ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

उखु किसानको पीडाः मिलले पैसा खायो, मिलिबगले उखु

१० मंसिर २०८१, सोमबार
१० मंसिर २०८१, सोमबार

नवलपरासी, १० मंसिर ।
ब्यापारी र सरकारी दुबै क्षेत्रबाट पीडित रहेका किसानलाई प्राकृतिक पीडा पनि थपिएको छ । अहिले उखुको पातमा लाग्ने मिलिबग किराले उखु खेतीमा सुक्न लाग्दा तन, मन, धन लगाएर श्रम, सिपको उपयोग गरि अरूको लािग गुलियो खेती गर्ने किसानलाई त्रिपक्षिय पीडा देखिएको हो ।

मिलिबग किरा उखुको पातमा देखिएको बाली संरक्षण अधिकृत तथा लुम्बिनी प्रदेश सरकारको बाली विज्ञान प्रयोगशालाका पूर्व प्रमुख समेत रहेका बाली चिकित्क देवेश कुमार मिश्रले बताए । उनले किसानको उखु बालीमा मिलिबग देखिएको जनाए । उखुको पातमा मिलिबग देखिएका छन्, उनले भने, जुन किसानलाई त्यसबारे जानकारी नै हुदैन् । किसानहरू किन पात सुक्दैछ,त्यसबारे अनभिज्ञ छन् । उनका अनुसार उखुको पात मुनि मसिना किराहरू हुन् । जुन पातका मसिना नसाहरू खाई दिन्छन्,जस्ले गर्दा उखुका विभिन्न कोषमा पोषण पुग्दैन र सुकेर जान्छ । यसलाई किसानले रोग लागेको भन्दै विभिन्न उपचार खोज्दै छन् । तर बाहिर बाट केही एग्रोभेटले ढुसीनासक औषधी दिइने गरेका छन् । यसले ति मिलिबगलाई नियन्त्रण गर्न सक्दैन । यसबारे स्थानिय सरकार तथा कृषि ज्ञान केन्द्रले जागरण अभियान चलाई मिलिबग नियन्त्रणका लागि काम गर्नु पर्ने आवश्यकता औल्याएका थिए ।

विभिन्न समस्या झल्दै उखु खेतीमा लागेका पीडित जिल्लास्थित उखु उत्पादन गर्ने क्षेत्रफल तथा उत्पादनको तथ्यांक फरक–फरक हुँदा उखु किसानलाई आउने अनुदान कस्ले पाउने बारे आशंका ब्यतm गरेका थिए । चिनी उद्योगले क्रसिड्ड गरेको कुल उखु परिमाणको आधारमा अनुदान रकम आउने भएपनि कृषि ज्ञान केन्द्रको जिल्लामा उखु उत्पादन गर्ने तथ्याँक कम देखिँदा ५ करोड ६९ लाख ३२ हजार ३ सय ३० रुपियाँ अनुदान पाउनेमा आशंका देखिएको थियो ।

अन्य क्षेत्रको अनुदान लिनमा कृषकहरू हानथाप गर्ने गरेको भए पनि उखुको अनुदान उपलब्ध गराउन जटिलता देखिन थालेको छ । यसले गर्दा उखु किसानका लागि आएको अनुदान बेलामा वितरण हुन नसक्दा अनुदान पाउने नेपाली कृषक हुन कि भारतबाट उखु ल्याई बिक्री गर्ने ब्यापारी ? भन्ने प्रश्न उठ्न थालेको छ । विगतमा सरकारले चिनी उद्योगहरूलाई पनि अनुदान रकम उपलब्ध गराईदिन्थ्यो, केही बर्ष कृषि विकास कार्यालय, जिल्ला प्रशासन कार्यालय लगायतको संलग्नतामा उखु अनुदान रकम वितरण हुन्थ्यो, अहिले सो रकम कोष तथा लेखा नियन्त्रण कार्यालय (कोलेनिका) मा अख्तियारी आएको थियो । त्यसका लागि कोलेनिकाले जिल्लाका तीन वटै उखु उद्योगसँग कृषकको लगत विवरण माग्दै वितरण गर्दै आएको जानकारी गराएको छ ।

तर अहिले अधिकाँस रकम वितरण भई सकेको तर अझ पनि झण्डै ३७ लाख ५६ हजार २ सय ५६ रुपिया रकम वितरण गर्न बाकी नै रहेको कोलेनिकाका कोष नियन्त्रक कैलाश रानाले जानकारी गराएका थिए । उनका अनुसार सरकारले उखु किसानलाई अनुदान भनेर १७ करोड १२ लाख ८ हजार ७८ रुपियाँको अख्तियारी पठाएको थियो । जस्मा बागमती चिनी मिलले किसानको विवरण उपलब्ध गराए अनुसार ७ करोड ४८ लाख १६ हजार ७ सय ३७ रुपियाँ, इन्दिरा चिनी मिलले उपलब्ध गराएको विवरण अनुसार ४ करोड ४७ लाख ८९ हजार ५४ रुपिया र लम्बिनी चिनी मिले उपलब्ध गराएको विवरण अनुसार ४ करोड ७८ लाख ४६ हजार ३१ रुपिया वितरण गरिएको कोष नियन्त्रक रानाले तथ्याँक देखाएका थिए ।

सरकारले उपलब्ध गराएको प्रति क्विन्टल उखुको अनुदान ७० रुपिया हो भन्ने २४ लाख ४५ हजार ८ सय २९ क्विन्टल उखु तिन वटै उद्योगले क्रसिगँ गरेको एक मुस्ट रकम माग भएको हुनु पर्छ । तर जिल्ला स्थित कृषि ज्ञान केन्द्रको जिल्लामा उत्पादन भएको उखुको तथ्याँक झण्डै आधा भन्दा कम देखिन्छ । कृषि ज्ञान केन्द्रले उपलब्ध गराएको तथ्याँक अनुसार जिल्लामा कुल ३ हजार ४ सय ५० हेक्टर क्षेत्रफलमा उखु खेती हुने गरेको छ । उखुको उत्पादकत्व प्रति हेक्टर ४७.३२ क्विन्टल रहेको छ । यसरी कुल उत्पादन १ लाख ६३ हजार २ सय ५१ क्विन्टल उखुको उत्पादन भएको तथ्याँक रहेको कृषि ज्ञान केन्द्रका प्रमुख डा.रविन्द्रनाथ चौबेले जानकारी गराएका थिए ।

जस्मा एक मे.ट.मा १० क्विन्टलका दरले १६ लाख ३२ हजार ५ सय १० क्विन्टल उखु मात्र उत्पादन भएको तथ्याँक देखिन्छ, यसले कुल चिनी उद्योगहरूको तथ्याँक भन्दा एक तिहाई कम हुन जान्छ । ती उखु जिल्ला बाहिरका हुन कि भारतबाट ल्याइएका उखु हुन तथ्याँकले प्रष्टाउने देखिन्छ । तथ्याँकमा कृषि ज्ञान केन्द्रको तथ्याँकलाई आधार मान्ने कि चिनी मिलको त्यसबारे चर्चा परिचर्चा हुने गरेको छ । यसबारे चिनी मिलले कसरी तथ्याँक उपलब्ध गराएको छ ? उखु खरिदका लागि कस्लाई कसरी पूर्जी वितरण गर्दै आएको छ ? त्यसबारे पनि प्रश्न उठन थालेको छ ।

यसबारे उखु उत्पादक संघ नवलपरासीका अध्यक्ष उमेश यादवले चिनी मिलहरूकै बदमासी भएको बताउछन् । उखु उत्पादक भन्दा ब्यपारी केन्द्रित रहेको आरोप अध्यक्ष यादवको रहँदै आएको छ । उखु किसानलाई राहत भन्दा सिमा क्षेत्रमा भारतीय किसानको उखु खरिद गरेर ब्यापारीसँग मिलेर उद्योग सञ्चालकहरूले उक्त अनुदान रकमको दुरूपयोग गर्ने देखिएको छ ।

तथ्याँकमा फरक ८ लाख १३ हजार ३ सय १९ क्विन्टल रहेको छ । अनुदान रकमको फरक ५ करोड ६९ लाख ३२ हजार ३ सय ३० रुपिया देखिन्छ । उनका अनुसार गत बर्ष उखुको सरकारी समर्थन मुल्य प्रति क्विन्टल ६ सय १० रुपिया तोकिएको थियो । यो बर्ष उखु क्रसिगँको बेला शुरु भइसकेको भए पनि समर्थन मुल्य तोकिन सकिएको छैन । उत्पादन लागतको आधारमा प्रति क्विन्टल ७ सय रुपिया भन्दा बढि मूल्य हुनुपर्ने माग उखु उत्पादक संघले गर्दै आएको छ । तर सरकारले अहिलेसम्म उखुको समर्थन मुल्य तोक्न सकेको छैन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?