ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> दर्शक नजाँदा खल्लो बन्दै तिलोत्तमा महोत्सव >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण

माहुरी पालनमा रमाउँदै दाङका श्रेष्ठ

३ मंसिर २०८१, सोमबार
३ मंसिर २०८१, सोमबार

दाङ ।

माथि घना जंगल तल तोरी बारी, बारीका डिलभरी लहरै राखिएका माहुरीका घार छन् । दिउँसोको समय ती घारबाट धेरै जसो माहुरी बाहिर निस्किएका छन् । माहुरीले मुखमा नटोकोस् भनेर लामो टोपी लगाएका चार जनाले घारबाट मह निकालिरहेका छन् ।

घोराही उपमहानगरपालिका –१८ गिठेपानीमा चरनका लागि राखेका माहुरीबाट मह निकाल्नेक्रममा देखिएको दृश्य हो यो । घोराही उपमहनगरपालिका –१५ काठेकोहलका बिष्णुराज श्रेष्ठले शिबशक्ती बि कन्सटका नाममा व्यावसायीक रुपमा माहुरी पाल्दै आएका छन् । उनीसंग अहिले १ सय ५० घार माहुरी छन् । बुवाले पाल्दै आउनुभएको माहुरीलाई आफूले निरन्तरता दिएको उनले बताए । उनी संग भएका १ सय ५० घार माहुरी मध्ये घोराही उपमहानगरपालिका –१८ गिठेपानीमा ९३ घार माहुरी चरनका लागि राखेका छन् । सोही माहुरीको मह अहिले काट्न सुरु गरेका छन् । ९३ घार माहुरीबाट ४ सय ३५ किलो मह आउने आसा उनको छ । यो बिक्री बाट तीन लाख ४५ हजार आम्दानी हुने उनले बताए ।

दाङको जंगलमा चिउरीका विरुवा प्रसस्त भएकाले यहाँको मह औषधीय गुण हुने उनले बताए । एउटा घारबाट सरदर ३० किलो मह उत्पादन हुने र वर्षमा तीन पटक सम्म काट्न सकिले उनले बताए । चिउरीको मह सातसय रुपैया किलोमा बिक्री हुने गरेको र तोरीको मह ६ सय रुपैया किलोमा बिक्री हुने गरेको उनले बताए । ‘माहुरी पाल्न सजिलो छ,गाईबस्तुलाई जस्तो घाँस, दाना पानी दिनु पर्दैन , गोबरसोत्तर गर्नु नपर्ने भएकाले माहुरी पाल्न सजिलो रहेको हुन्छ’ उनले भने, सजिलो तरिकाले छोटो समयमा पनि आम्दानी गर्न सकिन्छ ।

जिल्लाबाट मह भारतको पतन्जली आयुर्बेदमा,काठमाडौँ, पोखरा, बुटवल, स्याङ्जा, पाल्पा, नेपालगञ्ज, रोल्पा रुकुमलगायतका शहरमा बिक्री गरिँदै आएको श्रेष्ठ बताउछन् । नेपाल माहुरी उत्पादक महासंघ दाङका निर्वमान अध्यक्ष समेत रहेका श्रेष्ठले जिल्लामा यस वर्ष करिब ४२० टन मह उत्पादन हुने बताए । गत वर्ष ३२० टन मह उत्पादन भएको थियो ।

महले बजार नपाउँदा समस्या

दाङको हावापानी मह उत्पादनको लागि उत्तम मानिएकाले यहाँ मह अत्यधिक उत्पादन हुने गरेको छ ।

छिमेकी देशबाट आएको कम गुणस्तरिय महलाई कतिपय व्यापारीले दाङको मह भनेर बिक्री गर्दा दाङको मह बिक्रीमा कमी आएको उनले बताए । दाङका माहुरीले चिउरी,तोरी, रुदेलो आदिको फूलको रसबाट मह उत्पादन गर्ने भएकाले यहाँको महमा औषधीय गुण भएकाले जतीवर्ष राख्दा पनि नबिग्रने र कुनै बिगार नगर्ने उनले बताए ।

दाङको हावापानीमा उत्पादन भएको महमा औषधी हुने भएकाले यहाँको मह सबैले खोजी खोजी प्रयोग गर्न उनले आग्रह गरे । नेपाल सरकारले स्वदेशी महलाई प्रोत्साहन गर्नका लागि गुणस्तरहिन मह प्रतिबन्ध गर्नुपर्ने उनको माग छ । जिल्लामा १५ हजार माहुरीको घार रहेको नेपाल माहुरी पालन महासंघ दाङले जनाएको छ भने ६५० माहुरी पालक किसान रहेका छन् ।।।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?