ट्रेंडिंग:

>> संविधान पुनर्लेखन गरी निर्वाचन सुनिश्चित गर्न जसपा नेपालको माग >> एमाले महाधिवेशनको मतदानमा ढिलाइ, प्राविधिकका अनुसार राति ८ बजेसम्म सुरु हुन सक्छ >> अटिजम भएका व्यक्तिको विकासमा अभिभावकको माया, समय र सकारात्मकता अपरिहार्य >> दक्षिण भकारीमा बुबा र छोरी आत्महत्या प्रकरण: अन्जुका श्रीमान् पक्राउ >> ईश्वर पोखरेल समूहले प्यानल टुङ्ग्यायो, को–को परे ? (सूचीसहित) >> देउवा भेट्न पुगे शेखर, ‘सिरियल नम्बर’ बिनाका फारम फिर्ता गर्न आग्रह >> सुनको भाउ आज १ हजार ६ सय रुपैयाँले घट्यो >> एमाले महाधिवेशनको मतदान ४ बजेदेखि, अन्तिम परिणाम भोलि दिउँसो आउने >> नवलपरासीको सीमा क्षेत्रबाट २० लाखको अवैध कफी बरामद >> मन्त्री घिसिङ बर्दिया जाँदै >> रोजेको मन्त्रालय अन्य दलको भागमा परेपछि मधेसबाट बाहिरिने जनमतको चेतावनी >> कांग्रेसको क्रियाशील सदस्यता नवीकरणको म्याद सकिए पनि काम सकिएन >> सुदनलाई तनुजाको चेतावनी : नेपाल प्रयोगशाला होइन, जेनजीको नाम बेच्न बन्द गर >> रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा आइपुगे, भोलि उड्नेछन् कतार >> युवा नेता राजु गुरुङले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी, चुनाव जित्ने दाबी >> महिला क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा हर्षल पाठक नियुक्त >> एमाले निर्वाचनको मतदानबारे आयोगले भन्यो–४ बज्दैन, २ बजेभित्र सुरु हुन्छ >> गण्डक सिँचाइमा पुस पहिलो साता पानी प्रवाह हुने >> किन बढिरहेछ पुराना दलहरूप्रति वितृष्णा ? >> किसानको माग सम्बोधनमा किन उदासीन ?  >> भूकम्पबाट १ हजार २ सय ११ घरमा क्षति  >> गृहिणीबाट सफल उद्यमी बनेकी सुस्मा >> पृथ्वीचन्द्र अस्पतालको अनियमितताबारे अख्तियारको चासो  >> प्लाइउड उद्योगमा किन गोदाम गरिन्छ युरिया मल ? >> ११ केन्द्रीय सदस्यसहित अनुशासन र लेखा आयोग पदाधिकारी निर्विरोध निर्वाचित >> एमाले महाधिवेशनमा आज मतदान, ओली-पोखरेल समूहबीच प्रतिस्पर्धा >> मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने >> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात

निर्वाचन आचारसंहिता अनुगमन गर्न गृह मन्त्रालयलाई निर्देशन

४ मंसिर २०८१, मंगलवार
४ मंसिर २०८१, मंगलवार

काठमाडौँ ।

निर्वाचन आयोगले मंसीर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनको निर्वाचन आचारसंहिता अनुगमन गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

आयोगले उपनिर्वाचन हुने ३३ जिल्लाका ४४ स्थानीय तहमामङ्सिर २ गतेदेखि नै निर्वाचन आचारसंहिता २०७९ लागू भएकोले सोको प्रभावकारी कार्यान्वयनको लागि जिल्ला आचारसंहिता अनुगमन समितिले निर्णय गरी आचारसंहिताको पालना गर्न गराउन गृह मन्त्रालयलाई निर्देशन दिएको हो ।

आयोगले जिल्ला आचारसंहिता अनुगमन समितिको काम, कर्तव्य र अधिकारका अतिरिक्त देहायका कार्यहरू गर्ने व्यवस्था मिलाउन समेत निर्देशन दिएको छ ।

आयोगले निर्वाचन आचारसंहिता, २०७९ को दफा ४२ बमोजिम आचारसंहिताको पालना तथा राजनीतिक दल तथा उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको सम्बन्धमा नेपाल प्रहरी, अन्य सुरक्षा निकाय, कुनै कार्यालय वा व्यक्ति मार्फत आवश्यक सूचना र विवरण लिई तत्काल कारवाही गर्न निर्देशन दिएको छ ।

त्यस्तै आयोगले निर्वाचन आचारसंहिता, २०७९ को परिच्छेद ४ को राजनीतिक दल, उम्मेदवार, दलको भातृ संगठन तथा सम्बन्धित व्यक्तिले पालना गर्नु पर्ने आचरणहरू जुलुस, आमसभा, कोणसभा, बैठक वा भेला सम्बन्धी विषय, सवारी साधनको प्रयोग र सञ्‍चार माध्यमको प्रयोग सम्बन्धी विषय र निर्वाचन खर्च सम्बन्धी विषयमा दैनिक विवरण लिने, अनुगमन अधिकृत र जिल्ला आचारसंहिता अनुगमन समितिले आचारसंहिता उल्लंघनको विषयमा तत्काल कारवाही प्रारम्भ गर्ने र कुनै द्विविधा उत्पन्‍न भएमा टेलिफोन, एस.एम.एस., एवम् इमेल वा अन्य कुनै उपयुक्त माध्यम मार्फत आयोगबाट निकासा लिई कारवाही टुंग्याउन भनेको छ ।

त्यसैगरी निर्वाचन आचारसंहिता, २०७९ बमोजिम नेपाल सरकार र प्रदेश सरकारका मन्त्री र स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीले आयोगको अनुमति नलिई निर्वाचन क्षेत्रमा उपस्थित भएको वा प्रचार प्रसार कार्यमा संलग्न भएको पाइएमा आवश्यक जाँचबुझ गरी निर्वाचन आचारसंहिता, २०७९ तथा निर्वाचन कसुर तथा सजाय ऐन, २०७३ बमोजिम कारवाही प्रारम्भ गर्ने र कुनै द्विविधा भएमा उपयुक्त माध्यमद्वारा यथाशक्य छिटो प्राप्‍त हुने गरी आयोगमा सिफारिस गरी पठाउन समेत निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?