ट्रेंडिंग:

>> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> कस्को कति मत ? (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला >> एमालेको मतदान सकियो : २२ सय २७ मत खस्यो, ३६ मतदानमा अनुपस्थित >> सुदूरपश्चिमका १६ क्षेत्रबाट चुनाव लड्न कांग्रेसमा सयभन्दा बढी आकांक्षी, देउवा र बडू मात्रै सर्वसम्मत

सीमाबासी सँग सशस्त्र प्रहरी कार्यक्रम

३ मंसिर २०८१, सोमबार
३ मंसिर २०८१, सोमबार

कपिलवस्तु, ०३ मंसिर ।
कपिलवस्तु जिल्लाको भारत सँग सिमाना जोडिएका क्षेत्रमा सिमाबासी सँग सशस्त्र प्रहरी कार्यक्रम सञ्चालनमा ल्याईको छ । सिमाका जनता सँग जोडिएर सिमा सुरक्षालाई प्रभावकारी बनाउने उदेश्यले सशस्त्र प्रहरीले जिल्लाका १८ वटा सिमा जोडिएका वडा लक्षित गरि कार्यक्रम सञ्चालनमा ल्याएको हो । सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गण हेड क्वाटर कपिलवस्तुको आयोजनामा कार्यक्रम अन्र्तगत स्वास्थ्य सम्बन्धि कार्यक्रम सञ्चालनमा ल्याईएको छ । गणले सिद्धार्थ नेत्रालय तौलिहवाको प्राबिधिक सहयोगमा जिल्लाको मायादेवी गाउँपालिका वडा नम्बर ४ चाकलचौडा र यशोधरा गाउँपालिका वडा नम्बर ५ सुठौलीमा आँखा उपचार शिविरको आयोजना गरेको हो । सोमबार महाराजगंज नगरपालिकाको कजरहवामा आँखा उपचार शिविरको आयोजना गर्ने गणको तयारी छ । सिमा अपराध न्युनिकरण गर्ने उद्धेश्यले गणको आयोजना सिद्धार्थ नेत्रालयको प्राबिधिक सहयोग तथा सशस्त्र प्रहरी बलको बर्डर आउट पोष्ट (बिओपी) मर्यादपुरको समन्वयमा बैदौलीमा आयोजित शिविरमा ५४ जना सिमाबासी नागरिकको आँखा परिक्षण गरिएको हो । शिविरमा १८ जनामा मोतियाबिन्दु भेटिएको छ । मोतियाबिन्दु भेटिएका बिरामीको नेत्रालयले निशुल्क अप्रेशनको सेवा दिनेछ । शिविरमा अधिकांस मोतियाबिन्दु, दृष्टीदोष र सामान्य आँखाको संक्रमणका बिरामी फेला परेको सिद्धार्थ नेत्रालयका अस्पताल व्यवस्थापक सुदन बाग्लेले जानकारी दिए । शिविरमा २० जना बिरामीलाई निशुल्क औषधी समेत उपलब्ध गराईएको हो ।

शसस्त्र प्रहरीले सिमा सुरक्षा सिमाका नागरिकको मन जितेर मात्रै सम्भव हुने निष्कर्षका आधारमा स्वास्थ्य सम्बन्धि कार्यक्रम सञ्चालनमा ल्याएको हो । दुई स्थानमा आयोजित शिविरबाट फेला परेका १ सय २७ जना मोतियाबिन्दुका बिरामीको निुशल्क अप्रेशन गर्ने जनाईएको छ । आँखा स्वास्थ्य शिविरको आयोजना पछि भारतिय सिमा जोडिएका जिल्लाका १८ वटा वडाबाट प्रति वडाका २ जना स्थानियलाई कृषी तालिम दिने सशस्त्र प्रहरीको योजना छ । त्यसै गरि गरिब र जेहेन्दार बालबालिकालाई न्यानो कपडा, शैक्षिक सामाग्री, हेयर कटिङ्ग तालिम दिने योजना सशस्त्र प्रहरीले बनाएको छ । सिमाका नागरिकलाई सशस्त्र प्रहरी सँगको सम्बन्ध मित्रवत बनाएर सिमा अपराध न्युनिकरणमा सहयोग पुर्याउने उद्धेश्यका साथ कार्यक्रम सञ्चालन गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गणका गणपति सशस्त्र प्रहरी उपरिक्षक रामजंग पाण्डेले जानकारी दिए । “सिमाबासी नागरिक सँग सशस्त्र प्रहरीलाई जोड्नका लागि कार्यक्रमहरू आयोजना गर्न बिभिन्न निकाय सँग समन्वय र सहकार्य अगाडी बढाएका छौं । सिमाबासीहरू सँगको सहकार्य बृद्धिले सिमामा हुने अपराध न्युनिकरणमा सहयोग पुग्नेछ ।” सशस्त्र प्रहरी उपरिक्षक पाण्डेले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?