ट्रेंडिंग:

>> दाङकी उर्मिला : टायल-मार्बल मिस्त्री पेशामा महिला पहिचान बनाउने साहसी हस्ती >> जेनजी आन्दोलनको क्षति मूल्याङ्कन समितिले बुझायो प्रतिवेदन, ८४ अर्व ४५ करोडको भौतिक क्षति >> यामाहा ‘ब्लु स्क्वायर’ शोरूम बुटवलको कालिकानगरमा सञ्चालनमा >> विराटनगरलाई हराउँदै लुम्बिनी फाइनलमा >> विराटनगरले टस जित्यो, लुम्बिनीले पहिले ब्याटिङ गर्दै >> प्रतिनिधि सभा सदस्यका लागि नेपाली काङ्ग्रेस दाङबाट ३ निर्वाचन क्षेत्रमा २० जना सिफारिस  >> पूर्व सीडीओ रिजालको लिखित जवाफ- घुँडा मुनिसम्म गोली हान्ने आदेश दिएको हुँ >> गोवा आगलागी : भागेका नाइटक्लब मालिक लुथरा दाजुभाइ थाइल्यान्डमा पक्राउ >> घुसपैठले बल प्रयोग भयो, मेरो भूमिका छैन : पूर्वगृहमन्त्री लेखक >> लामिछाने र जोशीको मुद्दा आज पनि हेर्न नमिल्ने >> आरजु देउवा भन्छिन् – मेरो घरमा नोट जलेको होइन >> जेनजी र सरकारबिच सम्झौता, ७ वटा आयोग र संयन्त्र गठन हुने >> स्वास्थ्यमन्त्री गौतम भन्छिन् : नेपालमा बीमाको व्यवस्था दिगो छैन >> सुनको मूल्य आज तोलामा १ हजार रुपैयाँले बढ्यो >> ट्रम्पद्वारा नयाँ ‘गोल्ड कार्ड’ आप्रवासन भिसा सार्वजनिक >> सम्झौता वार्तामा घुसपैठ भएको सुदन गुरुङको दाबी >> डडेलधुराबाट काठमाडौँ जादैँ गरेको बस दाङमा दुर्घटना हुँदा २२ जना घाइते  >> उम्मेदवार सिफारिसप्रति असहमति जनाउँदै काँग्रेस सल्यानको असन्तुष्ट पक्ष प्रदेश र केन्द्र जाने तयारीमा  >> रवि र छविको मुद्दा ४ नम्बर इजलासमा >> बालविवाह जस्ता कुप्रथा रोकथाममा शिक्षाको भूमिकाबारे अन्तरक्रिया  >> एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी र विराटनगर भिड्दै >> आउँदो निर्वाचनका उम्मेदवार कस्ता ? >> काला पहाड बन्दै पर्वत, संरक्षणमा चुनौती  >> केरामा आस मार्दै गहुँ खेतीमा फर्किए किसान >> जाँचबुझ आयोगले बोलायो पूर्वआईजीपी खापुङ र सचिव दुवाडी, आज बयान >> पर्वत समाज कतारको २३औँ वार्षिकोत्सव तथा साधारण सभाको तयारी पूरा >> एनएमबि बैंकद्वारा बुटवल कालिका क्याम्पसलाई आर्थिक सहयोग >> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द

नदी उत्खनन् हुँदा सोनहालाई सुन खोज्नै धौ

११ मंसिर २०८१, मंगलवार
११ मंसिर २०८१, मंगलवार

बर्दिया, ११ मंसिर ।
बाहिर झिसमिसे उज्यालो छ । महिलाहरू खाना पकाउन व्यस्त छन् । पुरुषहरू भने गाई, भैँसी र बाख्रालाई गोठबाट बाहिर खुल्ला ठाउँमा सार्दै छन् । बिहान नहुँदै पुरा गाउँ बिउँझिएको छ । सबैलाई हतार छ । घरको काम सकेर कर्णाली नदी पुग्छ । नदीबाट सुन झिक्नु छ । र, आफ्नो परिवारको जीवन चलाउनु छ । आर्थिक आयआर्जन गर्नु छ । यो गेरुवा गाउँपालिका –२, राजीपुरको दैनिकी हो । त्यहीँ बस्छन ४० वर्षीय भागीराम सोनाहा । बिहानको घरको काम सकिएपछि दिनभर नदीबाट सुन झिक्ने काम गर्छन ।

नदी जाँदा उनको साथमा सुन चाल्न जाँदा प्रयोग हुने (डुडी, सनौटा, छबना, ओधान, घाना, खारिया जाख साँची) हुन्छ । यस्तै साम्रागी बोकेर गाउँका अन्य सोनाहा पनि सुन खोज्न जाने गर्छन् । गाउँका अधिकांश सोनाहाहरूको काम सुन निकाल्ने भएको स्थानीय भागीराम सोनाहाले जानकारी दिए । उनले भने ‘घरको काम सकिए पछि खाना लिएर नदी तिरै जान्छौँ । महिलाहरू सुन चाल्ने गर्छन् भने पुरुषहरू माछा मार्नुका साथै सुन चाल्ने काममा महिलाहरूलाई सहयोग गर्छन् ।’ आर्थिक अवस्था कमजोर भएकोले सानो उमेरदेखि कमैया भएर बसेको तिनको भनाइ छ । सरकारले कमैया मुक्त घोषणा गरेपछि कमाउन भारतका विभिन्न ठाउँमा जाने गर्छन् यहाँका स्थानीय । जहाँ भएपनि दुःख उस्तै रहेको सोनाहाको भोगाइ रहेको छ । उनले भने – ‘विवाह गरेपछि पति पत्नी भएर सुन चाल्ने पेशालाई निरन्तरता दिएका छौँ । कहिलेकाहीँ राम्रैसँग सुन पाइन्छ । राम्रै आम्दानी हुन्छ । तर सुन चाल्न जाँदा केही केही सुन पाइन्छ । कहिले थोरै हुन्छ भने कहिले धेरै हुन्छ ।’ सोनाहा जातिले पूर्खाबाट यो पेशा सिकेका हुन् । त्यसकारण अहिले पनि ९० प्रतिशत सोनाहाहरू सुन चाल्ने पेशामा छन् । आम रूपमा सोनाहा र थारु जाति एउटै हो भन्ने बुझाइ रहेको छ । तर भाषा, रीतिरिवाज, संस्कार परम्पराले सोनाहा थारु जाती फरक रहेको उनले बताए । उनले भने– ‘नागपञ्चमीको दिनलाई हामी मुख्य पर्व रूपमा मनाउने गर्छौ । जसलाई गुरिया भनिन्छ । बाजेहरूको पालामा सोनाहा जातिमा कसैको मृत्यु भएमा बग्ने नदीमा लगेर गाड्ने चलन थियो । तर सो चलन परिवर्तन भएर जलाउने र गाड्ने गरिएको छ ।’ नदी उत्खननले पुर्खौली पेशा सङ्कटमा आईसकेको छ ।

जथाभावी नदी उत्खनन्ले पुर्खौली पेशा सङ्कटमा पर्दै गएको सोहाना जातिको बुझाई रहेको छ । पहिला जस्तो सजिलै सुन पाउने छोडेको गेरुवा गाउँपालिका–२, राजीपुरका स्थानीय पल्टी थारुले बताईन् उनी भन्छिन– ‘पहिला कर्णाली नदी गेरुवा र कर्णाली भएर बग्ने गथ्र्याै । गेरुवा नदी मध्यवर्ती क्षेत्र भएकोले नदीको गिट्टी बालुवा झिक्न पाइँदैन । तर कर्णाली नदीका प्रत्येक वर्ष जेसिभि लगाएर नदी उत्खनन् गर्दा नदीको सतहको गहिराइ बढेको छ । जसका नदीमा सुन पाउन निकै मुस्किल हुने गरेको छ । वर्षेनी आउने बाढीको कारण बस्ती जोखिममा रहेको छ ।’ सोनाहाहरूले जानेको बुझेको गर्दै आएको काम भनेको सुन चाल्ने र माछा मार्ने काम हो । तर पछिल्लो समयमा सोनाहाहरूकै पेशा सङ्कटमा परेको छ । जसले गर्दै सोनाहा जातिले गर्दै आएको पेशा सङ्कट पर्दै गएपछि जीविकोपार्जनमा समेत असर देखिएको छ । पल्टी थारु भनिन्– ‘सोनाहाले नदीमा काम गर्दै नदीको जीवन बिताए, जसका कारण अन्य पेशा तिर खासै ध्यान गएन । र अन्य काम गर्ने सीपको पनि विकास गएन । तर अहिले नदी उत्खनन्ले गर्दा पहिला जस्तो सुन पाइँदैन । जसले गर्दा हाम्रो पेशा नै सङ्कटमा परेको छ ।

अन्य काम गर्न खासै नआउँदा जीवन नै सङ्कटमा परेको छ । अमरशहीद बहुमुखी क्याम्पस राजापुरका क्याम्पस प्रमुख अनिलदत्त चौधरीले बर्दिया, कैलाली र कञ्चनपुरमा गरी २ सय ५९ घरधुरी रहेको जानकारी दिए । उनले तीन जिल्लामा गरी १ हजार २ सय सोनाहा जाति रहेको जानकारी दिए । उनले भने – ‘सोनाहा जातिको बारेमा २०७५ सालमा गरिएको स्थलगत अध्ययन अनुसार १ कक्षादेखि ८ कक्षासम्म पढ्ने ३ सय १९ जना, ९ कक्षादेखि १२ कक्षासम्म पढ्ने ९३ जना र १२ कक्षाभन्दा माथि पढ्ने ११ रहेका थिए । त्यसैगरी सरकारी जागिर खाने २३ जना र वैदेशिक रोजगारीमा रहेको २७ जना थिए । यसमा केही संख्या थपिएको हुन सक्छ ।’

सोनाहाहरूको बालबालिका ६ कक्षाबाट माथि १० पुग्ने बेलासम्म विद्यालय छोड्ने दर बढी रहेको राजापुर नगरपालिका–१, सोनपुरस्थित कालिका माध्यामिक विद्यालयका प्रधानाध्यापक बीरबल चौधरीले बताए । उनले भने – ‘बुबाआमा जीविकोपार्जन गर्नका लागि नदीमा निर्भर छन् । जसका कारण आफ्ना बालबालिका विद्यालय गएको नगएको अभिभावकलाई जानकारी हुँदैन । अभिभावक सचेत नभएकोले पनि बालबालिकाहरू विद्यालय छोड्नेहरू बढी छन । विद्यालयमा पढ्न पठाउनु पर्छ भनी अभिभावकलाई सचेत गराउन जरुरी रहेको छ ।’

बर्दियामा १ सय ७० घरधुरी सोनाहाहरूको रहे पनि २९ घरधुरी मात्र स्वास्थ्य बिमाको पहुँचमा रहेको छन् । सोनाहा विकास समितिका अनुसार राजापुर नगरपालिकामा ६८ घरधुरी, गेरुवा गाउँपालिकामा १ सय घरधुरी र मधुवन नगरपालिकामा दुई घरधुरी रहेका छन् । स्वास्थ्य बिमा बोर्डका अनुसार राजापुर नगरपालिकामा ६ घरधुरी र गेरुवा गाउँपालिकामा २३ घरधुरी स्वास्थ्य बिमाको पहुँचमा रहेका छन् । त्यस्तै नौ जना ज्येष्ठ नागरिकको स्वास्थ्य बीमा रहेको छ ।

गेरुवा गाउँपालिकाका अध्यक्ष जमान सिंह केसीले अस्थायी संरचना भएका सोनाहाहरूको लागि स्थानीय तह र सङ्घीय सरकारको अनुदानमा करिब १ सय घर निर्माण गरिदिएको बताए । उनले गेरुवा गाउँपालिका–१, २, ३ र ६ मा सोहानाहरूको लागि घर निर्माण गरिएको जानकारी दिए । उनले भने – ‘२०७४ सालमा कार्यपालिकाको बैठकले सोनाहा लोपान्मुख जाती भएकोले सोनाहाहरूलाई लोपोन्मुख जातीमा समावेश गर्नुपर्ने निर्णय गरी नेपाल सरकारसँग लोपोन्मुख जातीको सूचीमा समावेश गर्न माग गरी पठाएको थियौँ । तर नेपाल सरकारले अझै पनि सोनाहाहरूलाई लोपोन्मुख जातिको सूचिका समावेश गरेको छैन ।’ सोनाहाहरूले सञ्चालन गर्ने कार्यक्रममा स्थानीय तहले सहयोग गर्दै आएको समेत अध्यक्ष केसीले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?