ट्रेंडिंग:

>> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना

भारतको भरमा कोइलावासबासी

४ मंसिर २०८१, मंगलवार
४ मंसिर २०८१, मंगलवार

लमही, ०४ मंसिर ।
दाङ जिल्लाको दक्षिण सीमानामा बसोबास गर्ने नाकावासीले नेपाली भूमिमा रहेर पनि दैनिक जीवनको किनमेलका लागि भारतकै भर पर्नु परेको गुनासो गर्छन् । गढवा–८, खबरीनाका निवासी चन्द्रबहादुर बुढाले भने, “नेपालमा बस्छौं तर भारतकै भरोसामा बाँचेका छौं ।” यहाँका बासिन्दाहरू दैनिक उपभोग्य सामान, सञ्चार सुविधा र खानेपानीमा समेत भारतमै निर्भर छन् ।
कुनै समय व्यापारिक चहलपहलले भरिभराउ रहने दाङको कोइलाबास अहिले खण्डहर जस्तै छ । लमहीदेखि ३३ किलोमिटर दूरीमा रहेको लमही–कोइलाबास सडक लगभग ४ वर्षअघि कालोपत्रे भए तापनि कोइलाबासको पुनर्जीवन हुन सकेको छैन । राजस्व संकलनमा विराटनगरपछि दोस्रो ठूलो मानिने यो नाका सडक सञ्जाल बने पनि व्यापार व्यवसायमा कुनै सुधार आउन सकेको छैन । अधिकांश स्थानीय बासिन्दा जीविकोपार्जनका लागि भारतकै भरमा बाँच्न बाध्य छन् ।

गढवा गाउँपालिकाका घङ्राल, भौंरीसाल, मुसी, डाँडागाउँ, पत्थरखोला, कोइलाबास र खबरीनाका बासिन्दाहरू दैनिक उपभोग्य सामग्रीका लागि भारत जान बाध्य छन् । सञ्चार सुबिधाको कमीका कारण उनीहरू भारतीय सिमकार्ड प्रयोग गरेर नेपालमा रहेका आफन्तहरूसँग सम्पर्क गर्छन् । गढवा गाउँपालिका, वडा नं. ८ का चन्द्रबहादुर बुढाका अनुसार, “महँगो चार्ज तिरेर भारतीय सिम प्रयोग गर्न बाध्य छौं। यहाँ सरकार छ कि छैन, हामीलाई थाहा छैन ।”

राजपुर गाउँपालिकामा पर्ने नेपाल–भारत सिमानाका गुरुङ नाका, सुकौली, पटौली, सिरिया, कल्याणपुर, बरवा जस्ता बस्तिहरूमा खानेपानी, बिजुली, शिक्षा, स्वास्थ्य, र यातायात सेवाको अभाव छ । गुरुङ नाका निवासी धनबहादुर रोकायाका अनुसार, “यहाँ खानेपानी छैन, भारतीय सीमा सुरक्षा बलका क्याम्पबाट पानी बोकेर खानुपर्ने बाध्यता छ ।” अधिकांश बस्तिहरू बिजुलीबिना अन्धकारमा बाँचेका छन् । बालबालिकाहरूलाई हाईस्कूल पढ्न तीन घण्टा पैदल हिँडेर राजपुरका विभिन्न गाउँहरू पुग्नुपर्छ ।

स्वास्थ्य सेवाहरूको अभावमा सर्पदंश जस्ता आकस्मिक अवस्थाहरूमा उपचारका लागि भारतको तुलसीपुर जानुपर्छ । सडक यातायातको सुबिधा नभएका कारण कैयौं नागरिकले अकालमा ज्यान गुमाउनु परेको विसखबरी नाका निवासी विमला सुनारले बताइन् ।

बासिन्दाहरूको मुख्य पेशा बाख्रापालन, मकै, अरहर, र कपास खेती हो। बर्षातको पानीको भरमा खेती गर्नुपर्ने भएकोले, पानी नपर्दा खेत बाँझै रहन्छ । नाकावासी कृषक हेमराज गिरिका अनुसार, “कृषिमा पनि भारतकै सहारा लिनुपर्छ ।”
स्थानीय जनप्रतिनिधि र नेताहरूले नाका क्षेत्रका बासिन्दाहरूलाई समस्या समाधानको आश्वासन त दिने गरेका छन् तर समस्या हल गर्नको लागि प्रभावकारी कदम चाल्न सकेका छैनन् । राज्यको ध्यान नाकावासीहरूको आधारभूत समस्यातर्फ नपुगेको स्थानीयहरूले गुनासो गरेका छन् । उनीहरूको भनाइ छ, “हामी सिमानाका रक्षक हौं । हाम्रो बस्ती नहुँदो हो त, सारा भूमी भारतले कब्जा गरिसक्थ्यो, तर हामीले भोग्ने समस्याप्रति सरकारको संवेदनशीलता देखिँदैन ।” नाकावासीहरूको समस्या समाधानका लागि राज्य संयन्त्र गम्भीर बन्नुपर्ने आवश्यकता देखिन्छ । सिमाना क्षेत्रका बासिन्दाहरूले जीवनयापनका लागि आधारभूत सुविधा प्राप्त गर्नुपर्ने माग राखेका छन् ।

राजधानीको पीडाः
भनिन्छ बत्ती मुनिको अँध्यारो जस्तै राजधानी रहेको क्षेत्र सँगै सटेको नाकामा अभाबै अभाबमा नागरिक बाचिरहेका छन । लुम्बिनी प्रदेश राजधानी रहेको देउखुरीको पीडा निक्कै पिडादायी रहेको छ । तर राज्यले देख्दैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?