Butwal Today

सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता

६ मंसिर २०८१, बिहीबार
अ+
अ-

बुटवल, ६ मंसिर ।

सरकारको पहलमा करिव १० हजार सहकारीपीडितको बचत रकम फिर्ता भएको छ ।

सहकारी ठगहरुमाथि कारवाही अगाडि बढिरहेको सन्दर्भमा सरकारले सहजीकरण गर्दै करिव १० हजार सहकारीपीडितको बचत रकम फिर्ता भएको हो ।

एकलाख भन्दा कम बचत गरेका पीडितहरुबाट बचत रकम फिर्ता भैरहेको सत्तारुढ एमालेका उपमहासचिव प्रदिप ज्ञवालीलेृ जानकारी दिए ।

१० हजार मध्ये ६ हजारको पूर्ण र चार हजारको आंशिक बचत फिर्ता भैसकेको र अन्य पीडितहरुको पनि क्रमशः बचत फिर्ता हुँदै जाने ज्ञवालीले बताए ।

सरकारले करिव ६०० सहकारी ठग्नेहरुमाथि नियन्त्रणमा लिएर कारवाही अगाडि बढाइरहेको छ ।