ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

राजनीतिप्रति चरम बितृष्णा किन ?

११ मंसिर २०८१, मंगलवार
११ मंसिर २०८१, मंगलवार

जब हामी कुनै व्यक्तिलाई विशेषगरी नेतृत्वमा राख्छौं अनि उनीहरूको नेतृत्व क्षमताको मूल्यांकन गर्न आवश्यक हुन्छ । यहाँका नेताहरूले समाजमा उत्पादन र रोजगार सिर्जना गर्ने पेसा र व्यवसायसँग कुनै अनुभव नभएमा, तिनीहरूको क्षमता र दृष्टिकोणमा पनि समस्या हुनसक्छ । विशेषगरी जब तिनीहरूले आफ्नै व्यक्तिगत लाभको लागि कार्य गर्दैछन्, जस्तै आफ्नी पत्नी, छोराछोरीको सामान्य वस्त्रको लागि पनि राज्यको दोहन गर्ने । देशमा राजनीतिक अस्तव्यस्तता चुलिएको बर्षौँ बितिसकेको छ । करिब २००७ साल देखिकै सेरोफेरोमा राजनीतिक व्यवस्था सुरुवात भएको बेलादेखि नै प्रजातन्त्र, पञ्चायती व्यवस्था, प्रजातान्त्रिक व्यवस्थाको पुनर्बहाली र पछिल्लोपटक दशौँ हजार जनताको बलिदानी पश्चात् प्राप्त गणतन्त्रसम्म आईपुग्दाको नेपाली राजनीतिक अभ्यासलाई हेर्ने हो भने राजनीतिको व्यवसाय गर्ने थलो बनेको छ नेपाल । कथित राजनीतिलाई पेसा र व्यवसाय बनाएका नेताहरूमा सामान्य नैतिकता समेत लोप भइसकेको कुरा कथित राजनीतिककर्मीहरूकै विधि र व्यवहारबाट उजागर भइसकेको छ । सामान्य अर्थमा बुझ्ने हो भने राजनीति एउटा पेशा नभएर निःस्वार्थ समाजसेवा हो जसलाई माध्यम बनाएर आफुले अँगालेको चिन्तनलाई परिष्कृत गर्दै देश र जनताको हित र समग्र देशको विकासमा सामेल हुन सकिने सबैभन्दा सम्मानित स्थान हो राजनीतिक थलो । जसलाई युगयुगसम्म इतिहासले कदर गर्न सकोस् ।

सफल राजनीतिज्ञमा हुनुपर्ने आधारभूत विद्वता, दक्षता अनि इमान्दारिता र नैतिकताको खडेरी छ कथित राजनेताहरूमा । साझा हित र जनकल्याण भन्दा पनि कुनै भिडको मात्रै नेता बन्ने अत्यन्तै संकिर्ण चिन्तन त नेपाली नेताहरूको सबैभन्दा नराम्रो रोग बनेको छ । यसर्थमा भन्ने हो भने एकाध बाहेक हालसम्म नेपाली राजनीतिको केन्द्रमा रहेका कुनैपनि राजनीतिक खेलाडीहरूमा स्वच्छ चिन्तन र नैतिकताको अभाव देखिन्छ । राजनीतिलाई त्याग र सेवाको माध्यमको रूपमा नलिई विभिन्न तवर र कृपाबाट प्राप्त सत्ता र शक्तिलाई नीजि शान र हैकम जमाउने थलोको रूपमा लिने नेताहरू जनताको आँखामा कसरी सफल बन्नेछन् ? झनै हालको नेपाली राजनीतिलाई हेर्दा नेता भनौदाहरूको चरम अकर्मण्यता, गैरजिम्मेवारीपन र चरम अनैतिकताले पराकाष्ठा नाघिसकेको छ । जनतालाई पटकपटक ढाँटेर सत्ताको शयर गरिसकेका निर्लज्ज प्राणीहरूको भीड साबित भैसकेका छन र पनि अझै जनतालाई आफ्नो मपाईत्वको नारा भजाउन जनतालाई भेडा बनाउन लागिपरेका छन् । सत्तामा रहनेहरू रोग भोक र चरम गरिबीको शोकमा डुबेका जनतालाई हेर्न आफूलाई कुनै स्वर्गको दुत आएको भान छरेर फर्किन्छन् । जनताले सिटामोल पाउदैनन् । नेताले भिटामिनको कमी भएको शिर्षकमा करोडौं राष्ट्रिय ढिकुटी निकालेर बिदेश घुम्न जान्छन । झन संघीयता आएपछि त नेता र सांसदको संख्या यति धेरै भयो कि सरकारी सम्पत्तिलाई आफ्नो कोटको खल्तीमा नै राखी दुरूपयोग गरेका छन् । यति निर्लज्ज भएकी छापामा दैनिकजसो राज्यको ढुकुटीको दुरूपयोग भनेर आउँदानी लाज पचाएर समाजमा हिँडिरहेका छन् ।

जनताका छोराछोरी देशमै साक्षर छैनन् । नेताहरू आफ्ना छोराछोरीलाई महँगा बिदेशी बिद्यालयमा पढाउँछन् । तमाम नेताका छोराछोरी स्वदेशमै डाक्टर इन्जिनियर पढेका पनि छन् । नेताको पेशा छैन, व्यवसाय छैन, पैत्रिक सम्पत्ति पनि ६ महिनालाई पुग्ने छैन् । आफ्नो लगानीमा एक रूपैयाँको नाफा घाटाको अनुभव छैन । एक जनालाई स्वरोजगार बनाएको छैन । पूरा जनतालाई रोजगारी दिन्छु भनेर जनतालाई ढाँटेका छन् । आखिर कहाँबाट आयो करोडौं पैसा छोराछोरीको फिस तिर्न ? अधिकांश नेताको देशको प्रमुख सहरमा आलिसान घरहरू छन । कहाँ बाट आयो त्यो पैसा ? नेपालको राजनीतिमा अधिकांश नेताहरूको इतिहास हेर्दा राजनीतिलाई ब्यवसाय बनाएको देखिन्छ । सुरुदेखि नै होल टाइमर कार्यकर्ता बन्छ्न, पेशा व्यवसाय केही गर्दैनन्, केही नेताको अगाडि पछाडी लागेकै भरमा राजनीतिक नियुक्त हात पार्छन, जहाँ कुनै योग्यता लागू हुदैन । मात्र कति सालको पार्टी सदस्य हो भन्नेले महŒव पाउँछ । यति मात्र कहाँ हो र अधिकांश नेताले चुनावमा आफ्नै पार्टीमा पनि टिकट किन्न्नुपर्ने बाध्यता आज बजारमा यत्रतत्र सुन्न पाइन्छ । कोही नेताले त टिकट किन्ने अनि हारिन्छ जस्तो लागेपछि चुनावको अघिल्लो दिन अर्को दललाई समर्थन गरि बेचेका हल्ला पनि बजारमा प्रत्येक चुनावमा सुन्न पाइन्छ । जबसम्म योग्यताको आधारमा राजनीतिक नियुक्ति गर्ने परिपाटी बन्दैन, यी निकायहरू अपाङ्ग रहिरहन्छन । आज सर्बत्र खुलेआम भ्रष्टाचार मौलाएको छ । देश हाँक्ने प्रमुख अड्डाहरूको कुर्सीको मूल्य निर्धारण भएको छ । जब जनताको सेवा गर्ने भनी राखिएको कुर्सी किनेर आएको व्यक्तिले पहिला लगानी नउठाई कसरी जनताको निस्वार्थ सेवा गरोस । टिकट, कुर्सी, नियुक्ति, सिफारिस आदिको मूल्य प्रायः सार्वजनिक बनिसकेको छ । कुर्सीको मूल्य विभिन्न बहानामा जनताले नै तिर्ने हो । आज सरकारी अड्डा अदालतमा राजस्व मात्र तिरेर जनताका कुनैपनि काम हुँदैनन । यो सम्पूर्ण हुनुमा हामीले चुनेका प्रतिनिधिको पेसा ब्यवसाय नहुनु नै हो किनकी आफ्नो र परिवारको जीविकोपार्जनका लागि राज्य दोहन बाहेक अन्य बिकल्प नहुनु । लाज ढाक्न लगाइने कपडामा पनि भ्रष्टाचार गरेको पैसा प्रयोग गर्नु जत्तिको निर्लज्जता केही हुन सक्छ र ? यसले लाज ढाक्दैन नाङ्गै देखाउँछ । छोराछोरी हुर्काउन, पढाउन, लालन पालनदेखि लाज ढाक्न लगाइने भित्री बस्त्रमा पनि राज्य दोहनको पैसा प्रयोग हुनु दुर्भाग्य हो ।

देशका कर्मचारीदेखि विभिन्न निकाय र संघ संस्थामा राजनीतिक पक्षपोषण गर्ने विभिन्न राजनीतिक दलप्रति बफादार ट्रेड युनियनहरू खोलिएका छन । एकजना युवायुवती १५÷१६ बर्षको कडा परिश्रम गरि आफ्नो कक्षाका ९०% साथी वैदेशिक अध्ययनमा गएपनि देशको मायाले गर्दा स्वदेशमै अध्ययन गरि सर्टिफिकेट हात पार्छ । सयौ ठाउँमा त्यो सर्टिफिकेट टक्राउँछ । केही हात लाग्दैन किनकी रोजगारी सिर्जना हुने सम्पूर्ण निकाय पूर्णतः अस्थिपञ्जर मात्र छन् । उता वैदेशिक अध्ययनमा गएको साथी महँगा गाडी सहितको तस्बिर फेसबुकका वालमा राखेको देख्छ । अनि दुईचार कन्सल्टेन्सी धाउँछ तर आफ्ना बुबाआमा र देशप्रतिको मायाले ५÷७ बर्षको लोकसेवाको तयारी पश्चात् जीवनमुखी जागिर प्राप्त गर्दछ । स्वदेशमा रहि देशको सेवाको हुटहुटी हुन्छ, यहाँ यतिले जागिर खान पाइँदैन । अब अर्को संघ संगठनमा पनि समाबेश हुनुपर्ने बाध्यता छ । किनकी जब सरुवा र बढुवामा विभिन्न प्रलोभनमा संघ संगठनका आदि गैर सरकारी संस्थाको सरुवाको लागि लिस्ट बन्छ, महिनौं अगाडिदेखि मन्त्रालयको गेट र अफिस कब्जा जसो हुन्छ । अफिस र कार्यालयमा बर्षौ नदेखिएका अनुहार मन्त्रीको अगाडि पछाडी देखिइरहन्छन र यो मेरो पार्टीको, यो गठबन्धनको भनी विभिन्न बहानाबाजी गराउँछन । दैनिक समयमा अफिस जाने आउने र अफिसको काम कर्तव्य हुबहु गर्ने जमात हुदैन त्यहाँ । त्यहाँ त केवल कान लुकाउने र समय नचिन्नेको जमात हुन्छ र इमान्दार कर्मचारी पराजित हुन्छ किनकी संघ संगठनका लिस्ट हुबहु कार्यन्वयन हुन्छ । सायद सरुवामा यतिमात्र चल्दैन अन्य लेनदेन पनि चल्दछ होला र सरुवा समानान्तर हुदैन । जब सरुवा बढुवा समानान्तर हुदैन, एउटा इमान्दार कर्मचारीको स्वदेशमै सेवा गर्ने हुटहुटी १०० ठाउँबाट भाचिन्छ । संघ संगठन जित्छ तर देशले हार्छ । अनि हामी सोझा जनता बिदेश गएका युवायुवती स्वदेश फर्किने आशामा बस्छौं ।

यस्तो भएपछि कसरी कुनै कर्मचारी, मजदुर पेशागत व्यवसायीले आफ्नो मर्यादाको हितमा काम गर्न सक्छन ? नेतालाई सुरक्षित आम्दानीको स्रोत कर्मचारी बनेका छन् । ६/६ महिनामा सरकार परिवर्तन र सरकार परिवर्तन सँगसँगै कर्मचारी पनि परिवर्तन हुन्छन । गाउँगाउँमा प्रत्येक पार्टीका छुट्टाछुट्टै विद्यालय, सहकारी र संघ संस्थाहरू हुन्छन । फलानो पार्टीको विद्यालय, फलानो पार्टीको सहकारी भनेर चिनिन्छन । यसरी मुलुक पूर्णरूपमा फोहोरी राजनीतिले नराम्ररी जेलिन पुगेको छ । जहाँजहाँ जसको शक्ति र सामथ्र्य स्थापित गर्न सफल भएका छन, त्यहाँ त्यहाँ सम्बन्धित राजनीतिक दलको मनोमानी चलेको छ । देशमा लामो समयसम्म लम्बिएको सङ्क्रमणकाल र द्वन्दले थपिएको जटिलताका कारण पनि देशभर यस्तो मनपरितन्त्रले नराम्ररी जरा गाडेको छ । जसको प्रत्येक्ष प्रभाव परेको छ– मुलुकको विकास निर्माणका गतिविधिमा पनि । हरेक ठाउँमा आ–आफ्नो राजनीतिक दलको स्वार्थमा विकासको लागि छुट्टिएको रकम झ्वाम हुन्छ । यसले कमजोर र असक्षम नेताहरूमा निर्भर गर्नको हानिकारक परिणामहरू निम्त्याउँछ । जब नेतृत्वमा कोही व्यक्ति नाफा र घाटा अनुभव नगरी काम गर्छन्, तिनीहरूले राष्ट्रिय समस्याहरूको समाधान गर्न गारो हुन्छ । यसले समाजमा व्यापक असन्तोष र टकरावको स्थिति सिर्जना गर्न सक्छ ।

अवको बिकल्प भनेको पेशा र व्यवसायमा सफल व्यक्तिहरूले राजनीतिक क्षेत्रमा प्रवेश गरेर देशमा आमूल परिवर्तन ल्याउनु हो । यस्ता परिवर्तनहरू अक्सर तिनीहरूको नेतृत्व, विचारधारा र अनुभवका आधारमा हुनुपर्दछ । पेशा र व्यवसायमा सफल व्यक्तिहरूको राजनीतिक क्षेत्रमा प्रवेशले विभिन्न सामाजिक, आर्थिक र राजनीतिक परिवर्तनहरूमा महत्वपूर्ण योगदान पु¥याएको छ । सामाजिक परिवर्तनका लागि, नेतृत्वको अनुभव र साँचो प्रतिबद्धता आवश्यक छ । सरकारले विकास कार्य गर्नका लागि सामान्य नागरिकको विश्वास र सहयोग अत्यावश्यक छ । तर जब नेतृत्वले आफ्नो स्वार्थका लागि काम गर्दछ, तब त्यसले नागरिकको यो विश्वासलाई कमजोर बनाउँछ । यसले स्पष्टरूपमा देखाउँछ कि हामीलाई नेता चयन गर्दा नागरिकको चेष्टा र समीक्षाको आवश्यकता बुझ्न् जरुरी हुन्छ । हाम्रो आलोचना र मूल्यांकनका आधारमा हामीले योग्य र प्रतिबद्ध नेतृत्व खोज्नुपर्छ । केवल एक व्यक्ति वा पार्टीमा निर्भर रहनु पर्याप्त छैन । यसको लागि नागरिकको जागरूकता र सक्रियता अनिवार्य छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?