ट्रेंडिंग:

>> जिप ठक्करमा ५ वर्षीय बालकको मृत्यु, मोटरसाइकल दुर्घटनामा वृद्धको ज्यान गयो >> खुला प्रतियोगिताबाट सशस्त्र प्रहरीमा विभिन्न पदमा भर्ना खुला >> जेनजी आन्दोलनका घाइतेलाई मासिक निर्वाह भत्ता, अति गम्भीरलाई १८ हजार >> सुन मूल्य तोलामा २ हजार रुपैयाँले घट्यो >> मौसमका कारण उडान प्रभावित, रवि लामिछाने भरतपुरसम्म जहाज र त्यसपछि गाडीमा आउँदै >> केपी ओली निकट नेता टीकाराम पुरीले छाडे एमाले >> चिकित्सकीय कमजोरी स्वीकार्दै भेरी अस्पतालले माग्यो माफी >> जेलबाट छुटे लगत्तै रवि चितवन जाने, २४ कोठीमा विशेष सम्बोधन >> हिसानको खेल सप्ताह सुरु >> निःशुल्क शिक्षा कार्यान्वयन नगर्ने पालिका >> ‘प्रदर्शनीले बढाउँदै औद्योगिक जागरण’  >> इट्टा व्यवसायीद्वारा बोर्डको निर्णय उल्लङ्घन >> लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा आंशिक बदली >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै >> रवि लामिछानेलाई आज रुपन्देही ल्याइने, अदालतमा उपस्थित गराएपछि मात्रै रिहा हुने >> पत्रकारितामा समान अनुभूतिको सिद्धान्त आत्मसात गर्नुपर्छः अध्यक्ष डा. आचार्य >> प्रलेस दाङको ३३ औं स्थापना दिवसमा साहित्यकार पुरस्कृत >> निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री खनाल >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी

रुद्रवेणी राम मन्दिरमा रोटरी डाउनटाउनको न्यानो कपडा वितरण

४ मंसिर २०८१, मंगलवार
४ मंसिर २०८१, मंगलवार

बुटवल, ४ मंसिर । सामाजिक उत्तरदायित्व अन्तरगत रोटरी क्लब अफ बुटवल डाउनटाउनले गुल्मीको रुद्रवेणीस्थित श्रीराम मन्दिरमा आश्रित भक्तजनहरुलाई खाना खुवाउने तथा न्यानो कपडा वितरण कार्यक्रम गरेको छ । क्लबबाट टिआरएफ चेयर शंकर ज्ञवालीको सहयोगमा एक समारोहका बिच क्लबका पुर्व अध्यक्ष टंक प्रसाद पराजुली, बिमलराज भट्टराई, भरत राना, क्लबका अध्यक्ष शिव ज्ञवाली, सचिव कमल नेपाल, क्लब एडमिनिस्ट्रेटिभ चेयर प्रकाश पौडेलले श्रीराम मन्दिरका पिठाधिस क्षमानन्द सरस्वती, श्रीराम मन्दिर ब्यवस्थापन समितिका उपाध्यक्ष बलराम अधिकारीलाई सहयोग सामग्री हस्तान्तरण गरिएको हो ।

धार्मिक महत्व बोकेको रुद्रावतीको प्रचारप्रसारमा जोड दिएको समितिका उपाध्यक्ष बलराम अधिकारीले बताए । करिब १७० किलोमिटर टाढाबाट बगेको कालिगण्डकी र सयौ किलोमिटरबाट बगेकी बडिगाड नदीको संगमस्थल रुद्रावती रुपमा चिनिन्छ । यो स्थानमा भगवान विष्णुको अवतारका रुपमा मानिने शालिकग्राम पाईने हुदा पनि यसको महत्व हिन्दु धर्मावलम्बीहरुमा धेरै रहेको उनले बताए । आफुहरुले ४० हजार बढि शालिग्रामहरु संग्रह गरेर राखेको तथा ब्यवस्थित रुपमा प्रर्दशनको तयारीमा रहेको उनले बताए । हाल मन्दिरमा नै सामुहिक पुजा गरिने शालिग्राम आएको उनले बताए । सागुरेमा ड्याम बनाएर उत्कृष्ट गन्तव्य बनाउन डिपिआर समेत बनेको उनले बताए । शुभकार्यहरुमा विभिन्न दाताहरुबाट हुने सहयोगबाट आश्रममा आश्रित कल्पबासीहरुलाई खानपिनमा खर्च जुट्ने गरेको उनले बताए । ‘नियमित आयश्रोत भने छैन ।’—उनले भने । हाल आश्रममा ४२ जना कल्पबासीहरु रहेका छन ।

यसैगरि यसअघि क्लबको १००० औ नियमित बैठक तथा हाईकिङ कार्यक्रम साबिक लुम्बिनी अंचलको सबैभन्दा अग्लो स्थान थाप्लेको डाडामा रहेको पर्यटकिय स्थल सत्यवती मन्दिर परिसरमा सम्पन्न भएको छ । ऐतिहासिक बैठकमा क्लबका अध्यक्ष शिव ज्ञवालीले पुर्वअध्यक्षहरुलाई सम्मान गर्दै पर्यटकिय स्थलको प्रचारप्रसारमा थोरै भएपनि योगदान दिने गरि हाईकिङ कार्यक्रम राखिएको बताए । देशभित्र नै रहेका सुन्दर पर्यटकिय क्षेत्रको प्रचार हुने गरि कार्यक्रम गरिएको उनले बताए ।

कार्यक्रममा अतिथि बक्ताका रुपमा न्यु होराईजनका जिवलाल ज्ञवालीले गुल्मीको सबैभन्दा अग्लो, पर्यटकिय र धार्मिक बुढी सत्यवती मन्दिरलाई प्रचारप्रसारसंगै भौतिक पूर्वाधारबाट जोड्न जरुरी रहेको बताए ।

कार्यक्रममा क्लबका पुर्व अध्यक्ष टंक प्रसाद पराजुली, क्लबका पुर्व अध्यक्ष बिमलराज भट्टराई, भरत राना, प्रेसिडेन्ट नोमिनि धर्मदत्त ज्ञवाली, सचिव कमल नेपाल, क्लब एडमिनिस्ट्रेटिभ चेयर प्रकाश पौडेलले नेतृत्व विकास, समुदायको हितमा रोटरीको योगदान महत्वपुर्ण रहेको बताए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?