ट्रेंडिंग:

>> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण 

भोजपुरी संस्कृतिको विरहा मार्फत बुद्ध शिक्षा जागरण

१ मंसिर २०८१, शनिबार
१ मंसिर २०८१, शनिबार

नवलपरासी, ०१ मंसिर ।
जिल्लामा स्थानीय भोजपुरी संस्कृति विरहा मार्फत बौद्ध शिक्षा जागरण गर्ने कार्य उदाहरणिय भएको संघीय सरकारका पूर्व कानुनमन्त्री तथा प्रतिनिधिसभा सदस्य (साँसद) ध्रुव बहादुर प्रधानले बताएका छन् । राती सदरमुकाममा भारतिय कलकार सहितको सहभागितामा सुस्ता स्थित अनोमाघाट संरक्षण समितिको आयोजनामा भएको उतm वृहद विरहा साँस्कृतिक कार्यक्रमको शुभारम्भ गर्दै साँसद प्रधानले उतm कुरा बताएका हुन् ।

लुम्बिनी प्रदेशको नवलपरासी,रूपन्देही,कपिलबस्तु जिल्ला तथा प्राचिन कोलिय गणराज्य र शाक्य गणराज्यको बुद्ध भूमि क्षेत्रका स्थानीय जनतालाई बुद्धको शिक्षालाई सांस्कृतिक कार्यक्रम मार्फत जानकारी गराउनु अति नै सराहनिय कार्य भई रहेको बताउँदै बुद्धको शिक्षा आजको आवश्यकता रहेको बताएका थिए । बुद्धको शान्ति, करुणाको ज्ञान सबैलाई दिन र बुझाउन आवश्यक छ, उनले भने, बुद्धको शिक्षा विश्वका अन्य देशमा फैलिएको तर यहिँ बुद्ध भुमिकै जनताले बुद्धशिक्षाबाट बन्चित हुन परेको छ ।

औपचारिक शिक्षामा पनि प्राप्त मात्रामा बुद्धका इतिहास, शिक्षा र ज्ञान,उनको ध्यान अभ्यास सिकाउने अवस्था कमजोर छ । अहिले यो विरहा मार्फत बुद्धको इतिहास र शिक्षालाई प्रचार प्रसारको माध्यम बनाउन सकिने उनको भनाई थियो । जातिय रूपमा पनि विरहा यादव जातीको भएको हुदा विरहाले जातिय संस्कृतिको संरक्षण पनि हुने र सो विरहा मार्फत बुद्धको शिक्षा र ज्ञान जनमानसमा पुर्याउन पनि सक्ने आधार हुन्छ । यसलाई स्थानीयस्तरका सरकारले पनि बुद्धको संस्कृति र शिक्षा मार्फत ज्ञान फैलाउनका निमित्त काम गर्नु पर्ने आवश्यकता उनले औंल्याएका थिए ।

भोजपुरी क्षेत्रको विरहा र आल्हा जस्त विरताका गाथा पनि भएको र विरतामा युद्ध हुन्छ, जुन बुद्धले युद्धको समाज र राज्य भन्दा आफ्नो मनभित्र चल्ने युद्धलाई बुद्धको ज्ञानले जितेर विरताको गाथालाई साकार पार्नुपर्ने कुरा औल्याइएको थियो । उतm विरहा टोली भारतका विरहा संघका अध्यक्ष समेत रहेका राजकुमार यादव सहितको टोलीले प्रस्तुत गरेको थियो । बहुजन विचार एकता अभियान सहआयोजक रहेको उतm विरहा कार्यक्रममा समाजमा रहेका अन्धविश्वास, लैगिक असमानता, कर्मकाण्ड, आडम्बरलाई हटाई प्रगतिशिल जागृत गर्ने खालका कथा र गाठाहरू विरहा मार्फत प्रस्तुत गरिएको थियो । भारतका संविधान निर्माता डा.भिमराव अम्बेडकर र बुद्धको शिक्षा जस्ता विषयबस्तुहरू पनि समावेश गरिएको थियो । यो बुद्धभुमिसँग जोडिने शाक्य राजकुमार सिद्धार्थ गौतम बुद्धत्व प्राप्तीका लागि गृहत्याग गरि अनोमाघाटमा पुगेर महाभिनिष्क्रमण लिएका थिए । नेपालको बोधगयाको रूपमा चिनाउनका लागि उतm अनोमाघाट संरक्षण समितिले विभिन्न कार्यक्रम गर्दै आएको थियो ।

सोही कार्यक्रम अन्तरगत विरहा कार्यक्रम सदरमुकाम परासीमा पनि गरिएको संघिय साँसद राष्ट्रियसभाका पुर्व साँसद रामलखन चमारले बताउदै यस्ता कार्यक्रम गाउँ गाउँमा गर्नुपर्ने आवश्यकता औंल्याएका थिए । बुद्धको शिक्षा, इतिहास र ज्ञान औपचारिक शिक्षाको माध्यमले दिइएर पुग्दैन्, उनले भने, यहाँका भाषा संस्कृतिलाई नै माध्यम बनाएर बुद्धको शिक्षा घरदैलोमा पु¥याउन सकिन्छ । विश्वब्यापी रूपमा अझै कायम रहेको जातिय, बर्गिय, लिगिँय विभेद बुद्ध शिक्षाले मात्र हटाउन सक्छ । विश्वको असन्तोषले युद्ध हुने तर बुद्धको करुणा, मैत्री, मुदिता उपेक्षा जस्ता चार ब्रम्हविहारले मात्र युद्धलाई शान्तिमा फर्काउन सक्ने भनाई उनको थियो । अनोमाघाट संरक्षण सस्थाका अध्यक्ष सुग्रिम यादव का अनुसार जिल्ला स्थित राजनीतिक दल, समाजसेवी अभियन्ताहरू सहित स्थानीय महिलाहरूको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?