ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

सुन्तला महोत्सव हुने

५ मंसिर २०८१, बुधबार
५ मंसिर २०८१, बुधबार

पाल्पा, ५ मङ्सिर ।

सुन्तलाको प्रचार गरी बजार प्रबद्र्धन गर्न पाल्पाका दुई पालिकाले महोत्सव गर्ने भएका छन् । पालिकाका अधिकांश किसानले उत्पादन गरेको सुन्तलाको प्रचार गरी बजार प्रबद्र्धन गर्न रिव्दीकोट र रैनादेवी छहरा गाउँपालिकाले सुन्तला महोत्सव गर्ने तयारी गरेका छन् ।

दुई पालिकाभित्रका पाँच सय बढी किसानले व्यवसायिक सुन्तला खेती गर्दै आएका छन् । यहाँका किसानले उत्पादन गरेको सुन्तलाको बजार बिस्तार गर्न आगामी मङ्सिर २१ र २२ गते सुन्तला महोत्सव गर्न लागेको रिव्दीकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर कार्कीले जानकारी दिए ।

सुन्तलाको व्यावसायिक उत्पादनमा लागेका किसानलाई महोत्सवले प्रोत्साहन गर्न महोत्सव गर्न लागेको जानकारी उनले दिए । महोत्सवले सुन्तला उत्पादन गर्दाका सिकाई र अनुभव आदानप्रदान र बजारको सुनिश्चिता गर्न सकिने उनले विस्वास गरे ।

सुन्तला महोत्सवमा सुन्तलाका दाना, जुस, जाम तथा अन्य बस्तुको समेत प्रदर्शन गरिने उहाँले बताउनुभयो । यस्तै सुन्तलाजन्य कृषि बस्तु कागती, अमिलो, जुनार, मुन्तला पनि महोत्सवको स्टलमा राखिने जानकारी पालिकाले दिएको छ ।
सुन्तला महोत्सवमा सुन्तलाको खेती गरिरहेका र रुचि राख्ने किसानलाई सुन्तला खेती, यसको बजारीकरण, सुन्तलाबाट बन्न सक्ने बस्तु, सुन्तलामा लाग्ने रोग तथा यसबाट बच्ने उपाय र सुन्तलाजन्य बिरुवाको प्रदर्शन समेत गरिने रिव्दीकोट–७, का वडाअध्यक्ष दानबहादुर कुँवरले बताए ।

गत वर्ष रिव्दीकोट गाउँपालिकाले पहिलो पटक सुन्तला महोत्सव राखेको थियो । यस वर्ष दुई पालिकाले संयुक्त रुपमा सुन्तला महोत्सव गर्न लागेको जानकारी उनले दिए । पछिल्लो समय अन्य खेती छाडेर यस भेगका किसानले सुन्तलाको व्यावसायिक उत्पादन गर्दै आएका छन् ।

जिल्लाबाट गत वर्ष ४६ करोडको सुन्तला निर्यात हुँदा यी दुई पालिकाबाट मात्रै ७० प्रतिशत बढी सुन्तला बिक्री भएको थियो । रिव्दीकोट गाउँपालिकाको छ वटा वडामा व्यावसायिक सुन्तला खेती हुँदै आएको छ । यस्तै रैनादेवी छहरा गाउँपालिकाको तीन वटा वडामा सुन्तलाको व्यवसायिक खेती हुँदै आएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?