ट्रेंडिंग:

>> गण्डक सिँचाइमा पुस पहिलो साता पानी प्रवाह हुने >> किन बढिरहेछ पुराना दलहरूप्रति वितृष्णा ? >> किसानको माग सम्बोधनमा किन उदासीन ?  >> भूकम्पबाट १ हजार २ सय ११ घरमा क्षति  >> गृहिणीबाट सफल उद्यमी बनेकी सुस्मा >> पृथ्वीचन्द्र अस्पतालको अनियमितताबारे अख्तियारको चासो  >> प्लाइउड उद्योगमा किन गोदाम गरिन्छ युरिया मल ? >> ११ केन्द्रीय सदस्यसहित अनुशासन र लेखा आयोग पदाधिकारी निर्विरोध निर्वाचित >> एमाले महाधिवेशनमा आज मतदान, ओली-पोखरेल समूहबीच प्रतिस्पर्धा >> मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने >> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ?

पुल शिलान्यासले स्थानीय खुसी

२ मंसिर २०८१, आइतबार
२ मंसिर २०८१, आइतबार

प्यूठान, २ मंसिर ।

प्यूठानको गौमुखी गाउँपालिका–३ रजवाराका रमेश रानाले अग्लुङफेदीमा बाइक चलाएर पौठेजोरी खेल्नु पर्ने बाध्यता छ । वर्षा लागेपछि खोला बढेर बाइक तराउन सकिदैन्, जोखिम मोलेरै चिप्लो झोलुङ्गे पुलबाट हिड्नु पर्दछ । उनलाई पक्की पुलबाट हिड्न पाउने कामको थालनी हुँदा खुशीले गदगद छन् ।

मदाने गाउँपालिका–१ अग्लुङ गुल्मीका प्रदिप चन्दले वर्खा लागेपछि खोलामा यातायात वारपार नहुने समस्याले गौमूखी तथा मदानेबासीले सास्ती खेप्दै आएको बताउछन् । विरामी लगेर अस्पताल लैजाने बाटो समेत विकल्प नहुँदा गाउँबाट कष्टपूर्ण तरिकाले अस्पतालमा पु¥याउने नियती वर्सेनि हुने गर्दछ । अग्लुङफेदीमा निर्माण हुन थालेको पुलले यो समस्या हट्ने उनको विश्वास छ । ‘यहाँ पुल नहुदा धेरै दुःख भोगियो । बर्षामा मान्छे, गाडी सबै छेकिन्थे’ उनले भने– ’अब पुल बन्न थाल्यो । गाउँको समस्या समाधान होला भन्ने आशा छ, बरु पुल छिटो बनोस् ।’

शनिबार पक्की पुलको शिलान्यास भएसँगै प्यूठानको गौमुखी र गुल्मीको अग्लुङफेदी बासिन्दामा खुसी आएको हो । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल र कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले संयुक्तरूपमा अग्लुङ्गफेदी खोलामा पक्की पुलको शिलान्यास गरेका छन् ।

सडक पूर्वाधार विकास कार्यालय गुल्मीसंग एम÷एस.कमल–अर्जुन–सिटी–जेभी रेसुंगा गुल्मीले २०८१ मंसिर ८ गते निर्माण सम्पन्न गर्नेगरीे काम थालेको छ । ४ करोड १४ लाख २९ हजार ९ सय ७९ रुपैयाँमा ठेक्का दिएको हो ।

शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री ढकालले तोकिएकै समयमा कार्य सम्पन्न गर्न निर्देशन दिए । ’सन्तुलित विकासको अवधारणा अनुसार प्रदेश सरकारले पूर्वाधार निर्माणको कामलाई प्राथमिकता राखेको छ । सञ्चालन गरेका सबै योजनाको गुणस्तर कायम गर्ने प्रतिबद्धता प्रदेश सरकारले गरेको छ’, ढकालले भने । सरकारले देखिने र महशुस हुनेगरी विकास निर्माणको कामहरु अघि बढाएको ढकालले बताए ।

शिलान्यासको क्रममा बोल्दै कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पन्थीले विकट बस्तीलाई विकासको मुल धारमा ल्याउन सरकारले प्राथमिकतामा राखेको बताए ।

भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव भिमार्जुन पाण्डेले गुणस्तरीय पक्की पुल निर्माण हुने बताए । निर्माण व्यवसायी विजय खनालले भुक्तानि प्रक्रियामा कुनै समस्या नआए निर्धारित समय भन्दा अगाडि नै पुल निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने प्रतिवद्धता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?