ट्रेंडिंग:

>> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते

विवाह

८ मंसिर २०८१, शनिबार
८ मंसिर २०८१, शनिबार

आफन्तको छोरीको विवाहमा सहभागी हुने अवसर मिल्यो सायद एक बर्ष अगाडी हो जस्तो लाग्छ । वैवाहिक कार्यक्रम अगाडी बढीरहेको थियो । अन्तिममा पारिवारिक परिचय चल्यो । परिवारका घरमुली यानेकी दुलहीका हजुरबाबुले परिचय दिँदै परिवारका सदस्यहरूलाई चिनाउँदै गए । जेठो छोराबाट शुरु नगरी उनी ह्वात्तै छोरी तर्फबाट गए । उनी मेरी जेठी छोरी हाल अमेरिकामा सपरिवार बस्छन् । उनी माहिली छोरी यारी लण्डन छन्, कान्छी युनीसा क्यानडा । माहिलो छोरा सपरिवार अष्ट्रेलिया र कान्छो जर्मनीको इन्जिनियर । सायद जेठो छोरा काममा व्यस्त भएर र पाहुनाको व्यवस्थापन गर्दै भएर हो परिचयका लागि अगाडी आउन भ्याएनन् । विवाहको प्रकृया झण्डै अन्त्य हुँदै थियो । दुलहीलाई गाडीमा चढाइयो । हात हल्लाउँदै विदाई गरियो । दिनभरि भोकै बसेका ७२ बर्षका बुढा बा नातिनीको कन्यादानको लागि खटिरहेका थिए । सुगर र प्रेसरको नियमित औषधी सेवन गर्थे । आज घरमा भएको भिडभाड र चहलपहलमा आफ्नो ख्याल राख्न सकेनन् । जेठो छोरा बुहारीलाई पाहुनापाछा र कामले उछार थिएन । अरू भाईहरू, दिदी बहिनीहरू सबै आफ्नै छोराछोरी र आफ्नो मेकअपको मेन्टेन गर्न र सेल्फीमा व्यस्त थिए ।

विवाह सम्पन्न भयो । भोलिपल्ट टाढाका सबै इष्टमित्र विदाई भए । लगभग १२/१३ दिनपछि जेठो छोराको परिवार बाहेक सबै आ– आफ्ना बासस्थान भएका देशतर्फ लागे । घरका बुढा भएका बाबु विदेसबाट लामो समयपछि आएका छोराछोरी र नाति नातिनाको रमाइलो माहोलमा आफ्ना कष्ट पीडा भुलेर बसेका थिए । सबै गएपछि उनलाई व्यथाले च्याप्यो । जेठो छोरा र नाति (जेठाको छोरा) ले उनलाई मनिपाल शिक्षण अस्पताल पु¥याए । उनको उपचार शुरू भयो । लगभग १५ दिनपछि त उनको होस पनि हरायो । उता विदेसबाट माईला र कान्छाले जेठालाई हकार्न थाले “पैसाको कमी छैन, खुरुक्क काठमाडौ लगेर उपचार नगरेर किन त्यहाँ कुरेर बसेको ? बुबालाई मार्ने भयौ हैन ?“दिदीबहिनी पनि भन्न थाले दाई पैसाको चिन्ता छैन बाबालाई उपचारको कमी हुन नदिनु । यता जेठालाई घर, गाईभैसी, बुबाको अस्पतालको खटाई सबै गर्दा आँफै विरामी हुने अवस्था थियो । छोराको काठमाडौंको विएस्सीको पढाइ पनि चौपट भएको थियो । एक महिना भो अस्पतालको बसाई बुढा बा भेन्टिलेटरमा छन् । जेठाको मन बुबाको अवस्था सुधार होला भन्नेमा विश्वस्त थिएन । विदेसबाट अनुमानका भरमा विभिन्न सुझावको बर्षा भएको थियो । भर्खर विवाहमा सबै परिवार आउने जाने गरेकोले पैसा खोजेर चलाउनु पछि सबैलाई खर्च बाँडौला भन्ने निष्कर्ष आयो । ४५ दिनमा बुढाले संसारबाट विदा लिए । विदेसमा भएकालाई खवर भयो । उताबाट खवर आयो बुबाको अन्त्येष्टीमा कन्जुस्याइँ नगर्नु राम्रोसँग दानपुण्य पनि गर्नु हामी सबै बार्षिकीमा आउँला ।

घरमा शव ल्याइयो अन्त्येष्टीको तयारी भो । गाउँ, छिमेक जम्मा भए । एकनासले उल्टे शंख बज्न थाले । म पनि मलामी जान आफन्तकोमा पुगेँ । एकातिर घर परिवारको रुवाई र शंखको आवाज थियो, अर्कोतिर मलाई बैवाहिक कार्यक्रममा बुढा बाले गराएको परिचय याद आइरहेको थियो तर मैले त्यो परिचय भन्दा शंखको आवाज र परिवारको रुवाई महत्वपूर्ण लागिरहेको थियो । यो मेरो मनमा उब्जिएको काल्पनिक कथा हो । कसैको जीवनसँग मेल खाएमा संयोग मात्र हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?