३५७५ नम्बरको मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।