ट्रेंडिंग:

>> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने

प्रहरी–स्थानीय सरकारको मिलेमतोमा गण्डक दोहन !

४ मंसिर २०८१, मंगलवार
४ मंसिर २०८१, मंगलवार

नवलपरासी, ०४ मंसिर ।
जिल्लाको सिमावर्ति सुस्ता गाउँपालिका भरि नारायणी (गण्डकी) नदीबाट ढुंगा र बालुवा चोरी गरि केराबारीमा लुकाई छिपाई राख्ने गरेको पाइएको छ । गाउँपालिकाकै मिलोमतोमा उक्त चोरी गरि लुकाएर राख्ने तथा विगतमा बैधानिक निकासी गरि स्टकको नाउँमा ती ढुंगा र बालुवा विक्री वितरण गर्ने गरिएको हो ।

अवैध चोरी निकासी रोक्ने निकाय प्रहरीको भएको सुस्ता गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्यायले प्रतिकृया दिएका छन् । चोरी निकासी भईरहेको छ,तर त्यो रोक्ने र कानुनी दायरामा ल्याउने कार्य प्रहरीको भएको बताउँदै उनले प्रहरी नै आफ्नो जिम्मेवारीमा चुकेको आरोप लगाए ।

राती भरी नदीबाट टेक्टरले बालुवा ढुंगा चोर्ने र बिक्री गर्ने गरेका छन्, सुस्ता ३ नर्सहीका एक स्थानीयले भने, यसमा गाउँपालिकाका कर्मचारी तथा जनप्रतिनिधिले समेत मौन स्वीकृति दिएका छन् । प्रहरीले समेत लाईन खाने गरेको छ । त्यो भएर नर्सहीको गाउँमा ठाउँ ठाउँमा अबैध बालुवा तथा ढुंगा भण्डारण गरेको देख्न सकिन्छ । नियमन गर्ने निकायको मिलोमतोमा गण्डक नदीबाट चोरी तस्करी गर्ने गरिएको उनको भनाई थियो । नर्सही गाउँको पश्चिम तर्फ रहेको बालुवा खानी क्षेत्रबाट पनि बेला बखत चोरी हुने गरेको तर अहिले सबै भन्दा बढि नदीमा गर्ने गरेको दाबी उनको थियो । चोरी तस्करी गरि राखिएका ति समाग्रि पछि टिपरमा राखेर भैरहवासम्म पु¥याउने गरिएको छ ।

नर्सहीको केराबारीमा जहाँ तही त्यस्ता अवैध भण्डारण हेर्न देख्न पाईन्छ । खुलेयाम चोरी तस्करी हुँदा यहाँका प्रहरी प्रशासन समेत मौन बसेकोमा उनीहरूको संलग्नता रहेको त्यसै पुष्टि हुन्छ, उनले थपे, होईन भन्ने तस्करहरू सरकार भन्दा माथि कसरी हुन्छन् । सर्वसाधारणले घरको प्रयोजनलाई ल्याउँदा प्रहरीले रोक्ने छेक्ने गर्छ, उनले प्रश्न गर्दै भने, गाउँपालिकाले वातावरणिय बहानाबाजी गर्दै अनुमति नदिईने तर जहाँ तही गरिएको अबैध भण्डारण कस्को हो ? के गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी यो क्षेत्रमा आउँदा आँखा बन्द गरेर आउँछन ? हेर्न सक्दैनन ? लाखौंको बालुवा र ढुंगा गाउँपालिका र प्रहरीको मिलोमतोबारे जिल्ला समन्वय समिति र जिल्ला स्थित सुरक्षा निकायलाई समेत जानकारी गराउँदा पनि नसुने जस्तो गरेको आरोप उनको थियो ।

अवैध चोरी निकासी रोक्ने निकाय प्रहरीको भएको गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्यायले प्रतिकृया दिएका छन् । चोरी निकासी भई रहेका छन्,तर त्यो रोक्ने र कानुनी दायरामा ल्याउने कार्य प्रहरीको भएको बताउँदै उनले प्रहरी नै आफ्नो जिम्मेवारीमा चुकेको उनले दाबी गरे ।

यता इलाका प्रहरीले नदी जन्य पदार्थको निकासी र नियमन गर्ने कार्य स्थानिय तह(सरकार)हरूको भएको बताएका थिए । खोलाजन्य समाग्रिबाट राजस्व उठाउने जिम्मेवारी स्थानिय तहको भएको र त्यसको संरक्षण,नियमन,रोकथाममा गाउपालिकाले जिम्मेवारीबोध गरि गर्नु पर्ने तर्क प्रहरीको छ । एकले आर्कालाई आरोप प्रत्यारोप लगाउने भए पनि गाउपालिका र प्रहरी दुबै निकाय तस्करहरूसँग कमिसन खाने गर्दा रोक्नका लागि सामुहहिक प्रयास गर्नु भन्दा एक आर्कालाई दोष देखाउने बहानाबाजी मात्रै गरेका छन् ।

पैसो सबैलाई चाहिएको छ, आर्का एक स्थानियले भने,जनप्रतिनिधिलाई नोट र चुनावमा भोट चाहिएकै हुन्छ,त्यसका लागि तस्करी गर्ने व्यक्ति नै विभिन्न दलका कार्यकर्ता रहेका छन् । तिनै कार्यकर्ताको संरक्षण जनप्रतिनिधिले गरिदिन्छन् । प्रहरीलाई पनि जनतामा माथि कानुनको धाक देखाउने तर तस्करसँग मिलेर साझेदारी गर्ने गरेका छन् । यसबारे जिल्ला तहबाट पनि नियमित अनुगमन आवश्यक रहेको उनको भनाई थियो । यता खोला तस्करीबारे छिट्टै अनुगमन गरिने भनाई जिल्ला समन्वय समितिका प्रमुख भगौती प्रसाद यादवले जानकारी गराएका छन् ।

त्यो छिट्टै अनुगमनको समय कहिले आउला भन्ने हेर्न बाकी नै रहेको छ । सरकार र राज्य बलियो बनाउनु पर्छ भन्ने मान्यता लोकसेवाका लागि लोक सेवा आयोग पास गरेर आउने लोकसेवकहरू पनि तस्करकै सेवक बनेको देखिन्छ,जनप्रतिनिधि पनि तस्करकै प्रतिनिधि जस्तो चाल देखाउदै आएका छन् । सोझा साझा जनता हेरेर बस्ने बाहेक अरू कुनै विकल्प नभएकोले पनि जनतामा नैराश्यता छाएको छ । ‘जस्को हातमा लठ्ठि उसैको भैसी’ भन्ने उख्खान चरितार्थ हुने गरेको गण्डक क्षेत्रको तस्करी हेर्दा बुझ्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?