ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

अनौठो संस्कृति झाँक्री नाँच

६ मंसिर २०८१, बिहीबार
६ मंसिर २०८१, बिहीबार

प्यूठान, ०६ मङ्सिर ।
प्यूठानको गौमुखी गाउँपालिका–३ रजवारामा भूतप्रेत ‘बोक्सा’ लखेट्ने मेला सकिएको छ । एक वर्ष विराएर लाग्ने मेला बुधवार धामी झाँक्रीहरूले बोक्सा लखेटेर मेला सम्पन्न गरेका हुन् ।
गाउँका पुनको नेतृत्वमा प्रत्येक वर्षको कात्तिक २० गते पुजारी छनोट गरिन्छ । कार्तिक महिनाको अन्तिम सोमबार गाउँका मानिसहरू जम्मा हुन्छन् र मंगलबार खुङ (जंगलमा सिकार ) हेर्न जाने परम्परा छ । मंसिर पहिलो मंगलवार जेठी भूमि भनिने भुमे पुजा सकिएपछि बुधवार झाँक्री नाँच नाच्ने चलन रहेको पुजारी नारायण पुनले जानकारी दिए ।
यसलाई स्थानीय भाषामा बोक्सा लखेट्ने मेला भनिन्छ । यो एक वर्ष बिराउँदै हुने गर्दछ । बोक्सी तथा भुतप्रेत बाट बच्न जना सम्म झाँक्रीहरू बनी तन्त्रमन्त्र गरेर बोक्सी लखटेर मन्दिर देखि पर लगेर हलो गाडेपछि मेला समापन भएको पुनले बताए । यो संस्कार १ वर्ष विराएर हुने गर्दछ ।
झाँक्रीहरूले तन्त्रमन्त्रद्वारा गाउँका भुतप्रेत, प्राकृतिक विपत्ती, महामारी, संकटहरूबाट बचाउन भन्दै मेला लाग्ने गरेको स्थानीय मनोज तिर्केपुनगरले जानकारी दिए । ‘अनिष्ट हुनबाट बचाउन भुमे पुजाको अर्को दिन गाउँभरका झाँक्रीहरू तन्त्रमन्त्र गर्ने चलन छ’ उनले भने ।
उत्तरी प्यूठानका गौमुखी गाउँपालिकाका अर्खा र रजवारामा यस्ता मेलाहरू हुने गर्दछन् । गौमुखी गाउँपालिका–१ अर्खामा प्रत्येक वर्ष श्रावण २ गते साउने संक्रान्तिको अर्को दिन १ वर्ष विराएर भुमे पुजा र साउने संक्रान्ति सँग सम्बन्धित रहेर यो नाच नाचिन्छ । अर्खामा नाच्ने नाँचलाई लाटा नाँच भनेर चिनिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?