ट्रेंडिंग:

>> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला

कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता

दोस्रो चरणबाट उत्कृष्ट हुदै अस्मिता खडका, रेबीसा कुँवर क्षेत्री, सुरक्षा सारु मगर, शिक्षा भट्टराई, क्षितिज पौडेल र सदिक्षा भट्टराई अन्तिम चरणमा प्रवेश
६ मंसिर २०८१, बिहीबार
६ मंसिर २०८१, बिहीबार

बुटवल, ६ मंसिर । कालिका मानव ज्ञान माबिमा कानुन विषय अध्ययन गर्ने विद्यार्थीहरुको बोल्ने र क्षमता विकासको कला वृद्धि हुने गरि बहस कार्यक्रम संचालन गरिएको छ । विद्यालयको कानुन विद्यार्थी समाजद्धारा विहिबार आयोजना गरिएको बहस कार्यक्रम (बादबिबाद) दोस्रो चरणबाट उत्कृष्ट हुदै अस्मिता खडका, रेबीसा कुँवर क्षेत्री, सुरक्षा सारु मगर, शिक्षा भट्टराई, क्षितिज पौडेल र सदिक्षा भट्टराई अन्तिम चरणमा प्रवेश गरेको प्रतियोगिताका निर्णायक ज्ञानु केसीले बताईन ।

‘बौद्धिक पलायनमा वृद्धिः अवसरको कमि वा महत्वकाक्षी प्रवृत्ति’ शिर्षकको पक्ष र विपक्षमा विद्यार्थीहरुले बादबिबाद गरेका थिए ।
कार्यक्रमको मानविकी तथा कानुन विभाग ईन्चार्ज बिमल आत्रेयले कुल ५० पुर्णाक राखेर गरिएको प्रतियोगितामा १० जना विद्यार्थीहरुले विषयबस्तुमा बहस गरेको बताए । सहभागीहरुले पक्ष र विपक्षमा ५ मिनेटमा आआफनो प्रस्तुतिसहित विषयबस्तुमाथि तर्क राखेको उनले बताए ।

कार्यक्रममा विद्यालयका कानुन शिक्षक युवराज कंडेलले बोल्न र क्षमता विकासको कला सिकाउन कार्यक्रम महत्वपूर्ण भएको बताए । विद्यार्थीहरुलाई स्थानिय तहमा भ्रमण, नमुना संसद, संसद भ्रमण, जेल अवलोकन लगायतका धेरै फिल्ड वर्क कार्यक्रमहरुमा जोड दिदै आएको उनले बताए । आगामी दिनमा थप कार्यक्रमलाई जोड दिएर नया ढंगका कार्यक्रम गरिने उनले बताए ।

कार्यक्रममा कालिका मानव ज्ञान माबि ब्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवालीले आफुले पढेको विषयलाई ब्यवहारमा ल्याउन सकिने कार्यक्रम भएको बताए । न्याय सम्पादनको जस्तो महत्वपूर्ण विषय राज्य संचालनमा जरुरी रहने भन्दै यस्ता कार्यक्रमलाई विद्यालयबाट निरन्तरता दिने समेत उनले बताए । तार्किक क्षमता विकास गर्ने माध्यम बहन कार्यक्रम भएको उनले बताए ।

कार्यक्रममा विद्यालयका प्रअ दिनेश थापाले समयसापेक्ष शिक्षाको आवश्यकतालाई मध्येनजर गरि ब्यवहारिक ज्ञानमा जोड दिदै आएको बताए । विद्यालयमा वार्षिक कार्ययोजना बनाएर नै रचनात्मक कार्यक्रम हुदै आएको उनले बताए ।

कार्यक्रममा बुटवलटुडेका सहसम्पादक स्वस्तिक श्रेष्ठ, अग्रेजी शिक्षक ओमकार पौडेलले किताबी ज्ञानसंगै विद्यालयमा गरिने यस्ता रचनात्मक गतिविधिबाट विद्यार्थीहरुमा आत्मविश्वास बढ्नुका साथै नया नया तथ्याकहरु र सुचनामा अपडेट हुन सहयोग मिल्ने बताए ।
कानुन विद्यार्थी समाजका अध्यक्ष संजोग न्यौपानेले पहिलो चरणमा ५२ जना सहभागी विद्यार्थीहरुबाट छनौट भई दोस्रो चरणमा १० जना प्रतिस्पर्धा गरेको बताए । प्रतियोगितामा कानुन शिक्षक नेत्रलाल पाण्डे, ज्ञानु केसी, दामोदर घिमिरे निर्णायक रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?