Butwal Today

रुपन्देहीका प्रजिअ घिमिरेलाई चिकित्सकको ज्ञापनपत्र

४ मंसिर २०८१, मंगलवार
अ+
अ-

बुटवल, ४ मंसिर । रुपन्देही पूर्व प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्धारा एक औपचारिक कार्यक्रममा दिएको गैरजिम्मेवारी र भड्किलो अभिब्यक्तिलाई लिएर रुपन्देहीका चिकित्सकहरुले बिरोध जनाएका छन । सोही विषयलाई लिएर मंगलबार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेलाई संघका पदाधिकारीहरुले ज्ञापनपत्र बुझाएका छन ।

नेपाल चिकित्सक संघ लुम्बिनी अंचल शाखा बुटवलका सचिव डा प्रकाश बस्नेत, कोषाध्यक्ष डा रमेश भट्टराई, डा राजेन्द्र प्रसाद बश्याल, डा आकाश शाहीले ज्ञापन पत्र बुझाएका हुन ।

बुटवलको आम्दा अस्पतालमा भएको डेलिभरीको क्रममा सुत्केरीको मृत्युको घटना पछि आफन्तहरुले चिकित्सकमाथि भएको आक्रमणको घटनालाई लिएर प्रजिअ अर्यालले बिरगंजको पर्सामा भएको उपभोक्ता हित संरक्षण मंचको केन्द्रिय कार्यक्रममा ‘म भए तोडफोडमात्र होईन आगो लगाई दिन्थे ।’ भन्ने जस्ता उत्तेजना र अतिरंजित अभिब्यक्ति दिएकोप्रति चिकित्सकहरुको आपत्ति जनाएका छन ।

गैरकानुनी र अतिरजित अभिब्यक्ति जो कसैलाई नेपाल कानुनले हदैसम्मको सजाय समेत हुनुपर्ने संघको विज्ञप्तीमा माग रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?