ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

नुनतेल पदमार्ग पछ्याउँदै

१ मंसिर २०८१, शनिबार
१ मंसिर २०८१, शनिबार

यात्रा, जीवन हो । जीवन नै यात्रा हो । यही कुरालाई मनन गर्दै यही मंसिर १ गते शनिबारका दिन पुरानो नुनतेल पदमार्गमा पैदलयात्रा गर्दैछौं । यो यात्रा ऐतिहासिक हुने कल्पना गरेका छौं । पाल्पाको मस्याम हटिया (तिनाउ गाउँपालिका वडा नं.६) बाट हाम्रो पैदलयात्राको थालनी हुनेछ । मस्यामको पुरानो बजार हो हटिया । यहाँ नुनतेल खेप्नेमात्र होईन लाहुरेहरू आउँदाजाँदा बास बस्ने ठाउँ थियो । होटलहरू थिए । कपडा, भाँडा पसल अनि किराना पसलहरू पनि थिए । तर, आज त्यो पुरानो खचाखचको बजार अहिले बजारजस्तो छैन ।

मानिसहरू हटिया आईपुगेपछि पूर्व उत्तरतिर हानिँदा स्याङ्जा, बाग्लुङतिर पुग्थे भने उत्तरपश्चिम लाग्नेहरू गुल्मी, अर्घाखाँची र प्युठानतिर पुग्थे । मस्याम हटियामा नेवार जातिको घनत्व थियो । २०२८ सालसम्म थकालीहरूले होटल र लज चलाएका कुरा साविक मस्याम गाविसका अध्यक्ष पूर्णबहादुर खाम्चा मगरले सुनाउँदै थिए । हामी पुरानो पदमार्ग पछ्याउँदै हटियाको ओरालो हुँदै सिस्नेखोला पुग्नेछौं । त्यस खोलामा उतिबेला असला माछा पाईन्थ्यो । स्थानीयहरूले असला माछा मारेर होटल चलाउनेहरूलाई बेचेर जीविकोपार्जन गर्थे । चिसोपानी थियो सिस्नेखोलाको । अहिले पनि कम चिसो छैन । यही खोलाबाट गौतमबुद्व हाइड्रोपावर सञ्चालनमा आएको छ । यही पानीले लग्धुवा गाउँमा सिंचाई २४ सै घण्टा भएको छ । तीनै सिजनको खेती हुन्छ । त्यतिमात्र होईन यहाँको झिनुवा धान र मानापाथीमा भर्न मिल्ने सानाखालको चोपिलो लौधुवाली आलुको स्वाद जिब्रोमा नै झुन्डिने खालको हुन्छ । अचेल गाउँमा नगदेबालीतिर ध्यान दिएकै कारण आत्मराम, लक्ष्मण, पूर्णिसरा लगायतका किसानहरू हरिया नोट बट्याउनै हतारोमा छन् । मरेक गाउँमा रहेको सरस्वती प्राथमिक विद्यालय साविक दोभान गाविसको सबैभन्दा पुरानो विद्यालय हो । यतिबेला विद्यार्थीको अभावले अन्त कतै मर्ज वा बन्द हुने पिरलो छ । मरेक, नुनतेल पैदल मार्गको मुकामजस्तै थियो । यहाँ खुलेको खानीका कारण चहलपहल देखिन्छ । उतिबेला कविवर अजम्वरध्वज खातीले राष्ट्रकवि माधवप्रसाद घिमिरे लगायतलाई यही मरेकमा बास बसालेर पाल्पा तानसेनमा कवि सम्मेलन गर्न पुराएको इतिहास सुनेको धेरै वर्ष भो । साथै दोभानका पुराना कवि ताराप्रसाद श्रेष्ठको जन्मघर र उनको साहित्य अङ्कुरण भएको भूगोल नै मरेक हो । मरेक तलको गाउँ रानीबास थियो । आज गाउँ नै छैन । पहिला छाप्रे होटलहरू थिए । अर्थात् भट्टिहरू थिए । लाहुरे वा भरियाहरू यतै बस्थे । नाच्ने, गाउनेहरूमात्र होईन जुवातास खेलेर लाहुरेहरूलाई बुङ्गै बनाउथे रे ! सुनेको कुरो । त्यो रानीबास बजार आज नामोनिसान छैन । यहाँ होटल व्यवसाय गर्नेहरू आज देशका महत्वपूर्ण बजारहरूमा छन् ।

सालबास र बोटेगाउँ रमाईलो छ । तर व्यवसाय ठप्प छ । बरु यहाँका मानिसहरूले खेती किसानी गर्छन् । आम्दानीको राम्रो बाटो थालेका छन् । नयाँबजार बन्यो, लामाचौपारी । सम्वत् १९७० मा बनेको ‘दोभान पुल’ नयाँ पक्की पुल बनेपछि कुनोमा प¥यो । तैपनि इतिहास बोकेर हिजोका नुनतेल ओसार्ने पदयात्रीहरूको गतिलो साक्षी बनेर उभिएकै छ । जारलाई काटेर रिस नमरेपछि तरवार ढुङ्गामा धसेको कुरा आज कहावतजस्तै बनेको छ । यो जारकाटे ढुंगा जीवित भएपनि मृत्युतुल्य छ । जारकाटे गाउँ आज गणेशटोल स्वघोषित भई प्रचलित छ । त्यहाँ माथिको गाउँ नुवाकोट हो । अनि छेउमै बग्ने झेर्दीखोला । नेपाल–अङग्रेज युद्धमा यो खोलाका नाम उल्लेख गरि नेपाली योद्वा, सेना नायकलाई अङ्ग्रेजले पत्राचार गरेको इतिहासका जानकार निर्मल श्रेष्ठले आफ्ना लेखहरूमा जनाएका छन् । नुवाकोटमा छोटी भन्सार थियो । यो सामरिक महत्वको क्षेत्र हो । उजिरसिंहले अङ्ग्रेजलाई हराउन रणनीतिक योजना यही नुवाकोटमा बनाएको किंवदन्ती भेटिन्छ । रानीकुवा, काठेगढी, भग्नावशेष दरवार, भैरमबाबाको मन्दिर, भ्यूटावरे नुवाकोटको ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक एवम् पर्यटकीय गन्तव्य नै नुवाकोट भएरपनि अझै प्रगतिका लागि केवलकार सञ्चालनमा आएको छ । पुरानो नुवाकोट नयाँ र परिस्कृत रूपमा हामीबीच आईपुग्दैछ ।
नयाँ पुस्तालाई नुनतेल पदमार्गको जानकारी दिनका लागि तय गरिएको यो पैदल यात्राले इतिहासलाई सम्झाउने छ । वर्तमानमा अतीतलाई केलाउन सहयोग गर्नेछ र भविष्यमा यो मार्गलाई ऐतिहासिक सामरिक मार्गका रूपमा थप परिमार्जनसहित अघि बढाउन मद्दत गर्नेछ ।

पर्यटनका दृष्टिकोणले यो मार्गमा बर्सेनि हजारौका संख्यामा आन्तरिक एवम् बाह्य पर्यटकलाई भित्राउन सकेमा यो मार्गका छेउछाउमा बस्ने नागरिकहरूको आर्थिक एवम् सामाजिक समृद्धि सम्भव हुनेछ । छेउछाउका मानिसका उत्पादनले बजार पाउन सक्नेछन् । हामी आफूले इतिहासप्रति गौरव गर्ने ठाउँ हुनेछ । यो पदयात्राले आन्तरिक पर्यटनमा जोड दिनेछ । नयाँ चिनारी दिने छ । हाम्रा पुराना पुस्तालाई सम्झिने छौं । उनीहरूका कर्तव्यलाई पुनरावलोकन गर्न सम्भव हुनेछ । देश, दुनियाँलाई बुझ्न र बुझाउन पहलकदमी गरेको यो नुनतेल पदमार्गलाई नयाँरूपमा परिभाषित गर्न र हामीले पुरानो मार्गलाई परिचय दिन गरेको यो यात्राको थालनी कोसेढुङ्गा सावित हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?