ट्रेंडिंग:

>> गौतमबुद्ध विमानस्थलबाट कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती >> एमाले निर्वाचन : प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह >> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै >> उपहारस्वरुपका दुई हात्ती ल्याउन जहाज भैरहवामा आइपुग्यो >> इटालीका पहाडमा २१ करोड वर्ष पुराना डायनासोरका हजारौं पाइलाका छाप फेला >> अमेरिकाले थप ५ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगायो >> एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण दिने >> यू–१९ एशिया कप : अफगानिस्तानविरुद्ध नेपाल १ सय २४ रनमा अलआउट >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको बेवास्ताका कारण ओझेलमा  >> बुटवलमा १६औँ औद्योगिक प्रदर्शनीको पूर्वसन्ध्यामा जनचेतना -याली (फोटोफिचर) >> भेरी अस्पतालको गम्भीर लापरबाहीः मृत घोषणा गरिएको नवजात शिशु अन्त्येष्टिमा जीवित >> एमाले निर्वाचन : ४१५ मत खस्यो (अपडेट) >> देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्‍यो निलम्बन >> चिरिबाबु महर्जन भन्छन् : जेनजीहरुले स्वर परिवर्तन गर्न थाले >> श्रमिकको योगदानबिना कुनै पनि विकास सम्भव छैन : केसी >> नयाँ जनभावनाअनुसारको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री कार्की >> प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको रिटमा संवैधानिक इजलासमा सुनुवाइ हुँदै >> एमाले निर्वाचन नतिजा आजै राति सार्वजनिक हुन्छ : गौतम >> सुनको मूल्य घट्यो, चाँदी भने हालसम्मकै उच्च >> यू–१९ एसिया कप : अफगानिस्तानविरुद्ध नेपालको कमजोर सुरुवात >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित >> एमाले निर्वाचन : अहिलेसम्म ३८० मत खस्यो, नतिजा आजै >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको पेसी आज >> अध्यक्षका दुवै र महासचिवका एक उम्मेदवारले हाले मत >> निर्वाचनको वातावरण बनाऊ  >> हुस्सु-कुहिरोले पश्चिम तराईको हवाई सेवा प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै >> मन्दिरको भेटी दैनिक सार्वजनिक गर्न मेयरको निर्देशन  >> उम्मेदवारले घरदैलो गर्दा २५ जनाभन्दा धेरै कार्यकर्ता लान नपाउने, झण्डा १० वटा मात्रै प्रयोग गर्नुपर्ने >> १२ पास गरेर विवाह गर्ने छोरीलाई बिहे खर्च  !  >> २०८३ को पञ्चाङ्ग पहिलेकै अनुरूप निकाल्ने निर्णय >> एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव >> १६औँ कपिलवस्तु महोत्सव पुर्वमन्त्री आचार्यबाट समापन >> देउखुरीको राप्ती नदीमा जलपंक्षी गणना सुरु >> समृद्धि पन्तले जितिन् १४औं कपिलवस्तु डान्स आइडलको उपाधि >> एमाले महाधिवेशनमा मतदानको समय सर्‍यो, भोलि बिहान ८ बजेदेखि >> न्यू होराइजनलाई अन्तर विद्यालय छात्र-छात्रा कबड्डीको उपाधि >> मतदान सुरु हुनै लाग्दा प्रतिनिधिका हात–हातमा थमाइयो ओली प्यानलका उम्मेदवारको सूची >> एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरु बापत २४ सय शैक्षिक सामग्री वितरण गर्ने >> हर्क साम्पाङको पार्टीका उपाध्यक्ष राजकुमार पक्राउ >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न सकेन >> बुटवलमा हुने राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा >> बिस पचहत्तर युवा परिवारको सातौँ वार्षिकोत्सव >> सिरियल नम्बर विवादः गगन थापा समूह एक्लियो >> लामो समयपछि सेयर बजार दोहोरो अंकले बढ्यो >> सहकारी पिडित सँगै पूर्व मेयर रिले अनशनमा >> गढवामा बाढी प्रभावितका लागि १ सय ५० क्षमताको सेल्टर हाउस निर्माण हुने >> राष्ट्रियसभा उम्मेदवार बन्न थापाले दिए राष्ट्रपति सल्लाहकार पदबाट राजीनामा >> संविधान पुनर्लेखन गरी निर्वाचन सुनिश्चित गर्न जसपा नेपालको माग

भ्रष्टाचार नियन्त्रणमा मिडियाको भूमिकाबारे बुटवलमा अन्तरसंवाद

११ मंसिर २०८१, मंगलवार
११ मंसिर २०८१, मंगलवार

बुटवल, ११ मंसिर ।

पछिल्लो समय नीतिमै समस्या भएको कारण भ्रष्टाचार निकै मौलाउँदै गएको सरोकारवालाहरुले बताएका छन् । तिनै तहमा सवल जनप्रतिनिधि नहँुदा नीतिगत भ्रष्टाचार बढेको छ भने भ्रष्टाचारको दर र दायरा स्थानीय तह, प्रदेश र संघ हँुदै सार्वजनिक संघसंस्था, राजनीतिक दल, न्यायालय, निर्माण कम्पनी जस्ता क्षेत्रहरूमा भ्रष्टाचारको अवस्था हेर्दा डरलाग्दो देखिएको उनीहरुको भनाइ छ ।

सेन्टर फर मिडिया रिसर्चले मंगलबार बुटवलमा आयोजना गरेको भ्रष्टाचार र मिडिया सरोकारवालबिच अन्तरसंवाद कार्यक्रममा भ्रष्टाचार नियन्त्रणमा मिडियाको भूमिका, चुनौतीहरू र सुधारका उपायहरूमाथि गहन छलफल गरिएको थियो । कार्यक्रमका सहभागीले राजनीतिक दल, संचारकर्मी र न्यायालय सुध्रिन जरुरी रहेको बताए । निर्वाचनको बेला जनताले मताधिकार बेच्ने खर्चिलो निर्वाचन प्रणाली हट्नु पर्ने भन्दै राजनीतिक दल र दलीय पद्धतिमा सुधार हुनुपर्ने दाबी गरे । उच्च तहका व्यक्तिको संलग्नता र संरक्षणमै ठूला ठुला भ्रष्टाचारका काण्डहरू मौलाएको र भ्रष्टाचारीले उन्मुक्ति पाएको सहभागीहरुले बताए ।

कानूनलाई धज्जी उडाउने र कार्यान्वयनमा कमीले पनि अनियमितता बढाएको उनीहरुको भनाइ छ । तीन तहकै सरकारले राजनीतिक दलहरुमा भ्रष्टचार बिरुद्ध बहस छलफल चलाउन जरुरी रहेको बताए । पछिल्लो समय संचारगृह र संचारकर्मी पनि राजनीतिक दलको मुखपत्र हुँदा पूर्वाग्रही भएर समाचार तयार पर्दा त्यसले समाज र देशमा भ्रम फैलाउने र बिश्वसनियता नहुने भन्दै संचारकर्मीहरुले पनि निश्पक्षताको आधारमा समाचार लेख्नु पर्ने बताए ।

संचारमाध्ययम पनि भ्रष्टाचार कम गर्ने माध्ययम बन्न सक्ने बताउँदै उनीहरुले भ्रष्टाचारको अन्त्य र सुशासन प्रवद्र्धनका खोजमुलकद्वारा समाजलाई सकारात्मक सुचना दिन अनुरोध गरे ।

अन्तरसंवादमा कार्यक्रममा वरीष्ठ पत्रकार हरिबहादुर थापा र सेन्टर फर मिडिया रिसर्च नेपालका तिलक पाठकले अवधारणा प्रस्तुत गरेका थिए । छलफल करिव ३ घण्टा चलेको थियो । संवादमा लुम्बिनी प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठ लगायत अन्य संरचारकर्मीहरको उपस्थिति रहेको थियो ।

सहभागीहरले भ्रष्टाचारका घटनाहरू उजागर गर्ने काममा मिडियाले मात्र होइन, समाजका सबै तह र तप्काको सहयोग आवश्यक रहेको भन्दै मिडियाको सक्रिय भूमिका बिना भ्रष्टाचार न्यूनीकरण असम्भव रहेको भन्दै पारदर्शी सूचना सम्प्रेषणलाई प्राथमिकता दिदै अनुसन्धानमूलक पत्रकारितालाई थप प्रवद्र्धन गर्नुपर्ने आवश्यकता रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?