ट्रेंडिंग:

>> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म

अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव

६ मंसिर २०८१, बिहीबार
६ मंसिर २०८१, बिहीबार

काठमाडौं, ०६ मंसिर ।

देशभरि सञ्चालनमा रहेका अवैध क्रसर बन्द गर्न विज्ञहरूले सुझाव दिएका छन् । भौतिक पूर्वाधार तथा यातायातमन्त्रालयले बुधबार पूर्वाधार, जलस्रोत, जलवायु परिवर्तन लगायत क्षेत्रका विज्ञसँग गरेको छलफलमा यस्तो सुझाव आएको हो ।
जलवायु परिवर्तनको प्रभाव र असर मध्यनजर गरी पूर्वाधार निर्माणका योजना बनाउनमा विज्ञको जोड छ ।

छलफलमा विज्ञले जलवायु परिवर्तनको प्रभाव र असर मध्यनजर गरी पूर्वाधार निर्माणका योजना बनाउनमा जोड दिएका थिए । संरचना विज्ञ राजन सुवालले खोला–नदीको प्राकृतिक बहाब रोकेर कुनै पनि संरचना निर्माण गर्न नहुने बताए । प्रकृति र पर्यावरण प्रतिकूल संरचनाले मानवीय र भौतिक क्षतिसमेत बढाउने भएकाले यस्ता संरचना निर्माण निरुत्साहित गर्नुपर्ने उनको तर्क थियो ।

पूर्वसचिव तुलसी सिटौलाले क्रसर तथा खानीजन्य वस्तु उत्खनन वैज्ञानिक बनाउनुपर्ने बताए । मुख्य राजमार्गसँग जोडिएर खोलिने सहायक सडक जथाभावी खोल्न नदिन कडा मापदण्ड बनाउनुपर्ने उनको सुझाव छ ।
पहिरो विज्ञ मुकेश अमात्यले जलवायु परिवर्तनको असर र प्रभावप्रति सजग हुन आवश्यक रहेको बताए । उनले अवैध रूपमा क्रसर सञ्चालन गर्ने र जथाभावी नदीजन्य सामग्री उत्खनन गर्ने कार्य रोक्न ढिला भइसकेको बताए ।

भूगर्वविद् रञ्जनकुमार दाहालले सडक तथा पुल निर्माण गर्दा भुइँको सुरक्षामा मात्र नभई भित्तो र पहराको सुरक्षामा पनि ध्यान दिनुपर्ने बताए । अन्य विज्ञले जोड दिएको अवैध क्रसर नियन्त्रणमा उनको पनि जोड छ । जलस्रोत विज्ञ चुर्णबहादुर ओलीले नदी कटानबाट हुने क्षति रोक्न सडक तथा पुल निर्माणसँगै नदी किनाराको व्यवस्थापन पनि उत्ति नै जरुरी रहेको बताए । क्षति न्यूनीकरणका लागि सूचना प्रविधि उपयोगमा पनि जोड दिनुपर्ने उनको भनाइ छ ।

सोसाइटी अफ ट्रान्सपोर्ट इन्जिनियरिङका अध्यक्ष राजेन्द्र शर्मा काफ्लेले जथाभावी क्रसर उद्योग सञ्चालनले पर्यावरण र पूर्वाधार दुवैमा क्षति गरिरहेको बताए ।जलवायु विज्ञ अर्चना श्रेष्ठले मौसम पूर्वानुमान, सूचना प्रवाह र कार्यान्वयनमा ध्यान दिन सके क्षति न्यूनीकरण गर्न सकिने बताइन् ।

नेपाल ईन्जिनियर एसोसिएसनका अध्यक्ष सुवासचन्द्र बरालले पूर्वाधार निर्माण र सुरक्षाका लागि परम्परागत विधि र प्रक्रियामात्र प्रभावकारी नहुने भएकाले नवीन प्रविधि अध्ययनमा जोड दिनुपर्ने बताए । विज्ञहरू गजेन्द्र थपलिया, बसन्तराज अधिकारी लगायतले न्यूनीकरण र सुरक्षित संरचना निर्माण गर्न दीर्घकालीन योजना बनाउनुपर्नेमा जोड दिए । जलस्रोत विज्ञ नरेन्द्रमान शाक्यले वर्षा तथा बाढीको स्वरूप दृष्टिगत गरी योजना बनाएर सोही अनुसार संरचना निर्माणमा लाग्नुपर्ने बताए । विदेशमा गरिएका अभ्यास र शैली नेपाली भूबनोट अनुकूल छन् कि छैनन् भनेर विश्लेषण गरेरमात्र अनुशरण गर्नुपर्ने उनको सुझाव छ । सडक विभागका महानिर्देशक रामहरि पोखरेलले विज्ञका राय सुझाव समेटेर नीति निर्माण र योजना कार्यान्वयनमा समेत ध्यान दिइने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?