Butwal Today

क्यान महासंघ गुल्मीमा केसी

११ मंसिर २०८१, मंगलवार
अ+
अ-

गुल्मी, ११ मंसिर ।
कम्प्युटर एशोसिएसन नेपाल महासंघ गुल्मीको अध्यक्षमा हिमालय केसी निर्विरोध निर्वाचित भएका छन । संघको आठौं साधारण सभा एवं चौंथो जिल्ला अधिबेशनले केसी सहित सम्पूर्ण कार्य समिति निर्बिरोध निर्वाचित गरेको हो ।
सदरमुकाम तम्घासमा क्यान महासंघका निवर्तमान केन्द्रिय अध्यक्ष नवराज कुँवरको प्रमुख आतिथ्यतमा उक्त अधिबेशन सम्पन्न गरिएको थियो । नवनिर्बाचित कार्य समितिको उपाध्यक्षमा फर्सुराम पन्थी, सचिवमा सरोज कुमार काउछा, सहसचिवमा अनुज पन्थी, कोषाध्यक्षमा ईस्वर बिक र सदस्यहरूमा निवर्तमान अध्यक्ष बासुदेब ऐर र पार्वता भुषाल रहेका छन ।
कार्यक्रममा प्रमुख अतिथि निवर्तमान केन्द्रीय अध्यक्ष नवराज कुँवरले वर्तमान अबस्थामा प्रविधिले ठूलो फड्को मार्दै गएको भन्दै प्रबिधिको विकास बिना देशको संवृद्धि अपुरो हुने बताएका थिए । उनले राष्ट्रिय तथा अन्र्तराष्ट्रिय क्षेत्रमा क्यान छोटो समयमै स्थापित भएको भन्दैै जिल्लामा पनि संस्थाले रचनात्मक काम गर्दै जाने वश्वास व्यक्त गरेका थिए । उनले आगामी दिनमा संस्थामा नयाँ सदस्यहरू थप गर्दै लैजान आग्रह गर्दै अध्यक्ष सहित नवनिर्वाचित पदाधिकारीहरूलाई बधाईका साथै सफल कार्यकालको लागि शुभकामना प्रकट गरेका थिए ।
उक्त कार्यक्रममा केन्द्रिय उपाध्यक्ष धु्रबराज शर्मा (सुदिप), केन्द्रिय सचिव एवं निर्वाचन प्रतिनिधि नारायण प्रसाद श्रेष्ठ, लुम्बिनी प्रदेश उपाध्यक्ष नारायण खनाल, लुम्बिनी प्रदेश कोषाध्यक्ष कृष्ण खनाल, रूपन्देही जिल्ला अध्यक्ष जीवन अधिकारी, क्यान गुल्मीका संस्थापक अध्यक्ष अशोक गैरे लगायतको सहभागिता रहेको थियो ।