ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

सिमाबासीसँग सशस्त्र प्रहरी कार्यक्रम

३ मंसिर २०८१, सोमबार
३ मंसिर २०८१, सोमबार

कपिलवस्तु, ३ मंसिर ।

कपिलवस्तु जिल्लाको भारतसँग सिमाना जोडिएका क्षेत्रमा सिमाबासीसँग सशस्त्र प्रहरी कार्यक्रम सञ्चालनमा ल्याइएको छ ।

सिमाका जनतासँग जोडिएर सिमा सुरक्षालाई प्रभावकारी बनाउने उद्देश्यले सशस्त्र प्रहरीले जिल्लाका १८ वटा सिमा जोडिएका वडा लक्षित गरी कार्यक्रम सञ्चालनमा ल्याएको हो । सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गण हेड क्वाटर कपिलवस्तुको आयोजनामा कार्यक्रम अन्तर्गत स्वास्थ्य सम्बन्धी कार्यक्रम सञ्चालनमा ल्याइएको हो ।

गणले सिद्धार्थ नेत्रालय तौलिहवाको प्राबिधिक सहयोगमा जिल्लाको मायादेवी गाउँपालिका वडा नम्बर ४ चाकलचौडा र यशोधरा गाउँपालिका वडा नम्बर ५ सुठौलीमा आँखा उपचार शिविरको आयोजना गरेको हो । सोमबार महाराजगंज नगरपालिकाको कजरहवामा आँखा उपचार शिविरको आयोजना गर्ने गणको तयारी छ ।

सिमा अपराध न्युनीकरण गर्ने उद्देश्यले गणको आयोजना, सिद्धार्थ नेत्रालयको प्राबिधिक सहयोग तथा सशस्त्र प्रहरी बलको बर्डर आउट पोष्ट (बिओपी) मर्यादपुरको समन्वयमा बैदौलीमा आयोजित शिविरमा ५४ जना सिमाबासी नागरिकको आँखा परीक्षण गरिएको हो । शिविरमा १८ जनामा मोतियाबिन्दु भेटिएको छ । मोतियाबिन्दु भेटिएका बिरामीको नेत्रालयले निःशुल्क अप्रेशनको सेवा दिनेछ । शिविरमा अधिकांश मोतियाबिन्दु, दृष्टीदोष र सामान्य आँखाको संक्रमणका बिरामी फेला परेको सिद्धार्थ नेत्रालयका अस्पताल व्यवस्थापक सुदन वाग्लेले जानकारी दिए । शिविरमा २० जना बिरामीलाई निःशुल्क औषधी समेत उपलब्ध गराइएको हो ।

सशस्त्र प्रहरीले सिमा सुरक्षा सिमाका नागरिकको मन जितेर मात्रै सम्भव हुने निष्कर्षका आधारमा स्वास्थ्य सम्बन्धी कार्यक्रम सञ्चालनमा ल्याएको हो । दुई स्थानमा आयोजित शिविरबाट फेला परेका १ सय २७ जना मोतियाबिन्दुका बिरामीको निुशल्क अप्रेशन गर्ने जनाइएको छ । आँखा स्वास्थ्य शिविरको आयोजना पछि भारतीय सिमा जोडिएका जिल्लाका १८ वटा वडाबाट प्रति वडाका २ जना स्थानीयलाई कृषि तालिम दिने सशस्त्र प्रहरीको योजना छ ।

त्यसैगरी गरिब र जेहेन्दार बालबालिकालाई न्यानो कपडा, शैक्षिक सामग्री, हेयर कटिङ्ग तालिम दिने योजना सशस्त्र प्रहरीले बनाएको छ । सिमाका नागरिकलाई सशस्त्र प्रहरीसँगको सम्बन्ध मित्रवत बनाएर सिमा अपराध न्युनीकरणमा सहयोग पुर्याउने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक रामजंग पाण्डेले जानकारी दिए ।

“सिमाबासी नागरिकसँग सशस्त्र प्रहरीलाई जोड्नका लागि कार्यक्रमहरु आयोजना गर्न विभिन्न निकायसँग समन्वय र सहकार्य अगाडि बढाएका छौं । सिमाबासीहरु सँगको सहकार्य वृद्धिले सिमामा हुने अपराध न्युनीकरणमा सहयोग पुग्नेछ” सशस्त्र प्रहरी उपरिक्षक पाण्डेले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?