ट्रेंडिंग:

>> पृथ्वीचन्द्र अस्पतालले पाएन सरकारको पैसा >> किन पाएन तरकारीले राम्रो भाउ ? >> चिसो मौसमको स्वास्थ्य समस्या र जोगिने उपाय >> ज्येष्ठ नागरिकप्रति सम्मानको खाँचो  >> रूपान्तरण हुँदै नटुवाको पुर्ख्यौली पेसा >> सरकारको लगानी: बालुवामा पानी >> विभिन्न कार्यक्रमका साथ ज्येष्ठ नागरिक दिवस मनाइँदै >> बालेनलाई लक्षित गर्दै हर्क साम्पाङले भने– लुकेर देश खरानी बनाउनेसँग भेट्दिन >> जेनजी अगुवासँग बालेनको भेट : सबै वैकल्पिक शक्तिलाई एउटै मोर्चामा ल्याउने तयारी >> नगरपालिकाले श्रमिक डेक्स बनाउने >> कुमार बेनको घरबाट १४ घण्टापछि बाहिरिए बालेन >> औद्योगिक प्रदर्शनीमा अहिलेसम्मकै ठूलो भीडः एकै दिन ६० हजार अवलोकनकर्ता >> सुशासनको खिल्ली उडाउँदै रिब्दीकोट >> केपीको कब्जा र कांग्रेसको रुख देखिनुभएन – खगेन्द्र सुनार >> विश्वप्रकाश शर्माले गरे आगामी निर्वाचन नलड्ने घोषणा >> प्रदीप पौडेलले महामन्त्री पदका लागि उम्मेदवार हुने घोषणा >> मेयर बालेनले रक्षाको नेतृत्वमा जेनजी अगुवासँग छलफल गरे >> १७ वर्षमा ४७ लाखभन्दा बढीले अवलोकन गरे नारायणहिटी सङ्ग्रहालय >> त्रिवि ५१ औँ दीक्षान्त समारोहमा १६ हजार ३८० विद्यार्थी दीक्षित >> रवि लामिछाने र बालेन शाहबिच फेरि भेटवार्ता हुने >> रविलाई प्रश्न- घण्टी बजाउने कि लौरो टेक्ने ? रविको जवाफ- समयले बताउला >> स्वास्थ्य कार्यालयको स्पष्टिकरण : मुगुमा भाइरल इन्फ्लुएन्जाबाट कसैको मृत्यु भएको छैन >> बालेनसँगको भेटपश्चात् रवि लामिछानेको प्रतिप्रश्न : मेरो अनुहारले के भन्छ ? >> भारतको कर्नाटकमा बस दुर्घटना, कम्तीमा ११ जनाको मृत्यु >> रवि–बालेनको छलफलमा अमरेश कुमार सिंह पनि सहभागी >> प्रधानमन्त्री नै विश्वविद्यालयको कुलपति हुने व्यवस्था परिमार्जनको तयारी : प्रधानमन्त्री >> सरकारले वातावरण बनाए निर्वाचनमा गएर बहुमत ल्याउँछौँ : केपी शर्मा ओली >> भित्र रवि र बालेन छलफलमा, बाहिर सुदन गुरुङले गेटमा लगाए ताला >> लगातार ३ दिन उच्च कीर्तिमान बनाएको सुनको भाउमा आज सामान्य गिरावट >> २० वर्षीया महिला बुटवलबाट सम्पर्कबिहीन, खोजीका लागि परिवारको अपिल >> कालीगण्डकीका नागरिकलाई उद्यमी बनाउन च्याउ खेती तालिम >> विप्लवको आग्रह- सरकारको नेतृत्व गर्न दिनुहोस्, देशलाई निकास दिन्छौँ >> सर्वोच्चमा जलेका ८ हजार मिसिल पुनः प्राप्ति >> अस्पताल र स्वास्थ्य चौकीमा प्रजनन स्वास्थ्य किट हस्तान्तरण     >> शितलहरबाट बच्न सावधानी अपनाऔँ  >> खच्चरमा पानी बोकाएर टङ्की निर्माण >> भैरव मन्दिरमा आर्थिक अनियमितताको गन्ध  >> निजी विद्यालय सामुदायिकमा समायोजन >> कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने >> आज क्रिसमस डे, देशैभर सार्वजनिक बिदा >> ओलीका तीन सर्तपछि सरकार लचिलो : गुण्डुमै बयान लिएर स्थानहद हटाउने, सुरक्षा बढाउने >> रेडियो मुक्तिको १६ औं बार्षिक साधारण सभा सम्पन्न >> प्रधानमन्त्रीको उम्मेदवार बनाउन रवि सहमत नभएपछि आफ्नै पार्टी हाँक्ने तयारीमा बालेन >> ६० सांसदलाई प्रतिनिधि सभा विघटनविरुद्धको रिटमा सामेल गराउन अनुमति >> आगन्तुक चराले सजिएको बढैयाताल >> दुई राप्रपाबीच एकता गर्ने सम्झौतामा हस्ताक्षर, लिङ्देन र थापाले खुसी हुँदै मारे अंगालो >> गगन थापाको चेतावनी : छलछाम गरियो भने विकल्पमा जान्छौँ >> कांग्रेस बैठकमा नेताहरूले दिए लेखकलाई बयानका लागि जान सुझाव >> ५ प्रदेशसभा सदस्य र ८ स्थानीय तहका पदाधिकारीले मत हाल्न नपाउने >> सुशीला कार्कीको सरकार भङ्ग गर्न विप्लवको १० दिने ‘अल्टिमेटम’
एमालेको जागरण सभा

विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली

७ मंसिर २०८१, शुक्रबार
७ मंसिर २०८१, शुक्रबार

काठमाडौं, ७ मंसिर ।

सत्तारुढ दल नेकपा एमालेले काठमाडौमा जागरण सभा गरेको छ । काठमाडौं, ललितपुर र भक्तपुर तीनवटा जिल्ला कमिटीले शुक्रबार काठमाडौंको दरबारमार्गमा आयोजना गरेको जागरण सभामा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनता प्रमुख कुरा भएकाले देश, जनता, विकास र सुशासनका पक्षमा एमाले दृढ रहेको बताएका छन् ।

पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले पार्टीविरुद्ध अनेक हल्ला चलाइए पनि एमाले भ्रमको पछि नदौडिने बताए । उनले भने ,‘नेकपा एमाले हल्लाको पछि दौडिदैन ।’ नेपाली जनता आफ्नो गौरव कायम गर्दै समृद्ध नेपाल सुखी नेपालीको सङ्कल्पलाई पूरा गर्न अघि बढ्ने ओलीले प्रष्ट पारे । ‘नेपाली जनता भ्रममा पर्दैनन्’, ओलीले भने ।

उनले कम्बोडियाको टेलिकममा लगानी गरेको अफवाह फैलाइरहेको उल्लेख गर्दै तथ्यसहित बहस गर्न चुनौती दिए । कम्बोडियाको टेलिकममा लगानी छ भन्नेहरुलाई कम्बोडिया गएर खोज्न चुनौती दिन्छु’, उनले भने ।‘ भन्नलाई त भने भयो, अमेरिकी बैंकमा आधा लगानी मेरै छ भनिदिए भैगो । हल्ला चलाउनेहरूलाई सुझाव छ, कम्बोडियामा जहाज चढेर ४ घण्टामा पुगिन्छ । यहाँबाट बैंकक गएपछि, त्यहाँबाट ४५ मिनेटमा कम्बोडियामा पुगिन्छ । त्यहीँको लगानी पनि थाहा हुँदैन र ? आरोप लगाउनेले त्यही गएर खोजी गरून् ।’

यो सरकार दशैँ पनि काट्दैन भनी गरिएका भ्रामक प्रचार सरकारले चिर्दै आएको बताउँदै अहिलेको समीकरणले पुरै समय काम गर्ने ओलीले स्पष्ट पारे । उनले वर्तमान सरकारको समीकरण २०८४ सालको निर्वाचनसम्म रहने प्रष्ट पार्दै अराजकता र अस्थिरताको बिपक्षमा रहेर देशमा आर्थिक समृद्धि ल्याउन सबैमा लाग्नुपर्नेमा जोड समेत दिए ।

प्रधानमन्त्री ओलीले भने ,‘अहिलेको समीकरण कायम रहन्छ । अहिलेको समीकरण र सरकारलाई कसैले हल्लाउन सक्दैन ।’ अर्को सत्ता साझेदार नेपाली कांग्रेससँग कुनै समस्या नरहेको पनि ओलीले प्रष्ट पारे । उनले अबको १८ महिनापछि कांग्रेस सभापति शेरबहादुर देउवालाई सरकार हस्तान्तरण गर्ने बताए ।

कानुनविपरीत अपराध गर्नेलाई अहिलेको सरकारले नछाड्ने ओलीले दाबी गरे । देशका सुशासन स्थापनाको लागि सोची, सम्झिकन नेकपा एमाले र कांग्रेस मिलेर सरकार बनाएका ओलीले स्पष्ट पारे । ‘आफैँ सरकारी ठगी गर्ने अरूलाई मुख छाड्ने, अनि अरूलाई गाली गर्ने, कुनै पनि प्रकारको ठगी सह्य हुने छैन’, उनले भने ।

प्रधानमन्त्री ओलीले अहिलेको सरकार आफ्ना मानिसलाई शक्तिमा पुर्याउन र अकुत सम्पत्ति कमाउन नबनेको भन्दैै ओलीले जसले आफ्ना सन्तानलाई अकुत सम्पत्ति थुपारेर अरबौँका मालिक बनाएका छन् उनीहरू आफ्नो विरुद्ध आरोप लगाउँदै हिँडेको समेत बताए । उनले आफूमाथि औँला ठड्याउनेलाई बहसमा आउन चुनौती दिए ।

प्रधानमन्त्री ओलीले बैङ्कको ऋण तिर्नु पर्दैन भन्दै कोही कराउँदै हिँडेको र देशको अर्थतन्त्रलाई ध्वस्त बनाउन ती शक्ति लागेका बताए । ओलीले भने, बैङ्कको ऋण लिएपछि सबैले तिर्नु पर्छ ।’ मान्छेमा भ्रम सृजना गर्ने, जनता उचाल्ने काम गर्न कुनै शक्तिले पनि नहुने बताए ।

समाज र समुदायबीच अनेक खालका विद्वेष फैलाउने काम भएका भन्दै उनले आलोचना गरे । नीति अगाडि सार्न नसक्नेले गाली गलौज गर्ने, अपशब्द प्रयोग गर्ने काम गर्ने काम गरिरहेका ओलीले बताए । ‘घृणा फैलाउने कुरा नेपाली समाजलाई स्वीकार्य छैन’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?