Butwal Today

अध्यक्ष र महासचिवलाई गालीगलौज गरेको भन्दै लुम्बिनी प्रदेश सभा सदस्यमाथि एमालेको कारबाही

११ मंसिर २०८१, मंगलवार
अ+
अ-

बुटवल ।

अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरलमाथि सार्वजनिकरूपमा गाली गलौज गर्ने र समाजिक संजालमा पार्टीका नेता/कार्यकर्तालाई खुइल्याउने काम गरेको भन्दै नेकपा एमालेले आफ्ना प्रदेश सांसदलाई कारबाही गरेको छ।

एमाले जिल्ला कमिटी बाँकेले स्पष्टीकरणको जवाफ समेत चित्तबुझ्दो नभएको भन्दै  दुर्गा चौधरीलाई पार्टी सदस्यबाट निलम्बन गरेको हो।

एमाले बाँके जिल्ला अध्यक्ष निरक गुरुङले चौधरीमाथि गरिएको कारबाहीको बोधार्ध एमाले केन्द्रीय कमिटी र लुम्बिनी प्रदेश कमिटीलाई समेत पठाएका छन्।

चौधरी नेकपाकालमा माओवादीबाट एमालेमै बसेका नेता हुन्। एमालेका पूर्व लुम्बिनी प्रदेश उपसचिव रहेका उनी हाल सल्लाहकार रहेका छन्।