ट्रेंडिंग:

>> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै

सुरेशप्रति सम्मान

८ मंसिर २०८१, शनिबार
८ मंसिर २०८१, शनिबार

सम्वत् २०५२ सालतिर बुटवलमा ‘प्रकट ब्याण्ड’ को नाम खुबै चर्चामा थियो । त्यो ब्याण्डभन्दा नि बढी चर्चा फेरि बटौलीको सेरोफेरोलाई समेटेर लेखिएको लोकपप गीतको थियो ।
तिनाउ खोला बटौलीको छेऊ
आउन माया बसेर माया गाँसिदेऊ ।
त्यतिबेला यो गीत सबैका ओठओठमा झुण्डिएका थिए । यो गीत नसुन्ने सायदै थिए होलान् बटौलीवरिपरिका । गीतले झ्याली पिट्यो । त्यही गीतले उक्त ब्याण्डलाई ईश्वर गुरुङको अनुरोधमा हङकङ पुरायो । गीतको लिड गायक थिए–सुरेश सेन्चुरी । साथमा थिए–भक्त, राकेश र भीमसमेत । गीत लेख्ने र संगीत भर्नेचाँही सम्शेर गहतराज थिए ।

सुरेशले २०५१ सालमा मुना घताने बिकसँग विहे गरेका थिए । छोरा र छोरीका बाबा बनिसकेका सुरेश यतिबेला दुईबीसे १७ पुग्दैछन् । कामले सधैं तन्नेरी । जोश, जाँगर र क्रियाशीलता उस्तै १७ वर्षे । थकाई, उनको सांगीतिक यात्राको शब्दकोशमा छैन ।

भारत इलाहावादको प्रयाग संगीत समितिबाट ‘संगीत प्रभाकर’ उपाधि हाँसिल गरेका सुरेशले भारतीय संगीत गुरु विश्वनाथ शर्माबाट शास्त्रीय संगीत सिकेका थिए । गिटार भने मदनसिंह नेपालीसँग काठमाडौंमा सिक्ने अवसर पाए । २०४५ सालमा रूपन्देहीको जनज्योति माविबाट एसएलसी उत्तीर्ण गरेका उनले औपचारिक शिक्षा भने त्यतिमा नै टुंगाए ।

पागल प्रेम भिडियो फिल्ममा म तिम्रो नजरमा दोषी भएछु भन्ने आफ्नै गीतमा संगीतमात्र भरेनन् गाएर दुनियाँलाई सुनाए । गायन, वाद्यबादन उनको रुचीको विषय हो । नृत्यमा उनको दख्खल छ । सुगम संगीतमा जोड दिदैं आएका सुरेशले शास्त्रीय संगीतमा गहिरो साधना गरेका छन् । संगीतले आत्मिक आनन्दमात्र होइन शान्त बनाउने उनको भोगाई छ ।

भारतको डीआडी लिटिल मास्टरमा सर्वोकृष्ट हुने टेरिया फौजाले सुरेशलाई गुरुदक्षिणा स्वरूप प्रख्यातिको शिखर चुमाइन् । अर्जुन कौशल, सुजाता पाण्डेय, साहिर अलि, चिरञ्जीवी भण्डारी लगायतलाई शिष्य बनाउन पाउँदाका खुसीहरू उनका अनुहारमा आजपनि सजिलै देख्न सकिन्छ । सरिता पन्थी, किशोर विक, प्रेम नेपाली, मेनुका नेपाल, अनु रजाक, सुन्दर गुरुङ र जीवन मिश्रले आफ्नो जीवनमा नयाँ बहार ल्याएको ठान्ने सुरेशले त्यस्ता अनुशासित र कर्मशील शिष्यहरूप्रति आफू सधैं कृतज्ञ रहने सुनाए ।

२०४८ सालमा उनले पहिलोपटक महेश पाल्पालीसँग बुटवलमा नारायणगोपालका केही गीतहरू गाए अनि पाए नगद ७५ रूपैयाँ । बुझेको नगद नोटलाई आमाको हातमा टक्राए । त्यतिबेला आमाको आँखामा खुसीका आँसु हाँसेका थिए । जीवनमा गाएर उनले कमाएको पहिलो कमाई नै त्यही ७५ रूपैयाँ थियो । सुरुसुरुमा रहरका निम्ति गाउने चलनले उनलाई कलाकार बनायो । आज सबैकाबीचमा प्रख्याति पनि । गीत लेख्छन् । संगीत भर्छन् । गायनबाट आफूलाई परिचय दिन्छन् सुरेश । उनकै गीत, संगीतमा भारतीय चल्तीका गायकहरू कुमार सानु, कुमार कान्छाले आवाज भरेका छन् । बुटवलमा रहेर उनले देश, विदेशमा आफूलाई चिनाएका छन् । परिचयको दायरालाई फराकिलो बनाएका छन् गीत, संगीतमार्फत ।

तिलोत्तमा नगरपालिकाले तयार पारेको नगर गानमा उनले संगीत भरेका छन् । बुटवल उपमहानगरपालिकाले तयार पारेको विकासे गीत, गौतमबुद्ध मुटु अस्पतालले बनाएको स्वास्थ्य सम्बन्धी गीतमा संगीत भरेर आफूलाई योग्य एवम् दक्ष संगीतकारका रूपमा नउभ्याएका कहाँ हुन् र ? यतिबेला उनले लुम्बिनी प्रदेशका धार्मिक, ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक एवम् पर्यटकीय गन्तव्यहरूलाई समेटेर गीत, संगीत भर्दैछन् ।

गण्डकी प्रदेशको पर्वत जिल्लाबाट बसाइँ सरेर रूपन्देहीको तिलोत्तमा जानकीनगरमा स्थायी बसोबास गर्दै आएका सुरेशका बाबाले भारत, गोरखपुरको कुँडाघाट लाहुरे क्याम्पमा सुन पसल थापेका थिए । सात दाजुभाईमध्येका सुरेश काइँला हुन् । काइँलाको करातम संगीतक्षेत्रमा उज्यालो बनेको छ ।

तिम्रो माया, लण्डने नेपाली, कैदीको पत्र र ढाक्रे दाइ फिल्महरूमा सुरेशले संगीत दिएका छन् । तिलोत्तमा साहित्य, कला,संगीत प्रतिष्ठान र टेरिया फौजा फाउण्डेशनका उपाध्यक्ष रहेका उनले स्थानीयस्तरबाट पाउनुपर्ने पुरस्कार, सम्मान र प्रशंसा पाउन बाँकी छैन । तर, राज्यका माथिल्ला निकायबाट उनको करामतलाई देख्ने कोही भएनन् । यो उनको गुनासो भने होइन । कुनैदिन आफ्नो सम्मान समयले गर्ने बताउँछन् ।
आफ्नो कृति, क्षमता, प्रतिभा र पौरखबाट चिनिन रुचाउने सुरेश सेन्चुरी बुटवलमा रहेको बागेश्वरी कला तथा संगीत एकेडेमीमा लामो समय प्रिन्सिपलको रूपमा कार्यरत् थिए भने यतिबेला राजश्री संगीतालय बुटवलमै खोलेर आफै मालिक बनेका छन् । गिटार, हर्मोनियम, तबला र बाँसुरीका धुनमा विद्यार्थीका औंलाहरू दौडाइरहेका छन् । चारदिवारबाट उन्मुक्त भएर आकासमा कावा खाने पंक्षीजस्तै स्वच्छन्द भई गीत, संगीतमार्फत फराकिलो सांगीतिक संसार खोजिरहेका छन् । बुटवलमा स्थायी नाटकघर बनाउने उनको रहर अझै बाँकी नै छ । हुन त उनले बुटवलमा रहेर थप्रै नाटक प्रदर्शन गरिसकेका छन् । उनलाई चिन्ने मानिसहरूले उनको संगीतप्रति सम्मानभाव प्रकट गर्छन् । उनको कला र गलामा तारिफ भरेका छन् । गीत, संगीतमा निरन्तर साधनारत उनलाई लुम्बिनी प्रदेशकै संगीत क्षेत्रको ओस्ताजका रूपमा देख्न र भेट्न पाइयोस् । शुभेच्छा ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?