ट्रेंडिंग:

>> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> कस्को कति मत ? (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला >> एमालेको मतदान सकियो : २२ सय २७ मत खस्यो, ३६ मतदानमा अनुपस्थित >> सुदूरपश्चिमका १६ क्षेत्रबाट चुनाव लड्न कांग्रेसमा सयभन्दा बढी आकांक्षी, देउवा र बडू मात्रै सर्वसम्मत >> एमाले मतदान अपडेट : अब १०० मत खस्न बाँकी >> जेनजी आन्दोलनपछि महिला जनप्रतिनिधिको मनोविज्ञानमाथि सशक्त बहस >> एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने >> जार पानीमै किरा ! बुटवलमा ‘बिस्लेरी’ नामको जार पानीको गुणस्तरमाथि गम्भीर प्रश्न (भिडियोसहित) >> गौतमबुद्ध विमानस्थलबाट कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती >> एमाले निर्वाचन : प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह >> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै

सरकारको मनोमानी कर आतंक बिरुद्धको आन्दोलन अझै कडा बनाउँने आजपाको निर्णय

११ मंसिर २०८१, मंगलवार
११ मंसिर २०८१, मंगलवार

काठमाडौं

आम जनता पार्टी (आजपा)ले भ्रष्ट र भगौडाहरुको पक्षपोषण गर्ने दलाल दलतन्त्रको अन्त्य गर्दै आम जनताको सर्वोच्ता सहितको शासन सत्ता स्थापित गराउन पूर्वघोषित तेस्रो जनआन्दोलनको मजबुत आधार खडा गर्न संघर्षका कार्यक्रमलाई तिब्रताका साथ अगाडी बढाउने निर्णय गरेको छ ।

काठमाडौंको कोटेश्वर स्थित आजपाको केन्द्रीय कार्यालयमा बसेको पार्टी स्थायी कमिटी बैठकले केन्द्रीय कमिटीलाई पुनर्गठन गर्दै संघर्षका कार्यक्रमलाई अगाडी बढाउँने निर्णय गरेको उपमहासचिव एवं प्रवक्ता चन्द्रभुषण साहले जनाएका छन् ।

आजपाले सरकारको मनोमानी कर आतंक बिरुद्ध संघर्षका कार्यक्रम अगाडी बढाउन काठमाडौं उपत्यका विशेष कमिटीलाई जिम्मेवारी तोकेको छ । काठमाडौं उपत्यका विशेष कमिटीले विगतमा काठमाडौंमा सरकारको मनोमानी कर आतंक बिरुद्ध विरोध प्रदर्शन गरेको थियो । उसकै नेतृत्वमा आन्दोलन कार्यक्रम अगाडी बढाउँने निर्णय स्थायी कमिटी बैठकले गरेको छ ।

यसैगरी विद्यार्थीको अनुपातमा शिक्षकको दरबन्दी कायम गर्नुपर्ने आन्दोलनको अगुवाई आम विद्यार्थी मोर्चाले गर्नेछ । आम विद्यार्थी मोर्चाले बिगतमा विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दीको माग गर्दै आन्दोलन गर्दै आएको छ । बैदेशिक रोजगारका ठग बिरुद्धको आन्दोलनका कार्यक्रम आईटी आर्मीको नेतृत्वमा हुनेछ । बैठकले आईटी आर्मीलाई वैदेशिक रोजगारका ठग बिरुद्धको आन्दोलनलाई निष्कर्षमा पुर्याउन जिम्मेवारी तोकेको हो ।

यस्तै बैंक, लघुवित्त र सहकारी ठग विरुद्धको आन्दोलन आजपाको  कोसी प्रदेश र गण्डकी प्रदेश कमिटीले अगाडी बढाउँने छ । बैंक, लघुवित र सहकारी ठग बिरुद्धको आन्दोलन आजपाले गर्दै आएकोमा यसलाई कडा बनाउने निर्णय गरेको छ । यसैगरी भ्रष्टाचार बिरुद्धको आन्दोलन सातै प्रदेशमा कडा रुपमा अगाडी बढाउँने निर्णय बैठकले गरेको प्रवक्ता साहद्धारा जारी बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

बैठकलाई सम्बोधन गर्दै आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले आन्दोलनका कार्यक्रमलाई कडा रुपमा अगाडी बढाउँन निर्देशन दिएका छन् । विगतका आन्दोलनको समिक्षा गर्दै आन्दोलनलाई थप कडा बनाउने निष्कर्ष बैठकको छ ।

‘देशमा बढ्दो भ्रष्टाचार, बेथिति र विभेद विरुद्धको पाँच दिवसीय मधेश जागरण यात्रामा पहिलो दिन राज्य पक्षको अवरोधका बावजुद पनि आम जनताको अभुतपूर्व साथ, सहयोग र सहभागिताले गर्दा सानदार ढंगले सफल रहेको निष्कर्ष सहित यस अभियानलाई सफल पार्न योग्दान एवं भूमिका निर्वाह गर्नुहुने सबैप्रति हार्दिक अभार सहित विशेष धन्यवाद व्यक्त गरिएको छ’ आजपाद्धारा जारी बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

यसैगरी बैठकले पार्टीको सदस्यता वितरण तथा संगठन विस्तारलाई अभियानको रूपमा अगाडि बढाउने निर्णय गरेको छ । पार्टी सदस्यता वितरण सम्बन्धी कार्यविधि – २०८१ बैठकले सर्वसहमतिले पारित गरेको छ ।

बैठकले पार्टीको केन्द्रीय कमिटीलाई पुनर्गठन समेत गरेको छ । प्रभु साह अध्यक्ष रहेको केन्द्रीय कमिटी दुई सय ८९ सदसिय बनाइएको छ । आमन्त्रित, स्थायी कमिटी, पदाधिकारी सहित केन्द्रीय कमिटी बिस्तार गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?