ट्रेंडिंग:

>> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला

घोराहीको न्यायिक समितिद्धारा ४४ प्रतिशत विवाद मिलापत्र

११ मंसिर २०८१, मंगलवार
११ मंसिर २०८१, मंगलवार

दाङ, ११ मंसिर । घोराही उपमहानगरपालिकाको न्यायिक समितिले २२ विवाद फर्छ्यौट गरेको छ । न्यायिक समिति संयोजक एवम् उपप्रमुख हुमा डिसीले मंगलबार पहिलो त्रैमासिकमा सम्पादित कार्यप्रगति बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा चालू आर्थिक वर्ष २०८१/०८२ को पहिलो त्रैमासिकमा र गत आर्थिक वर्षको जिम्मेवारी सरि आएको कुल ५० विवाद मध्ये २२ बिबाद फर्छ्यौट भएको बताईन । ‘न्यायिक समितिमा दर्ता भएका विवादमध्ये ४४ प्रतिशत विवाद मिलापत्र गर्न सफल भएका छौ ।’— उनले भनिन ।

स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ४७ को उपदफा १ र २ अनुसार देवानी प्रकृतिका मुद्दा उपर न्यायिक इजलासमार्फत न्याय निरुपण गर्ने क्रममा दफा १ अनुसार ९ वटा, दफा २ अनुसारका ८ वटा, अन्य उजुरी तथा निवेदन गरि ६ वटा र आर्थिक वर्ष २०८०–०८१ बाट जिम्मेवारी सरी आएका २७ वटा विवाद गरि ५० विवाद मध्ये २२ विवाद समाधान भएको न्यायिक समिति संयोजक डिसीले जानकारी दिइन ।
उनका अनुसार, दफा १ अनुसारका ३ वटा, दफा २ अनुसारका ६ वटा, अन्य उजुरी तथा निवेदनका २ वटा एवम् अघिल्लो वर्षको जिम्मेवारी सरी आएको ११ वटै विवादको मिलापत्र भएको छ । अब २८ वटा विवाद मिलापत्र गर्न बाँकी रहेको उनले बताइन् ।

न्यायीक समितिमा सबैभन्दा धेरै नाबालक छोराछोरी वा पति पत्नीलाई ईज्जत आमद अनुसार खान लाउन वा शिक्षा दीक्षा नदिईएको ५७ वटा, आलीधुर, बाँध, कुलो पानीघाट बाँडफाँड तथा उपयोगका १ वटा, सार्वजनिक स्थलको उपयोग गर्न नदिएको वा बाधा पुर्याएको १ वटा विवाद न्यायिक समितिमा न्यायको माग गर्दै उजुरी परेका थिए । अब दफा १ अनुसार, नाबालक छोराछोरी वा पति पत्नीलाई ईज्जत आमद अनुसार खान लाउन वा शिक्षा दीक्षा नदिईएको ५ वटा, सार्वजनिक स्थलको उपयोग गर्न नदिएको वा बाधा पुर्याएको १ गरि ६ वटा विवाद मिलापत्र गर्न बाँकी रहेको छ ।

यसैगरी, दफा २ अनुसार सरकारी सार्वजनिक वा सामुदायिक बाहेक एकाको हकको जग्गा अर्काेले मिची वा घुसाई खाएको १ वटा, पति पत्नी बिचको सम्बन्ध बिच्छेद १ वटा गरि २ वटा उजुरीको मिलापत्र गर्न बाँकी रहेको न्यायिक समिति संयोजक डिसीले बताइन । यसैगरी, अन्य उजुरी तथा निवेदनका ४ वटा र गत आर्थिक वर्षको जिम्मेवारी सरी आएको १६ विवाद गरि कुल २८ विवादको मिलापत्र गराउने काम भईरहेको उनले जानकारी दिइन् ।

घुम्ती न्यायीक शिविरमार्फत पछिल्लो समय न्यायिक समितिले काम गर्दै लगेकोे हुँदा न्याय निरुपणको काम सहज रुपमा भईरहेको उनले जानकारी दिइन् । अहिले गाउँबस्तीमा पुगेर नगरबासीलाई कानुनी साक्षरता प्रदान गर्ने कामसमेत अघि बढाईएको छ । सो अवसरमा, निमित्त प्रमुख प्रशासकीय अधिकृत बासुदेब आचार्यले नगरबासीलाई सहज न्याय दिलाउन न्यायिक समिति प्रभावकारी भएको बताए । पीडित र पीडक भनिएकाहरु दुवैले जीत–जीतको महसुस हुने गरि काम भएको उनले बताए । सामाजिक विषयसँग जोडिएका समस्याहरु न्यायिक समितिमा उजुरी परेका हुँदा कानुनी साक्षरतासँग जिम्मेवार नागरिक बनाउन पालिकाबाट ध्यान दिईएका उनको दाबी छ ।

पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसीले मेलमिलाप गरेका नागरिकका विषयमा पनि के कस्तो भैरहेको छ जानकारी लिन न्यायिक समितिलाई आग्रह गरे । पालिकाका कानूनी सल्लाहकार भुपबहादुर केसी न्यायिक समितिले नगरबासीलाई कानुनी साक्षरतासँगै न्याय निरुपणको कामले समाजमा सकारात्मक प्रभाव परेको बताए । कार्यक्रमको सहजीकरण कानुनी मामिला शाखा प्रमुख प्रतलाकुमारी देवकोटाले गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?