© 2026
बुटवल, ०२ मंसिर ।
विश्व शान्ति तथा अध्यात्म विज्ञान समाजका संस्थापक योगी विश्व योग गुरू आचार्य राजन शर्मा जीएपीएसएएस नेपाल लुम्विनी प्रदेश राधाकृष्ण योग साधना को आयोजनमा नेपाल मानव धर्म सेवा समिति बुटवलमा योग शिविर आयोजना गरिएको छ । संस्थाका लुम्बिनी प्रदेशका अध्यक्ष अमूल्यमान थैवले बुटवल उपमहानरपालिका प्रमुख खेल राज पाण्डे, नेपाल मानव धर्म सेवा समिति बुटवलकी सेन्त महात्मा अम्बिका बाईजी लगायतले आ–आफ्नो भनाई राखेका थिए । कार्यक्रममा बोल्दै नगर प्रमुख पाण्डेयले विना औषधी रोगको पुरानो नयाँ रोगको उपचार आयुर्वेद प्राकृतिक उपचार चिकित्सा र ब्रह्म ज्ञान आदिको प्रयोगात्मक शिविर आफैमा महत्वपूर्ण भएको बताएका थिए ।
एक दिने शिविर आचार्य राजन शर्माले योग तथा साधाना शिविर सञ्चालन गरेका थिए । ३ सय बढिको सहभागीता रहेको कार्यक्रममा ध्यान र प्राकृतिक चिकित्सा महत्वपूर्ण रहेकाले जीवनमा अपनाउनुपर्ने कुरामा जोड दिइएको थियो । राधाकृष्ण अन्तर्राष्ट्रिय योग अलायन्स बाट मान्यता प्राप्त २ सय घण्टाको साधान जाँचमा उतिर्ण हुने साधिका, योग रत्न प्राप्त कमला मल्ल, जीएसपीएसएस कतार शाखालाई योग सिकाउन अतुलनिय योगदान दिएको भन्दै योग गुरु अमूल्यमान थैवलाई सम्मान गरिएको थियो ।