ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस

१० मंसिर २०८१, सोमबार
१० मंसिर २०८१, सोमबार

आज अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस । नेपालमा पनि महिला हिंसाको अन्त्य गरौं, समाजलाई समुन्नत बनाऔं भन्ने नाराका साथ यो दिवस मनाईने भएको छ । नेपालमामात्रै होइन बिश्वभर नै प्रत्येक बर्ष नोभेम्वर २५ देखि डिसेम्वर १० सम्म लैगिक हिंसा विरुद्धको १६ दिने अभियान सञ्चालन हुने गर्दछ । यो अभियान सुरु हुँदै गर्दा अहिलेपनि महिलाहरूमाथिका अनेक प्रकारको हिंसा रोकिएको छैन । महिलाहरूले अनेक हिंसाको ताण्डब सहनु परेको छ । नेपालमा अहिलेपनि एक बर्षमा करिव २० हजार महिला तथा बालबालिकामाथि हिंसा नेपाल सरकारले हालै सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । पछिल्लोसमय नेपालमा महिलामाथि अनेक प्रकारका विभेदका घटना रोकिएको छैन बरु झनै बृद्धि भैरहेको छ । हाम्रो सनातन धर्म संस्कृतिले नारी सदैव पुज्यते भनेको छ तर नारीमाथि नै विभेद र यातनाको श्रृंखला जारी छ । यत्र नार्यस्तु पुज्यन्ते रमन्ते तत्र देवता । अर्थात जहाँ नारीको सम्मान पुजा हुन्छ, त्यस स्थानमा देवताको बास हुन्छ भनिएको छ । बिडम्बना मनुस्मृतिको यो कथन अहिलेको परिस्थितिमा ठिक उल्टो हँुदैछ । यो दिवस मनाउँदै गर्दा नारी सम्मानित हुन नसकेको, हिंसामुक्त हुन नसकेको अवस्था चिन्ताजनक बिषय हो । त्यसो त अहिले लैंगिक हिंसा नेपालमा मात्र होइन विश्वभरि नै व्याप्त छ । कतै यौन दुव्र्यवहार, कतै सांस्कृतिक हिंसा, कतै राज्यद्वारा हुने विभेद र हिंसा व्यापक छन् । विशेषगरी नेपाल लगायतका विकासोन्मुख देश, दक्षिण एसियाका देशहरूमा जहाँ अशिक्षा बढी छ, गरिबी छ, सामन्ती अर्थ व्यवस्था छ, महिलाहरू आर्थिक अधिकारबाट वञ्चित छन् त्यहाँ अझ बढी यस्ता हिंसा व्याप्त छन् ।

नेपालको संविधानले लैंगिक भेदभाव नगर्ने व्यवस्था गरेको छ । तर पनि देशमा कुरीति, कुप्रथा, बोक्सी, छाउपडी, दाइजो, बालविबाह, बलात्कार, हत्या, एसिड आक्रमण लगायतका धेरै घटना भैरहेका छन । हरेक दिनजसो महिलामाथि कुनै न कुनै प्रकारको विभेद भैरहेको छ । महिला विरुद्ध हुने हिंसा रोक्न सरकारले विभिन्न पहल गर्दै नगरेको होइन । यसका लागि कानुनी तथा नीतिगत व्यवस्था, संरचनात्मक तथा संस्थागत व्यवस्थाका साथै चेतना अभिवृद्धि विस्तारका नीतिहरू व्यवस्था गरिएका छन् तर महिला हिंसाका घटनामा कमी होइन झनै बढिरहेको छ । प्रहरीको तथ्याँक अनुसार एक वर्षमा देशभर लैङ्गिक हिंसाका करिव २१ हजार घटना भएका छन् । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएकै सन्दर्भमा महिलामाथि घरेलु हिंसाका घटना सुन्नु परिरहेको छ । प्रहरीका अनुसार समग्र लैङ्गिक हिंसा अपराधमा घरेलु हिंसाको हिस्सा ८० प्रतिशत रहेको छ । अहिलेपनि हाम्रो समाज पुरुष प्रधान छ । पुरुष प्रधान समाज भएकै कारण महिलामाथिको यातना र विभेदका घटना बढिरहेको छ । महिलामाथि हुने हिंसाको स्वरूप र प्रारूपमा पछिल्लोसमय परिवर्तन आईरहेका छन । महिलामाथि क्रुर यातना दिने गरिएका प्रशस्त उदाहरण हाम्रै समाजमा छन । जबसम्म महिलामाथि सम्मानको वातावरण तयार हुँदैन, तबसम्म महिला हिंसाका घटनाले निरन्तरता पाईनै रहने छ । यद्यपि पछिल्लोसमय लैंगिक हिंसा न्यूनिकरणका लागि प्रयास भने नभएको होइन् । अवको दिनमा हिंसा न्यूनीकरणमा हामी सवैको ऐक्यबद्धता जरुरी छ । फेरिपनि हिंसाका घटना न्यूनिकरण गर्न नेपाल सरकार लगायत सवैको ऐक्यबद्धताको खाँचो छ । लैंगिक हिंसा अन्त्यका लागि १६ दिने अभियानमा मात्रै होइन, सदैब यसविरुद्धको सकृयता र सजगता आवश्यक छ । विश्व समुदायले महिला हिंसा अन्त्यका लागि ऐक्यबद्धता जनाउन अव ढिलाई गर्नु हुँदैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?