ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

शिक्षाको जग उठाउन बाल बिकास तालिम

९ मंसिर २०८१, आइतबार
९ मंसिर २०८१, आइतबार

पिलवस्तु, ०९ मंसिर।
जिल्लाका बालबिकास शिक्षकको लागि १० दिने प्रारम्भिक बाल बिकास सम्बन्धि आधारभुत शिक्षकको व्यवसायीक बिकास (टिपीडी १) तालिम दिईएको छ । सेचन करुणाको सहयोग र शिक्षा तालिम केन्द्र लुम्बिनी प्रदेश रूपन्देहीको आयोजनामा जिल्लाको दुई पालिकाका १५ जना बाल बिकास शिक्षकलाई तालिम दिईएको हो । तालिममा यशोधरा गाउँपालिकाको वडा नम्बर ७ र ८ तथा बिजयनगर गाउँपालिकाको १,२ र ७ नम्बर वडाका बालबिकासका शिक्षक सहभागी थिए ।
तालिमको समन्वय यशोधरा गाउँपालिका र बिजयनगर गाउँपालिकाले गरेका थिए । प्रारम्भिक बाल बिकास पाठ्यक्रमले निर्धारण गरेका बालबालिकाको ज्ञान, सिप र व्यवहारलाई उनिहरूको बिकासात्मक अवस्था, क्षमता र अभिरुची अनुसार प्रभावकारी शिक्षणका लागि बिषयवस्तु, ज्ञान तथा शिक्षण सिप बिकास गर्ने उद्धेश्यका साथ तालिम आयोजना गरिएको हो । त्यसै गरि सिकाई उपलब्धी मुल्याङ्कन, प्रगती बिश्लेषण तथा उपचारात्मक शिक्षण सञ्चालनका बहुआयामिक तौर तरिका प्रदान गर्ने, सिकाई शैक्षिक सामाग्री निर्माण, बालमैत्री बातावरण व्यवस्थापनमा सहयोग, बालबालिकाको बिबिधता व्यवस्थापन र आपतकालिन अवस्थाको व्यवस्थापन बारेको प्रष्टता ल्याउने पनि उद्धेश्यमा रहेको थियो ।

तालिममा प्रशिक्षार्थी बाल बिकास शिक्षिकालाई पेशागत बिकास, पाठ्यक्रम अनुसार कक्षा सञ्चालन, कक्षा कोठा व्यवस्थापन, सिकाई क्षेत्र व्यवस्थापन, बिद्यार्थीको निरन्तर मुल्याङ्कन, बिषयवस्तु अनुसारको शैक्षिक सामाग्री निर्माण, बालबिकास शिक्षकमा हुनु पर्ने गुणहरू र अभिभावकको भुमिका बारे सहजीकरण गरिएको थियो । तालिममा सेतो गुरास बाल बिकास केन्द्रकी प्रशिक्षक अनिता शर्मा र तालिम केन्द्रका प्रशिक्षक हिमलाल खनालले सहजीकरण गरेका थिए । तालिम पछि कार्यक्रममा सहभागी बालबिकास शिक्षकले प्रारम्भिक बाल बिकासको कार्यलाई थप प्रभावकारी बनाउन सक्षम हुने प्रशिक्षक अनिता शर्माले बताईन ।
तालिमले आफुहरूलाई बाल बिकासको लागि आवश्यक पर्ने शैक्षिक सामाग्री निर्माण गर्न र बिद्यार्थीको सिकार्य उपलब्धी बृद्धि गराउने गरि बाल बिकास सञ्चालन गर्ने क्षमता अभिबृद्धि भएको बिजयनगरकी बालबिकास शिक्षिका सरस्वती डुम्रेले बताईन । तालिमले बाल बिकास शिक्षकमा नमुना शिक्षण सिकाई हुने करुणाका कपिलवस्तु फिल्ड अफिसकी शिक्षा तर्फकी कार्यक्रम अधिकृत दिल कुमारी चौधरीले बताईन ।
नेपाल सरकारको एकिकृत पाठ्यक्रम अनुसार सिकाई क्रियाकलापमा सहजता आउने उनको बुझाई छ । तालिम लिएका शिक्षकमा कक्षा कोठा व्यवस्थापन सगै सिकाईको सिप पुर्ण उपयोग हुने सेचेन करुणाका कपिलवस्तु फिल्ड अफिसका प्रमुख हुमलाल अधिकारीले जानकारी दिए । तालिममा सहभागी शिक्षकले बालबालिकाका लागि आवश्यक पर्ने सिकाईका समाग्री निर्माणमा भुमिका खेल्ने र पठ्नपाठ्न कार्य थप उपयोगी बन्ने शिक्षा समन्वय बिकास ईकाई कपिलवस्तुका प्रमुख लोकनाथ मरासिनीले बताए । तालिमले बाल बिकास शिक्षकको कार्य दक्षता बृद्धि हुने शिक्षा तालिम केन्द्र लुम्बिनी प्रदेश रूपन्देहीका प्रमुख दिवाकर भण्डारीले बताए । तालिमको उदघाटन समारोहमा सहभागी जिल्ला समन्वय समिती कपिलवस्तुका प्रमुख बाबुराम आचार्य र बिजयनगर गाँउपालिकाका प्रमुख गोपाल थापाले तालिमले बाल बिकास शिक्षकको कार्य दक्षता बृद्धि हुनेमा बिश्वास जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?