ट्रेंडिंग:

>> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी

न्यायको पर्खाइ अझै कतिञ्जेल ?

५ मंसिर २०८१, बुधबार
५ मंसिर २०८१, बुधबार

माओवादी सशस्त्र द्वन्द्वका पीडितहरूले अझै न्याय पाएका छैनन् । शान्ति सम्झौता भएको १८ बर्ष बितिसक्दा पनि द्वन्द्व पीडितहरूले न्याय नपाउनु गंभीर चिन्ताको कुरा हो । वि.सं. २०६३ मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गर्दै तत्कालीन सरकार र माओवादीले द्वन्द्व प्रभावितलाई राहत लगायतका प्याकेजको घोषणा गरेका थिए तर बृहत् शान्ति सम्झौतामा हस्ताक्षर भएको १८ वर्ष पूरा हुँदा पनि पीडित अझै न्यायको पर्खाइमा बस्न बाध्य हुनु न्याय नदिनु सरह हो । नेपाल सरकारका तर्फबाट तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादीका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्झौतामा हस्ताक्षर गरेका थिए । हस्ताक्षरकर्तामध्येका एकजना जीवित हुनुहुन्छ तर न्यायका लागि उहाँको भूमिका खासै प्रभावकारी हुन नसकेको पीडित माओवादीका नेता कार्यकर्ताको गुनासो छ । हस्ताक्षर गर्दैगर्दा ११ वर्षदेखि मुलुकमा व्याप्त हत्या र हिंसाको राजनीति अन्त्य गरी मेलमिलापको राजनीतिमार्फत नयाँ इतिहासको थालनी भएको उदघोष गरिएको थियो तर त्यस अनुसारको काम भने अहिले हुन नसकेको स्पष्ट छ । सशस्त्र द्वन्द्वको क्रममा सरकार र माओवादीका साथै सर्वसाधारण सयौं नागरिक प्रभावित भए । कतिले ज्यान गुमाए, कोही अंगभंग भए, कोही अझैसम्म बेपत्ता छन तर खोइ सरकार र माओवादी पक्ष उनीहरूको बिषयमा गंभीर हुन सकेको छैन । यद्यपी टिआरसी बिधेयक संसदबाट पास भएको छ । वास्तविक द्वन्द्व पीडितले अब न्याय पाउने आशा पलाएको छ तर आयोग बनाउने बिषयमै भएको ढिलाईले आशंका जन्मिएको छ । शान्ति प्रकृयाले अहिलेसम्म पूर्णता पाउन नसक्नु गंभीर बिषय हो । शान्ति प्रकृयासंग जोडिएको काम अहिलेपनि थाँती छन् । द्वन्द्वकालीन अवशेष अझै बाँकी छ । अझैपनि देशका केही स्थानमा त्यतिखेर यत्रतत्र छोडिएका ग्रिनेड अहिलेपनि बिष्फोट भएका छन् । विष्फोटका कारण स्याङजनामा दुई महिनाअघि एकजना घाईते भए । बाँकेमा घरको जग खन्नेक्रममा बिष्फोटक सामान फेला प¥यो । द्वन्द्वको अवशेष कुनै न कुनैरूपमा अझैपनि जीवित रहेको यी उदाहरण छन । शान्ति प्रकृयाका बाँकी कामलाई सल्टाउने कुरामा किन ढिलासुस्ती भैरहेको छ ? प्रश्न उत्पन्न भएको छ । शान्ति प्रकृयाका हस्ताक्षरकर्ता माओवादी अध्यक्ष प्रचण्ड धेरैपटक सत्तामा पुगे । अहिलेपनि पार्टीको अध्यक्ष छन तर येनकेन शान्ति प्रकृया बाँकी रहेको बिषयमा सरकारलाई दवाव दिनेतर्फ चासो नदिएको गुनासो बढ्दै छ ।

शान्ति सम्झौताको १८ बर्षपछि बल्लबल्ल संसदबाट टिआरसी बिधेयक पास भएर आयोग बन्ने अवस्थामा पुगेको छ तर आयोग वनाएर काम अघि बढाउन भने ढिलाई भैरहेको छ । माओवादीका तत्कालीन सप्रिमो प्रचण्ड आफैले शान्ति प्रकृयाका बाँकी काम टुंगोमा पु¥याउन तत्परता नदेखाएको द्वन्द्व पीडितहरूकै गुनासो छ । यसको पछिको ढिलाईको कारण बुझ्न समेत नसकिने अवस्था छ । माओवादी अध्यक्ष प्रचण्डले शान्ति सम्झौतामार्फत नयाँ नेपाल निर्माण गर्न नेपाली जनताले २००७ सालदेखि गरेको प्रयासले पूर्णता पाएको टिप्पणी गरेका थिए । तर जनताको सपना अझै पूरा भएको छैन । माओवादीका तर्फबाट र राज्यका तर्फबाट शहादत भएका हजारौं नेपालीका सन्तानले न्याय पाउन सकेका छैनन् । उनका परिवारको अवस्था अहिलेपनि दयनीय छ । शान्ति प्रकृयाको १८ बर्ष हुँदा बल्ल आयोग बन्नु त्यसमा पनि ढिलाई हुनु दुःखको कुरा हो । दश बर्षे सशस्त्र संघर्षका क्रममा राज्य र बिद्रोही पक्षबाट करिब १७ हजार नागरिकको ज्यान गएको थियो । १८ वर्षको अवधिमा तत्कालीन विद्रोही पक्ष माओवादीका कमाण्डर प्रचण्डले तीनपटक सरकारको नेतृत्व गरेका छन् । तर, आफैले नेतृत्व गरेको सशस्त्र द्वन्द्वको औपचारिकरूपमा समापन गर्न ढिलाई गरिरहेका छन् । अव सरकार पक्ष र माओवादी सहित सवै राजनैतिक दलहरूले बर्षौंदेखि थाँती रहेको यो बिषयलाई किनारा लगाउनेतर्फ किञ्चित ढिलाई नगरुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?