ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

किसान माविमा शौचालय जान पालो

९ मंसिर २०८१, आइतबार
९ मंसिर २०८१, आइतबार

बर्दिया, ०९ मंसिर ।
राजापुर नगरपालिकामा रहेको किसान माविमा शौचालयको अभाव हुँदा पठनपाठन प्रभावित भएको पाइएको छ । राजापुर नगरपालिका ५, खल्लाजयपुर स्थित उक्त माविमा शौचालय जान पालो कुनुपर्छ । विद्यालयमा विद्यार्थी, शिक्षक, कर्मचारी गरी दैनिक करिब ५ सय जनाले दैनिक शौचालयको प्रयोग गर्दै आएको छन् । तर विद्यालयका एउटै भवनमा छात्राछात्र र शिक्षक÷कर्मचारीको शौचालय रहेको हुँदा पालो पालो शौचालय जानुपर्ने बाध्यता रहेको छ ।
किसान माध्यामिक विद्यालयको कक्षा ९ मा अध्ययनरत शान्ति चौधरीले विद्यालयमा रहेको शौचालयमा एउटै भवन र सबै शौचालयको ढोका एकैतिर भएको हुँदा शौचालय भित्र सजिलै देखिने समस्या भएकोले छात्रा र छात्र पालो पालो शौचालयमा जानुपर्ने बाध्यता रहेको बताईन । उनले भनिन – ‘शौचालय जाँदा पाँचदेखि १० मिनेट पर्खिनु पर्छ । छात्रहरू शौचालय गएका रहेछन् भने हामी शौचालय बाहिर कुनुपर्छ ।’ शौचालयको पालो पर्खिंदा १० मिनेटभन्दा बढी समय लाग्ने र उता सरले पढाइ रहेको समयमा कक्षामा जानुपर्ने बाध्यता रहेको चौधरीले बताईन । कक्षामा जाँदा सरले पढाइको विषय बस्तु छुट्ने र छुटेको विषय बस्तु बुझ्न समस्या हुने चौधरीको भनाइ छ ।
विद्यालयका प्रधानाध्यापक देविराम अधिकारीले विद्यालयमा शौचालयको व्यवस्था रहे पनि छात्रा, छात्र र शिक्षकको शौचालय एकै ठाउँमा भएकोले छात्राहरू जाँदा छात्रहरू जान नसक्ने र छात्रहरू जाँदा छात्राहरू जान नसक्ने भएकोले विद्यायलको पठनपाठन प्रभावित भएको बताए । उनेले भने – ‘कक्षामा पढाइ भइरहेको हुन्छ । शौचालयमा पालो पर्खँदा विद्यार्थीहरू कक्षामा १०/१५ मिनेट ढिलो पुग्ने गरेका छन् ।
पढाइ भइरहँदा विद्यार्थीहरू कक्षामा प्रवेश गर्दा पठनपाठनमा प्रभावित हुने गरेको छ ।’

विद्यालयमा शौचालयको प्रमुख समस्या रहेको विषयमा सरोकार निकायलाई समेत जानकारी गराएको भए पनि खासै समस्याको सामधान नभएको प्रधानाध्यापक अधिकारी बताए । उनले छात्रा, छात्र कर्मचारीको लागि छुट्टाछुट्टै शौचालय आवश्यक भएको बताए । उनलेले भने – ‘स्थानीय तहले कक्षा १२ सम्म निःशुल्क शिक्षाको व्यवस्थापन गरेको छ । विद्यालयको आफ्नो स्रोत छैन । त्यसकारण विद्यालयको छुट्टाछुट्टै शौचालय बनाउने चाहना भए पनि विद्यालयले शौचालय निर्माण गर्न सक्दैन ।’

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेलुराम चौधरीले विद्यालयमा शौचालय भएर पनि असहज भएको बताए । उनले विद्यालयमा पढ्न आउने छात्राछात्रलाई एकै पटक शौचालय जान परेमा छात्र वा छात्रा मात्र जान सक्ने अवस्था रहेको बताए । विद्यालयमा आउने आगन्तुक पाहुना र कर्मचारीलाई पनि शौचालय जान समस्या भएको अध्यक्ष चौधरी बताए ।

उनलेले भने – ‘विद्यालयको विद्यार्थी संख्याको आधारमा विद्यालयको पर्खालभित्र वा पर्खाल बाहिर एउटा छात्राहरूको लागि शौचालय छुट्टै बनाउने सोंच रहेको छ । म अध्यक्ष भएको दुई वर्ष भयो । यो दुई वर्षको अवधीमा स्थानीय तह लगायत विभिन्न निकायसँग पनि माग गरेको छु । तर कतैबाट सुनुवाइ हुन सकेको छैन ।’ खास गरी वडा र स्थानीय सरकारसँग शौचालयको विषयमा कुरा भएको छ । तर भने अनुसार सुनुवाइ नभएको अध्यक्ष चौधरी बताए ।

राजापुर नगरपालिका –५ का वडा अध्यक्ष रमेश चौधरीले विद्यालयमा शौचालयको समस्या भएको विषयमा आफूलाई कुनै जानकारी नभएको बताए । उनले विद्यालयमा शौचालय समस्या भएको भएमा तत्काल कुनै उपाय खोजेर शौचालयको समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे ।राजापुर नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख दलबहादुर चौधरीले विद्यालयमा शौचालयको अभाव भएको विषयमा विद्यालयले जानकारी गराए पनि बजेट अभाव भएकोले थप शौचालय निर्माण गर्न नसकिएको जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?