ट्रेंडिंग:

>> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ

सैनामैना नगरले गरेको निर्णय विरुद्ध दलको असन्तुष्टि

३ मंसिर २०८१, सोमबार
३ मंसिर २०८१, सोमबार

सैनामैना, ०३ मंसिर ।
सैनामैना नगरपालिकाले बुटवल गोरुसिंगे सडक निर्माणका क्रममा सैनामैना ७ स्थित औद्योगिक ग्राम क्षेत्रको जग्गामा क्रसर राख्न दिने निर्णय गरेकोमा सैनामैनाका राजनैतिक दल, नागरिक समाज र स्थानीय जनताले उक्त निर्णय तत्काल फिर्ता लिन माग गर्दै ज्ञापनपत्र बुझाएको छ ।सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्मालाई बुझाएको ज्ञापनपत्रमा औद्योगिक क्षेत्र निर्माणाधिन रहेको अवस्थामा सोही क्षेत्रमा क्रसर राख्न दिने कार्यपालिकाको निर्णय फिर्ता लिन माग गरिएको छ । ज्ञापनपत्रमा सीमित स्वार्थ समूहको मिलेमतोमा औद्योगिक क्षेत्र बन्दै गरेको अवस्थामा क्रेसर राख्ने तथा ढुंगा, गिट्टी र बालुवा डम्पिङ गर्ने कार्य नीति र विधिभन्दा बाहिर गएर गरिएको निर्णय कुनैपनि अवस्थामा स्वीकार गर्न नसकिने उल्लेख छ । ज्ञापनपत्र बुझाउने कार्यक्रममा नेकपा एमाले सैनामैना नगरपालिकाका अध्यक्ष नारायण न्यौपानेले सैनामैना नगरपालिकालाई बुटवल गोरुसिंगे निर्माण आयोजनाबाट आएको पत्र नै शंकास्पद रहेको बताउँदै सार्वजनिक महत्वको बिषयमा निर्णय गर्दा राजनैतिक दलहरूसंग परामर्श नगर्नुका पछि यो समस्या उत्पन्न भएको बताए । उनले यो विवादको बिषय यहाँसम्म आउनु नपर्नेमा औद्योगिक क्षेत्रको जग्गा दिन आयोजना गरिएको छलफल र पत्रमा शंका उत्पन्न भएको बताए ।

त्यसैगरी ज्ञापनपत्र बुझाउने कार्यक्रममा नेकपा माओवादी सैनामैनाका इञ्चार्ज नारायण महतले सैनामैनाको सार्वजनिक जग्गा दिने कुरामा कार्यपालिकालाई अधिकार नभएको बताए ।उनले सैनामैनाका सवै तह र तप्काको सल्लाह र सुझावलाई मध्यनजर गरेरमात्रै दिनुपर्नेमा नगरपालिकाको कार्यपालिकाको निर्णयको नाममा एकलौटी गर्दा राजनैतिक दलहरूलाई आन्दोलनमा जानुपर्ने अवस्था सिर्जना गरिएको उल्लेख गरे । त्यसैगरी नेपाली कांग्रेस सैनामैनाका सभापति रणबहादुर खनालले औद्योगिक ग्राम निर्माणको चरणमा रहेकोले त्यहाँ क्रसर तथा निर्माण सामाग्री राख्न दिनुहुँदैन भन्दै नगरपालिकाले अन्यत्र व्यवस्थापन गर्नुपर्ने बताए । ज्ञापनपत्र बुझ्दै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले यो निर्णयमा नगरपालिकाका प्रम्ुख, उपप्रमुख तथा कार्यकारी अधिकृत कसैको पनि स्वार्थ नरहेको बताए ।उनले यो निर्णयमा स्वार्थ देख्ने हो भने समस्या त्यही उत्पन्न हुने भएकोले स्वार्थको दृष्टिले नहेर्न आग्रह गरे । राजनैतिक दल, नागरिक समाज र स्थानीय जनताले सैनामैना संघर्ष समिति गठन गर्दै समितिमार्फत ज्ञापनपत्र बुझाएका हुन ।

ज्ञापनपत्रमा जे कामको लागि औद्योगिक क्षेत्र निर्माणको काम भैरहेको छ, त्यहाँ त्यहीमात्र राख्नुपर्ने भन्दै उक्त क्षेत्रमा क्रेसर र निर्माण सामाग्रीको डम्पिङ राख्दा त्यस क्षेत्रका स्थानीय बासिन्दा, विद्यालयमा ध्वनी प्रदुषण हुने, बायु प्रदुषण समेत हुने त्यहाँ राख्न नहुने भनिएको छ ।

सैनामैनाका प्रमुख राजनैतिक दलका नेताहरूको समेत हस्ताक्षर रहेको ज्ञापनपत्रमा मागलाई सम्बोधन नगरिए कडा आन्दोलन गर्ने चेतावनी दिइएको छ । संघर्ष समितिको संयोजकमा ठाकुर प्रसाद पाण्डे, सहसंयोजकमा उमाकान्त घिमिरे, सचिव महेन्द्र कार्की लगायत सदस्यहरू छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?