ट्रेंडिंग:

>> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की

सूर्य नेपाल सेन्ट्रल ओपनको दोस्रो दिन तोरण विक्रम शाही शीर्षस्थानमा कायमै, सुनिलमाथि ३ स्ट्रोकले अग्रता

११ मंसिर २०८१, मंगलवार
११ मंसिर २०८१, मंगलवार

काठमाडौं, १० मंसिर । सूर्य नेपाल गल्फ टुर २०२४/२५ अन्तर्गत सूर्य नेपाल सेन्ट्रल ओपनको दोस्रो दिन तोरण विक्रम शाही ५-अन्डर ६७ को उत्कृष्ट स्कोरका साथ समग्रमा १०-अन्डर १३४ सहित शीर्षस्थानमा कायमै रहन सफल भएका छन। उनले सुनिल केसीलाई ३ स्ट्रोकले पछि पार्दै अग्रता समेत बढाएका छन।

सुनिल ३-अन्डर ६९ को स्कोरमा समग्रमा ७-अन्डर १३७ को नतिजा सहित दोस्रो स्थानमा छन। नेपाल नम्बर एक प्रो भुवन नगरकोटीले २-अन्डर ७० स्कोर गर्दा समग्रमा ६-अन्डर १३८ सहित तेस्रो स्थानमा तल झरे। एमेच्योर राहुल विश्वकर्मा ३-अन्डर ६९ स्कोर गर्दै समग्रमा ५-अन्डर १३९ सहित चौथो स्थानमा उक्लिए। उनी एमेच्योरतर्फ दोस्रो दिन पनि शीर्षस्थानमा कायमै रहे।

३-अन्डर ६९ को स्कोरमा निरज तामाङ समग्रमा ३-अन्डर १४१ सहित पाँचौ स्थानमा छन। एमेच्योर सदभाव आचार्य समग्रमा १-अन्डर १४३ सहित छैटौं स्थानमा उक्लिए। उनी एमेच्योरतर्फ दोस्रो स्थानमा छन। इभन-पार ७२ सहित समग्रमा इभन-पार १४४ को नतिजा निकालेका राजेन्द्र थापा मगर सातौं स्थानमा रहे। समग्रमा १-ओभर १४५ सहित जयराम श्रेष्ठ र एमेच्योर विजय श्रेष्ठ आइनहाउसले संयुक्तरुपमा आठौं स्थान बाँडे। उनीहरू दुवैले आज इभन-पार ७२ को स्कोर दर्ज गरे। भुवन कुमार रोक्का समग्रमा २-ओभर १४६ सहित दशौं स्थानमा छन। उनले आज ३-ओभर ७५ को स्कोर बनाए।

गोकर्ण गल्फ क्लबमा दोस्रो दिन पनि अनुभवी तोरणको प्रदर्शन सानदार रहयो। पहिलो, पाँचौ र आठौं होलमा बर्डी प्रहार गर्दै फ्रन्ट नाइन ३-अन्डर ३३ मा सकाए। यसपछि ११औं, १२औ, १३औं र १६औं होलमा एक-एक सट बचाए। तर १०औं र १५औं होलको बोगीले ब्याक नाइन २-अन्डर ३४ मा पुरा गरे।

सुनिल केसीले एकरूपताको प्रदर्शनलाई कायमै राखे। तेस्रो होलको बोगीका विरूद्ध चौथो, आठौं र नवौं होलको बर्डीले फ्रन्ट नाइन २-अन्डर ३४ मा खेले। यसपछि १५औं होलमा बर्डी प्रहार गर्दा बाकी सात होलमा पार बचाउँदै ब्याक नाइन १-अन्डर ३५ मा सकाए।

दाबेदार नेपाल नम्बर एक भुवनले तेस्रो र सातौं होलको बर्डीमा फ्रन्ट नाइन २-अन्डर ३४ मा सकाए। ब्याक नाइनमा भने संघर्ष गरे। ११औं, १४औं र १५औं होलमा बोगी खेपे। १२औं, १६औं र १७औं होलको बर्डीको मद्दतमा ब्याक नाइन इभन-पार ३६ मा पुरा गरे।

एमेच्योर राहुलले फ्रन्ट नाइन ३-अन्डर ३३ र ब्याक नाइन इभन-पार ३६ मा सकाए। उनले तेस्रो, सातौं, आठौं, बार्हौं, सोर्हौं र अठारौं होलमा गरी कुल ६ बर्डी प्रहार गरे। तर १४औं होलमा डबल बोगी र १५औं होलमा बोगी खेपे। उनले एमेच्योरतर्फ सदभावलाई ४ स्ट्रोकले पछि पारेका छन।

३६ होलको समाप्तीमा १३-ओभर १३७ स्कोर गरेका २१ प्रो र ६ एमेच्योर गरी कुल २७ गल्फरले कट बनाएका छन। प्रो गल्फर रवि खड्का, प्रदीप कुमार लामा, राजेन्द्र श्रेष्ठ प्रधान, कृष्णमान राजबाहक, दीपक मगर, दिनेश प्रजापति, धन थापा, सञ्जय लामा, रमेश अधिकारी, टंक बहादुर कार्की, सूर्य प्रसाद शर्मा, रामकृष्ण श्रेष्ठ, कुमार कामी र कृष्ण कालीराज सुनारले कट बनाए। युवा प्रो युवराज भजेल र भेट्रान प्रो रामे मगरले भने कट बनाउन सकेनन।
एमेच्योरतर्फ सुरेन्द्र फुयाल, गजेन्द्र गुरूङ र शिवराम पौडेलले अन्तिम ३६ होलको प्रतिस्पर्धामा स्थान सुरक्षित गरे। चार दिन सम्म चल्ने प्रतियोगिताको कुल नगद पुरस्कार ८ लाख ८२ हजार रहेको छ। जहाँ विजेताले १ लाख ५० हजार, तथा दोस्रो र तेस्रो हुने खेलाडीहरूले क्रमश १ लाख र ७५ हजार प्राप्त गर्नेछन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?