ट्रेंडिंग:

>> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप
बिग एजुकेशन कन्सल्टेन्सीको छैटौ शाखा बुटवलमा शुभारम्भ

कन्सल्टेन्सीहरु ईथिक्समा रहनुपर्छ ।—इक्यान अध्यक्ष भट्टराई

१ मंसिर २०८१, शनिबार
१ मंसिर २०८१, शनिबार

बुटवल, १ मंसिर । विद्यार्थीहरुलाई वैदेशिक शैक्षिक परामर्श सेवा दिदै आएको बिग एजुकेशन कन्सल्टेन्सीको छैटौ शाखा बुटवलमा शुभारम्भ गरिएको छ । काठमाडौंमा एक दशकदेखि विद्यार्थीहरुलाई शैक्षिक परामर्श दिदै आएको कन्सेल्टेन्सी शनिबारदेखि बुटवलको मिलनचोकमा कार्यालय शुभारम्भ गरिएको हो ।

कार्यक्रमको ईक्यान केन्द्रका अध्यक्ष शेषराज भट्टराईले उद्घाटन गर्दै अभिभावक र विद्यार्थीहरुको सपनालाई साकार बनाउन संस्थागत रुपमा ईक्यान सहकार्य गर्दै आएको दाबी गरे । बजारमा कतिपय कन्सल्टेल्सीहरुबाट विद्यार्थी र अभिभावकलाई ठगिने गरेको घटनाहरु सुनिने गरेको भन्दै केही संस्थाकै कारण समग्र संस्थालाई एउटै नजरबाट हेर्न नहुने उनले तर्क दिए । ‘कन्सल्टेन्सीहरु ईथिक्समा रहनुपर्छ ।’—उनले भने । सरकारसंग बेलाबेलामा छलफल गरि नीतिगत समस्याहरु परिमार्जनमा सफल भएको उनले बताए । समयको परिवर्तन अनुसार देश विकासमा दक्ष जनशक्ति प्राप्त गर्ने आधार विश्वब्यापी शिक्षा भएको भन्दै यसमा कन्सल्टेन्सीहरुको योगदानलाई नकार्न नहुने उनले बताए । कन्सल्टेन्सीहरु बिचमा बिग एजुकेशन आफ्नो छुट्टै पहिचान बनाउन सफल रहेको उनले बताए ।

कार्यक्रममा बिग एजुकेशनका संस्थापक सुरज केसीले एक दशकको यात्रामा संस्थाबाट गुणस्तरीय परामर्शको लक्ष्यलाई पुरा गरेको दाबी गरे । समुदायमा गरिने कर्मबाट नै पहिचान बन्ने भन्दै बिग एजुकेशनको फरक चिनारी रहेको उनले बताए । सरोकारवालाबाट निरन्तर आउने सल्लाह, सुझाव र खबरदारी संस्थाको मार्गदर्शन हुने तर्क दिए । संस्थाबाट कहिलेकाहि अन्जानमा घट्ने घटना र कमीकमजोरीलाई सहज रुपमा जिम्मेवारी लिने प्रतिवद्घता जनाउदै सुधारमा सधै अग्रसर हुने उनले बताए ।

कार्यक्रममा अमेरिकन कर्नरका संस्थापक अध्यक्ष दिलिप भट्टराईले शिक्षाको माध्यममा आमुल परिवर्तन भएको भन्दै विश्वब्यापी शिक्षाको नया पुस्ताप्रतिको मागलाई परामर्शदाताहरु सहयोग रहेको बताए । नेपाली विद्यार्थीहरु विदेशमा अध्ययनसंगै आफ्नो करियरमा उत्कृष्टता हासिल गरेको उदाहरण दिदै उनले यो देशकै लागि महत्वपुर्ण भएको बताए । अहिले सुरक्षित भविष्यको लागि नया पुस्ता विदेशमा जाने गरेको उनले तर्क दिए ।

कार्यक्रममा ईक्यान रुपन्देही अध्यक्ष गिरिराज पाण्डेले सिकाई कहिले अन्त्य नहुने भन्दै अध्ययनलाई समयसापेक्ष अघि बढाउनुपर्ने बताए । विद्यार्थीहरुको दोस्रो अभिभावकका रुपमा कन्सन्टेन्सीको पहिचान बनाउन जरुरी रहेको भन्दै उनले बिग एजुकेशन यो गरिमालाई कायम राख्ने गरि अघि बढन सुझाव दिए ।
कार्यक्रममा एलआईएम कलेजका सुर्यदिप घतानेले विद्यार्थीहरुको उत्कृष्ट कन्सेल्टेन्सीका रुपमा अघि बढाउन सुझाव दिए । बुटवलमा गुणस्तरीय सेवा दिन सफल हुनेमा आशाबादी रहेको उनले बता ए। फेशन विजनेशमा आधारित कलेजका रुपमा एलआईएम कलेज भएको भन्दै यसबाट बढिभन्दा बढि फाईदा लिन सकिने उनले बताए ।

कार्यक्रममा एभिल्ला युनिभर्सिटीका जुगल आचार्यले विगतदेखिको सहकार्य धेरै महत्वपुर्ण भएको बताए । विश्वभरकै विद्यार्थीहरुमाझ युनिभर्सिटी गुणस्तर शिक्षा र काउन्सिल दिने रुपमा परिचित भएको भन्दै उनले विद्यार्थीहरुलाई दबाब दिने नभई उनिहरुको क्षमता विकासमा आफुहरुबाट सहयोग हुने गरेको बताए ।

कार्यक्रममा बिग एजुकेशन बुटवल शाखाका म्यानेजिङ डाईरेक्टर रक्षा बज्राचार्यले बुटवलमा धेरै राम्रो शुरुवात भएको बताईन । आफनो विगतको शैक्षिक सेवाको योग्यता र अनुभवलाई संस्थागत रुपमा निरन्तर दिने उनले बताए । भर्खरमात्र युके एडमिसन डे समेत शुरु भएको हुदा विद्यार्थीहरुलाई अफरहरु समेत रहेको उनले बताईन । ओपनिङमा एडमिसन शुल्क फ्रि गरिएको तथा आईइएलटिएस र पिटिमा ५० प्रतिशत छुट दिईने उनले बताईन ।

कार्यक्रममा अमेरिकन कर्नर रुपन्देहीका दिपिका गिरि, पूर्व डिआईजी केश बहादुर शाही, ईक्यानका निवर्तमान अध्यक्ष देव कुवर, बिग एजुकेसन बुटवलका अध्यक्ष प्रमित बज्राचार्यले सहि परामर्शको अभावमा दुख पाएका विद्यार्थी र अभिभावकलाई कन्सल्टेन्सीबाट उपयुक्त सहयोग मिल्नेमा आशाबादी रहेको बताए । यसैबिच अतिथिहरुलाई मायाको चिनो समेत बितरण गरिएको थियो । शाखाबाट अष्ट्रेलिया, अमेरिका, युके, क्यानडा, न्युजिल्यान्डमा अध्ययनमा जान चाहने विद्यार्थीहरुलाई परामर्श र आवश्यक सहयोग दिईने छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?