ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

कुमाल भाषा संरक्षणमा जोड

२ मंसिर २०८१, आइतबार
२ मंसिर २०८१, आइतबार

लमही, ०२ मंसिर ।

नेपाल कुमाल समाज दाङका अध्यक्ष रामलाल कुमारले आफ्नो समुदायको भाषा संरक्षणमा पहल गरीनु पर्ने बताए । यति मात्र नभै स्वरोजगार तथा सीप विकास सम्बन्धि तालिमसगै रोजगारमुखी बनाउन स्थानीय सरकारसग माग गरेका छन । कुमाल समाज दाङको लमही भेला सम्पन्न भएको छ । भेलामा अध्यक्ष कुमालले समुदाय दिनानुदिन भएको पलायन रोक्न स्वरोजगारको आबश्यता रहेको बताए । मुख्य पेशा माटोको भाडा बनाउने र माछा मार्ने हो दुबै पेशा जोखिममा परे पछि कुमालले सरकारसग स्वरोजगारको माग गरेका हुन ।
उनले कुमार सघले विभिन्न तालिम, गोष्ठी, सेमिनारहरूको आयोजना गर्दै आएको बताउँदै स्वरोजगारको आबश्यकता रहेको भन्दै स्थानीय सरकारलाई आग्रह गरे । हामीले पनि अब हाम्रो पुर्खाको भाषा बोल्नु पर्छ, पुर्खाको इतिहास जोगाएर राख्नु पर्छ, सबै समुदायले आ–आफ्नो अस्तित्व खोजिरहेका बेला हामीले हाम्रा पछिल्ला पुस्तालाई कुमाल भाषा सिकाउनु पर्छ भन्ने लागेर हामी संगठित भएका हौँ’– अध्यक्ष कुमालले भने ।
कार्यक्रमलाइ सम्बोधन गर्दै लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले कुमाल समाज दाङले आफ्नो समुदायको भाषा, संस्कृति संरक्षण गर्नका लागि गरेको मेहनत अत्यन्तै प्रशंसनीय भएको उल्लेख गरिन ।

समुदायकै पहिचान मेटिने हो कि भन्ने एउटा प्रश्न सिर्जना भैरहेका समयमा समाजका शिक्षित युवाहरू जागरूप भएर देशैभरका कुमालहरूलाई समेट्नु आफैमा यो चुनौतिपूर्ण कुरा हो, चुनौतीलाई परास्त गर्दै आफ्नो समुदायका लागि यसरी मेहनत गरेर लाग्ने सबैलाई सम्मानका साथ लमही नगरपालिकाको सहयोग रहने पनि उपप्रमुख योगीको भनाई छ । परापूर्वकालदेखि नेपालमा बसोबास गर्दै आएको जातिमा कुमाल पनि पर्छ। नेपाल सरकारले आदिवासी जनजातिमा समेटेको ५९ जातिमध्ये एक हो– कुमाल । यस समुदायलाई सीमान्तीकृत समुदायको सूचीमा पनि राखिएको छ । २०७८ सालको जनगणना अनुसार देशका ७० जिल्लामा बसोबास गर्दै आएको कुमाल समुदायको जनसंख्या एक लाख २९ हजार ७०२ छ । तथ्यांक अनुसार नवलपरासी, दाङ, चितवन, कास्की, गोरखा, पाल्पा, धादिङ, तनहुँ लगायत जिल्लामा कुमाल समुदायको बसोबास बाक्लो छ । पश्चिम क्षेत्रमा कुमाल जातिलाई दलितमा राख्ने गरिएको छ। तराई–मधेशमा कुमाललाई मधेशीमा राखएिको छ । त्यस्तै, आदिवासी जनजातिको सूचीमा पनि यो समुदाय छ । मधेशी आयोगको चौथो वार्षिक प्रतिवेदनको थर सूचीकरणको विवरणमा कुमाल जातको थर समावेश गरिएको छ । मधेशी समुदायको सूचीकरणबाट हटाउनुपर्ने उनीहरूको माग छ । यस समुदायको प्रमुख पेशा माटाको भाँडा बनाउनु हो । यसका साथै माछा मार्ने, खेतीपाती गर्ने पुर्ख्यौली पेशामै पर्छ। विशेषतः मधेश र टार, जहाँ माटाको भाँडा बनाउन उपयुक्त माटो पाइन्छ, त्यहीं बस्दै आएका छन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?