Butwal Today

दयाहाङ र रिश्मा फेरी एकसाथ, ‘रिमै’ को छायांकन शुरु

५ मंसिर २०८१, बुधबार
अ+
अ-

काठमाडौँ ।

फिल्म‘कबड्डी’ का चर्चित जोडी दयाहाङ राई र रिश्मा गुरुङ लामो समयपछि फेरि एकसाथ आएका छन् । फिल्म ‘रिमै’ मा दयाहाङ र रिश्मा संगै आएका हुन् ।

मंगलबारबाट गोरखाको सिरानचोकमा मुहूर्त गरेपछि फिल्मको छायांकन थालिएको निर्देशक खिलबहादुर गुरुङले जानकारी दिएका छन् । दयाहाङ र रिश्माले मुहूर्त सट दिएका थिए ।

अबको एक महिनासम्म गोरखाको सिरानचोक, झार गाउँ, भंगेरी, लासे, गोर्खा बजार क्षेत्रमा छायांकन हुने फिल्ममा कविता आले मगर, माओत्से गुरुङ, पुष्कर गुरुङ, बुद्धि तामाङ, गौमाया गुरुङ, वीरवल घले, डिवी गुरुङ लगायतको पनि अभिनय रहनेछ ।

यसअघि फिल्ममा अभिनेता सौगात मल्लको पनि अभिनय रहने निश्चित थियो । तर, ‘बलिदान’सँग सेड्युल जुधेपछि उनले ‘रिमै’ बाट हात झिकेको बताइएको छ ।

‘रिमै’को निर्मातामा वीरवल घले, टिका गुरुङ र दुन बहादुर घले छन् भने सह-निर्माता बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे हुन् । रोहित कट्टेल प्रस्तुतकर्ता र रत्न श्रेष्ठ कार्यकारी निर्मातामा छन् । रोहित-रत्न फिल्मका वितरक समेत हुन् । उपेन्द्र सुब्बाको लेखन रहेको फिल्मलाई शैलेन्द्र ध्वज कार्कीले छायांकन गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?