ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता

६ मंसिर २०८१, बिहीबार
६ मंसिर २०८१, बिहीबार

बुटवल, ६ मंसिर ।

बुटवल स्थित पशु बधशाला सञ्चालनको जिम्मेवारी लिएको मुक्तिनाथ लाइभस्टक बैंक र विभिन्न कृषि तथा बहुउद्देश्यीय सहकारी संस्थाहरू खासीबोका खरिद सुनिश्चितता सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

बिहीबार बुटवल उपमहानगरपालिका वडा नं १० रामनगर स्थित पशु बधशालामा आयोजित एक कार्यक्रमकाबीच बुटवल खसीबोका खरिद सुनिश्चितता सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको हो ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका सुचना अधिकारी तथा महाशाखा प्रमुख तुलसा अर्यालले उपभोक्ताहरूलाई स्वच्छ र गुणस्तरीय मासु खुवाउने उद्देश्यले उपमहानगरसहित, प्रदेश सरकार, संघीय सरकारको लगानीमा बुटवलमा आधुनिक बधशाला निर्माण गरिएको भन्दै यसबाट बुटवलवासी मात्रै नभएर देशभरिका उपभोक्ता लाभान्वित हुने बताइन् ।

२०७० सालदेखि बिभिन्न चरणमा छलफल तथा बिधि र प्रक्रिया पुरा गरी बुटवलमा आधुनिक बधशाला निर्माण भएको भन्दै उनले स्वच्छ मासु उपभोग गर्न पाउने अधिकार प्रति उपभोक्ता पनि सचेत हुनुपर्नेमा जोड दिइन् ।

मुक्तिनाथ लाइभस्टक बैंकका अध्यक्ष तथा मुक्तिनाथ विकास बैंकका सञ्चालक समेत रहेका उमेश आचार्यले अहिलेसम्म यस क्षेत्रका १० सहकारी संस्थाहरूसँग सम्झौता भैसकेको जनाउँदै केही सहकारीसँग सम्झौताको क्रममा रहेको बताए ।

बधशाला पूर्ण क्षमतामा सञ्चालन हुँदा वार्षिक दुई अर्ब रूपिया शहरबाट ग्रामीण क्षेत्रमा गई ग्रामीण जनताको जिवनस्तर माथि उठ्ने उनको भनाइ थियो । त्यस अवसरमा सहकारी संस्थाका पदाधिकारी र मुक्तिनाथ लाइभस्टक बैंकका अधिकारीहरूबीच अन्तत्र्रिmया समेत भएको बुटवल उपमहानगरपालिका अनुगमन शाखाका अधिकृत ठगिश्वर पोखरेलले जानकारी दिए ।

मुक्तनाथ कृषि कम्पनी लुम्बिनी प्रदेश संयोजक निर्मल भुषलाले उपभोक्ताहरुलाई स्वस्थ र गुणस्तरीय मासु उपलब्ध गराउने तथा मासु व्यवसायीहरुलाई मासु प्रसोधन कार्यमा सहज बनाउने अभिप्रायले बुटवल उपमहानगरपालिका र मुक्तिनाथ लाइभस्टक बैंककी संयुक्त सहकार्यमा बुटवल उपमहानगरपालिका १० रामनगरमा आधुनिक बधशाला सञ्चालनमा रहेको जानकारी दिए ।

उक्त बधशाला संचालनमा आएसंगै कम्पनीले ग्रामिण क्षेत्रका खसीबोका उत्पादक सहकारीहरूसंग खरिद सम्झौता सुरु गरेको छ । दैनिक १००० खसीबोका वध गर्ने क्षमता भएको यस आधुनिक वधशालामा दैनिक २५० देखि ३०० खसीबोका वध भएमा पनि वार्षिक करिव एक लाख खसीबोकाको आवश्यकता पर्ने उनको भनाई छ ।

उक्त बरावरको खसीबोकाको खरिद सुनिश्चितताको लागि ग्रामिण क्षेत्रका केही सहकारी तथा वाखा उत्पादकसँग यस कम्पनीले सम्झौता गरिराखेको छ। खरिद सुनिश्चितता भएपश्चात् किसानहरुले निर्धक्क रुपमा खसीचोका उत्पादन गरि समग्रमा ग्रामीण क्षेत्रमा वार्षिक करिब २ अर्व भन्दा वढीको कारोवार हुने अपेक्षा बैंकले गरेको छ ।

हालसम्म पाल्पा, गुल्मी, अघाखांची, रुपन्देही, कपिलवस्तु, नवलपरासी, दाङ, प्युठान, बांके, बंदिया लगायतका जिल्लाहरुका सहकारीहरु मार्फत खसीबोका खरिद गरिराखेको र यस अभियानलाई खरिद सुनिस्चितता मार्फत देशव्यापी रुपमै लैजान खोजिएको मुक्तिनाथ लाइभस्टक बैंकका अध्यक्ष उमेश आचार्यले बताए ।

गुणस्तरीय उत्पादनका साधन, कृषकहरुलाई प्रविधि मैत्री र किसानको उत्पादनले उत्पादन गर्नु पूर्व नै बजार सुनुस्चित हुनसके मात्रै कृषकहरुलाई कृषि उद्यमीको रुपमा विकास गर्ने र कृषि पेशालाई थप मयादित एवम् प्रतिस्प्रधी बनाउन सकिने मुक्तिनाथ कृषि कम्पनीका लुम्विनी प्रदेश प्रमुख निर्मल भुसालको बुझाइ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?