ट्रेंडिंग:

>> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस

बिदेशबाट फर्केपछि कृषिमा रमाएका हरपल

११ मंसिर २०८१, मंगलवार
११ मंसिर २०८१, मंगलवार

दाङ, ११ मङ्सिर । चार वर्ष मलेसियामा रोजगार गरेका हरपल केसी अहिले स्वदेश फर्किएर कृषि कर्मलाई अघि बढाएका छन । घोराही उपमहानगरपालिका –९, अस्पाराका हरपल केसी ठुलो सपना बोकेर मलेसिया गएका थिए । उनको सपना जस्तो विदेशमा भएन ।

विदेशमा जत्तिको मेहनत गरे स्वदेशमा नै राम्रो हुने उनि बताउछन । मेहनत गरेर जोगाएको रकमबाट अहिले उनि कुखुरापालन र कृषिमा अग्रसर भएका छन । ‘मलेसिया बसेर फर्किएर व्यावसायीक कृषिमा लागे ।’—उनले भने । घरको आर्थिक अवस्था कमजोरी भएकै कारण विदेश जानुपरेको उनले दुखेसो सुनाए । मलेसियामा महिनाको ४०/५० हजार रुपैया कमाई हुने र त्यसैबाट केही रकम जम्मा गर्न सफल भएको उनले बताए । एकातर्फ मेहनत अर्कोतर्फ परिवारबाट टाढा बस्नुपर्ने पिडाको अन्त्यका लागि घर फर्किएको उनि बताउछन । ‘चार वर्ष बिदेश बसाईले धेरै सिकायो ।’— उनले भने । उनले आफ्नै घर छेउको एक कट्ठा जमिनमा आठ लाख रुपैया लगानी गरेर खोर निमार्ण गरेका छन । जहा एक हजार पाँच सय कुखुरा राख्न मिलेको छ । उनले शुरु गरेको कुखुरापालनबाट अहिले आम्दानी दिन शुरु गरेको छ । अण्डा उत्पादन गर्ने लक्ष्यसहित शुरु गरेको उनको कुखुरापालनले प्रतिफल दिदा उनि दंग छन । ‘व्यापारी घरमै आएर अण्डा लैजाने गरेका छन् ।’—उनले भने । अण्डा बिक्रीका लागि बजार धाउन नपर्दा उनी खुशी छन । कुखुरासंगै उनले ब्यवसायी कृषि पनि अघि बढाएका छन ।

दुई कट्ठा जमिनमा टमाटर खेती गरेका छन् । उनले लगाएका टमाटरका बोटमा लटरम्म टमाटरहरु पाकेका छन् । बेमौसमी टमाटर खेतीलाई घाम पानी र तुसारोले असरबाट बचाउन उनले आधुनिक कृषि प्रणाली अप्नाएका छन । घोराही उपमहानगरपालिका कृषि शाखाबाट अनुदानमा उनले टलेन जडान गरेका हुन । टलेनमा आधा सहुलियत प्राप्त भएको उनले बताए । अनुदानकै कारण उनि कृषि पेशालाई निरन्तरता दिने गरि हौसिएका छन । ‘स्थानिय सरकार हाम्रो साथमा भएको अनुभुती भएको छ ।’— उनले भने । घरपरिवारसंग बसेर आफनै कर्ममा उनि रमाएका छन । उनको यो पेशामा बाबा, आमा, श्रीमती र छोराछोरी सबैको साथ रहेको छ । अहिले बजारमा ८० रुपैया किलोमा टमाटर घरैबाट बिक्री गरेका उनि आगामी वर्ष अझ जमिन लिजमा लिएर खेति बताउने सोचमा छन ।

पछिल्लोसमय स्वदेशमा केही भएन भन्ने मानसिकताका साथ युवा पलायन भैरहेको बेला दाङका केसी भने आफ्नै देश मेहनत गर्दा धेरै हुन्छ भन्ने उदाहरण पेश गर्न सफल भएका छन । सरकारबाट युवाहरुलाई स्वदेशमा नै पेशा ब्यवसायमा अग्रसर हुने गरि नीतिगत सहयोग गर्न जरुरी रहेको उनले बताए ।

घोराही उपमहानगरपालिकाले उनि जस्ता धेरै पशु पालन र कृषिमा अग्रसर युवाहरुलाई अनुदान दिएको आत्मर्निभर बनाउदै आएको छ ।घोराही उपमहानगरपालिका कृषि तथा पशु व्यावसाय प्रबन्धन शाखाले २४ जना मुक्त कमलरी तालिम र ६ हप्ते कुखुराका चल्ला (मासु र अण्डाका लागि), बिदेशबाट फर्केका ६ जना युबालाई इलेक्ट्रक च्याप कटर, ७ जना पशु पालक किसानलाई मुत्र संकलन सहितको भकारो सुधार कार्यक्रम, आकस्मिक कृषि संरक्षण कार्यक्रम, सय भन्दा बढीलाइ बिषदी र तरकारीका प्याकेजिङ बिउ बितरण गरेको छ ।

साना सिचाइ कार्यक्रम अन्तरगत १५ जनालाई पानी तान्ने मोटर, साना सिचाइ कार्यक्रम पक्की कुलो, पोखरी स्यालो टिउबेल निर्माण यसैगरि लिप्ट सिचाइ अन्तरगत सिचाइका लागि मोटर र पाइप १५ जना किसानलाई बितरण गरेको छ । ५४ जना किसानलाई हरियो घास बिस्तार कार्यक्रम अन्तरगत ५० प्रतिशत अनुदान बितरण गरेको छ । कोल्ड स्टोरमा आलु तथा तरकारी राख्ने १८ कृषकलाइ ५० प्रतिसत सहुलियत दिएको घोराही उपमहानगरपालिका पशु सेवा शाखाका प्रमुख श्रीधर अधिकारीले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?