ट्रेंडिंग:

>> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो

आफ्नै हस्ताक्षरसहितको चेक भेटिएपछि बयानपछि बरण्डामा गएर घोरिएका थिए लामिछाने

१० मंसिर २०८१, सोमबार
१० मंसिर २०८१, सोमबार

बुटवल —

रास्वपा सभापति एवं गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेले हस्ताक्षर गरेको चेकबाट बुटवलको सुप्रिम सहकारीमा रकम जम्मा गरेको प्रमाण प्रहरीले फेला पारेको छ । लामिछाने गोर्खा मिडियाको प्रबन्ध निर्देशक रहेकै समयमा ४० लाख ४२ हजार रुपैयाँ सुप्रिम सहकारीमा जम्मा गरेको पाइएको हो ।

अनुसन्धानमा संलग्न अधिकारीका अनुसार प्रहरीले लामिछानेसँग बयान लिने क्रममा ‘तपाईंको हस्ताक्षरसहितको चेकबाट सुप्रिम सहकारीमा ४० लाख ४२ हजार रुपैयाँ जम्मा भएको रहेछ, त्यो के हो ?’ भनेर सोधेको थियो । प्रहरीको त्यो प्रश्नपछि उनी आक्रोशित बनेका थिए । त्यही क्रममा अत्तालिएका उनले बिनाप्रमाणको प्रश्न किन सोधियो भन्दै प्रतिप्रश्न गरेका थिए । ‘त्यसपछि उनको हस्ताक्षरसहितको चेकको प्रतिलिपि देखाइयो,’ स्रोतले भन्यो, ‘त्यो देखेपछि उहाँ झनै हतोत्साहित हुनुभयो । आफ्ना कानुन व्यवसायीसँग बुझ्न पाउनुपर्ने प्रस्ताव गर्नुभयो, अनुसन्धानका क्रममा त्यो नमिल्ने बताएपछि बरन्डामा गएर घोरिएर बस्नुभयो ।’ धेरै समयपछि आएर ‘मैले हस्ताक्षर गरेर राखेको चेकमा कसैले रकम र अन्य विवरण भरेर बुझाएको हुनसक्छ’ भन्ने जवाफ दिएको स्रोतले बतायो ।

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका लागि थुनामा रहेका लामिछानेलाई सुप्रिम सहकारीको रकम ठगी सम्बन्धमा अनुसन्धान गर्न कात्तिक २७ मा भैरहवा ल्याइएको थियो । पर्सिपल्ट कात्तिक २९ मा दिउँसो २ बजे बयान सकेर ३:४० को जहाजबाट उनलाई पोखरा फिर्ता पठाउने प्रहरीको तयारी थियो । त्यही तयारीअनुसार प्रहरीले लामिछानेलाई ७४ वटा प्रश्न गरेको थियो । अन्तिममा हस्ताक्षरसहितको चेकबाट सुप्रिममा रकम जम्मा भएको प्रश्न गरेपछि लामिछानेको बयान साँझ ७ बजेसम्म लम्बिएको थियो । ‘त्यस क्रममा प्रहरीसँग उहाँले धेरै सवालजवाफ गर्नुभयो,’ अनुसन्धानमा संलग्न एक अधिकारीले भने, ‘अन्त्यमा इन्कारी बयान दिनुभयो ।’ प्रहरीले कात्तिक ३० मा मात्र लामिछानेलाई पोखरा पठायो ।

बुटवल उपमहानगरपालिका–९ मा कार्यालय रहेको सुप्रिम सहकारीबाट लामिछानेका नाममा २०७७ चैत १८ मा नियमविपरीत २ करोड ऋण प्रवाह भएको अनुसन्धानबाट खुलिसकेको छ । ऋण लैजाँदा उनी गोर्खा मिडियामा प्रबन्ध निर्देशक थिए । गोर्खा मिडियाकै तत्कालीन उपाध्यक्ष छविलाल जोशीका नाममा पनि २ करोड ५० लाख रुपैयाँ ऋण प्रवाह भएको थियो । लामिछाने र जोशी दुवैका नाममा लगिएको ऋण ग्लोबल आईएमई बैंकमा रहेको गोर्खा मिडियाको खातामा जम्मा भएको अनुसन्धानले देखाएको छ ।

सुप्रिम सहकारीका १० हजार ३ सय ९१ बचतकर्ताले जम्मा गरेको १ अर्ब ७ करोड रकममध्ये झन्डै ७८ करोड रकम अपचलन भएको देखिएको छ । त्यसमध्ये १४ करोड २९ लाख ३६ हजार रुपैयाँ लामिछाने, जोशी, कुमार रम्तेलसहितका नामबाट गोर्खा मिडियामा लगेर खर्च गरेको अनुसन्धानमा पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?