ट्रेंडिंग:

>> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म

नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग

९ मंसिर २०८१, आइतबार
९ मंसिर २०८१, आइतबार

बुटवल, ९ मंसिर । श्री सिद्धबाबा दुर्गा भवानी शिवकुमारी सैजु वृद्धाश्रम पाकापुस्तामा खाद्यान्न सहयोग गरि श्री नेवा सेवा समितिले आफ्नो १९ औ स्थापना दिवस मनाएको छ । आईतबार एक कार्यक्रमका बिच वृद्धाश्रमका अध्यक्ष महेश्वर प्रसाद श्रेष्ठलाई समितिका अध्यक्ष चिरञ्जीवी श्रेष्ठले ४० केजी चामल, ५ केजी दाल, तेल, बिस्कुट, नुन, फलफुललगायत सामग्री हस्तान्तरण गरेका हुन ।

कार्यक्रममा वृद्धाश्रमका अध्यक्ष महेश्वर प्रसाद श्रेष्ठले वृद्धाआश्रम स्थापना गर्दाको स्मरण गर्दै तत्कालिन समयमा संस्थापकहरुबाट जग्गादान र सहयोगबारे चर्चा गरे । ‘धेरै संघर्षबाट आश्रम स्थापना भएको हो ।’—उनले बताए । सिद्धबाबा मन्दिरमा आश्रम स्थापना गर्ने पहिले तयारी गरिएको उनले बताए । मानविय जिवनचक्रमा जन्मदेखि मृत्युसम्मको चरणमा वृद्धा अवस्था सबैभन्दा कठिनाईपुर्ण अवस्था हुने भन्दै उनले तत्कालिन समयमा निक्कै दुरदर्शी सोचका साथ आश्रम निमार्णको काम संस्थापकहरुबाट भएको बताए । शुरुवातमा १५ लाख रुपैया सहयोगबाट अक्षयकोष स्थापना गरिएको थियो । हाल ५० लाख रुपैया अक्षयकोष रकम पुगेको र यसैबाट संचालन खर्च चलेको छ । उमेर ६० वर्ष नाघेको, परिवारमा आफन्त नभएको, स्थानीय सरकारबाट सिफारिसको आधारमा राखिने उनले बताए ।

कार्यक्रममा समितिका अध्यक्ष चिरञ्जीवी श्रेष्ठले सामुदायिक अवधारणामा वृद्धवृद्घाहरुको सेवा भावका साथ आश्रम स्थापना हुनु निक्कै दुरदर्शी भएको बताए । नेवा समिति विशुद्ध सामाजिक संस्था भएको भन्दै सहयोग सामग्री, स्वस्थ्य शिविर लगायतका काम गर्दै आएको भन्दै स्थापना दिवसमा संस्थापकहरुको सम्मान लगायत धेरै कार्यक्रम गर्ने तयारी रहेको बताए ।

कार्यक्रममा महिला अध्यक्ष तारा श्रेष्ठले नेवारी भाषा, संस्कृति र लिपि संरक्षणमा जोड दिएको संस्था सामाजिक क्षेत्रमा समेत अग्रसर रहदै आएको बताईन ।

कार्यक्रममा समितिका सल्लाहकार मानकाजी श्रेष्ठ, बिष्णुप्रसाद श्रेष्ठ, समितिका सहसचिव लक्ष्मण श्रेष्ठले सामाजिक कार्यमा सबैको साथ जरुरी रहेको बताए । विभिन्न दाताहरुको सहयोगमा तल्लो तलामा १६ जना बस्ने मिल्ने एटेज बाथरुम सहितको आठ कोठाहरु छन । माथिल्लो तलामा ४ वटा कोठाहरु छन ।

यसैबिच बुटवल १३ जबईकी लाल कुमारी मगरले वृद्धाश्रमलाई ३६ हजार रुपैया नगद सहयोग रकम हस्तान्तरण गरेकी छिन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?