ट्रेंडिंग:

>> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन

आन्तरिक राजस्व कार्यालय बुटवलमा रक्तदान, ४२ पिन्ट रगत सङ्कलन

विभिन्न कार्यक्रम गरी सप्ताह मनाइँदै, सर्वाधिक आयकर तिर्ने करदाता सम्मानित हुने
३ मंसिर २०८१, सोमबार
३ मंसिर २०८१, सोमबार

बुटवल, ३ मङ्सिर ।

आन्तरिक राजस्व कार्यालय बुटवलमा सोमबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय कर दिवस तथा कर सप्ताह, २०८१ को अवसरमा बुटवल–८, अस्पताल लाइनस्थित कार्यालय परिसरमा बिहान ९ बजेदेखि दिउँसो १२.३० बजेसम्म रक्तदान कार्यक्रम सञ्चालन गरिएको थियो ।

कार्यालयको आयोजना, नेपाल नियमित रक्तदाता संघ, बुटवलको समन्वय र रक्तसञ्चार केन्द्र, बुटवलको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा ४२ जनाले रक्तदान गरेकोे कार्यक्रमका संयोजक तथा कर अधिकृत सुवास पोख्रेलले जानकारी दिए । “कार्यालयका कर्मचारी, व्यवसायी, सेवाग्राही र पेशाकर्मी समेतको उल्लेखनीय उपस्थिति रहेको सो कार्यक्रममा जम्मा ४२ पिन्ट रगत सङ्कलन गरी रक्त सञ्चार केन्द्रलाई हस्तान्तरण गरेका छौँ,“ पोख्रेलले भने ।

आन्तरिक राजस्व विभाग वा मातहतका कार्यलयहरुले हरेक वर्ष मङ्सिर १ गते कर दिवस तथा मङ्सिरको पहिलो हप्ता विभिन्न कार्यक्रम गरी कर सप्ताह मनाउने गर्छन् । यो वर्ष “कर प्रणालीको सार, लगानीको आधार” भन्ने नारासहित कर दिवस मनाइँदै छ । कर अधिकृत पोख्रेलका अनुसार आन्तरिक राजस्व कार्यालय बुटवलले मङ्सिर १ गते प्रभातफेरी र मङ्सिर २ गते कार्यालयबाट सेवा प्राप्त गर्ने पहिलो सेवाग्राहीलाई सम्मान गरेको थियो । कर सप्ताहको अवसरमा यो हप्ताभरि विभिन्न ठाउँमा कर सचेतनामूलक कार्यक्रम आयोजना गर्ने कार्ययोजना रहेको आन्तरिक राजस्व कार्यालय बुटवलले जानकारी दिएको छ । त्यसैगरी सप्ताहको अन्तिम दिन विशेष कार्यक्रम गरी उत्कृष्ट कर्मचारीलाई पुरस्कृत र यस कार्यालयको कार्यक्षेत्र अन्तर्गत सबैभन्दा बढी आयकर दाखिला गर्ने करदातालाई सम्मान समेत गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?