ट्रेंडिंग:

>> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै >> उपहारस्वरुपका दुई हात्ती ल्याउन जहाज भैरहवामा आइपुग्यो >> इटालीका पहाडमा २१ करोड वर्ष पुराना डायनासोरका हजारौं पाइलाका छाप फेला >> अमेरिकाले थप ५ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगायो >> एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण दिने >> यू–१९ एशिया कप : अफगानिस्तानविरुद्ध नेपाल १ सय २४ रनमा अलआउट >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको बेवास्ताका कारण ओझेलमा  >> बुटवलमा १६औँ औद्योगिक प्रदर्शनीको पूर्वसन्ध्यामा जनचेतना -याली (फोटोफिचर) >> भेरी अस्पतालको गम्भीर लापरबाहीः मृत घोषणा गरिएको नवजात शिशु अन्त्येष्टिमा जीवित >> एमाले निर्वाचन : ४१५ मत खस्यो (अपडेट) >> देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्‍यो निलम्बन >> चिरिबाबु महर्जन भन्छन् : जेनजीहरुले स्वर परिवर्तन गर्न थाले >> श्रमिकको योगदानबिना कुनै पनि विकास सम्भव छैन : केसी >> नयाँ जनभावनाअनुसारको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री कार्की >> प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको रिटमा संवैधानिक इजलासमा सुनुवाइ हुँदै >> एमाले निर्वाचन नतिजा आजै राति सार्वजनिक हुन्छ : गौतम >> सुनको मूल्य घट्यो, चाँदी भने हालसम्मकै उच्च >> यू–१९ एसिया कप : अफगानिस्तानविरुद्ध नेपालको कमजोर सुरुवात >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित >> एमाले निर्वाचन : अहिलेसम्म ३८० मत खस्यो, नतिजा आजै >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको पेसी आज >> अध्यक्षका दुवै र महासचिवका एक उम्मेदवारले हाले मत >> निर्वाचनको वातावरण बनाऊ  >> हुस्सु-कुहिरोले पश्चिम तराईको हवाई सेवा प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै >> मन्दिरको भेटी दैनिक सार्वजनिक गर्न मेयरको निर्देशन  >> उम्मेदवारले घरदैलो गर्दा २५ जनाभन्दा धेरै कार्यकर्ता लान नपाउने, झण्डा १० वटा मात्रै प्रयोग गर्नुपर्ने >> १२ पास गरेर विवाह गर्ने छोरीलाई बिहे खर्च  !  >> २०८३ को पञ्चाङ्ग पहिलेकै अनुरूप निकाल्ने निर्णय >> एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव >> १६औँ कपिलवस्तु महोत्सव पुर्वमन्त्री आचार्यबाट समापन >> देउखुरीको राप्ती नदीमा जलपंक्षी गणना सुरु >> समृद्धि पन्तले जितिन् १४औं कपिलवस्तु डान्स आइडलको उपाधि >> एमाले महाधिवेशनमा मतदानको समय सर्‍यो, भोलि बिहान ८ बजेदेखि >> न्यू होराइजनलाई अन्तर विद्यालय छात्र-छात्रा कबड्डीको उपाधि >> मतदान सुरु हुनै लाग्दा प्रतिनिधिका हात–हातमा थमाइयो ओली प्यानलका उम्मेदवारको सूची >> एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरु बापत २४ सय शैक्षिक सामग्री वितरण गर्ने >> हर्क साम्पाङको पार्टीका उपाध्यक्ष राजकुमार पक्राउ >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न सकेन >> बुटवलमा हुने राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा >> बिस पचहत्तर युवा परिवारको सातौँ वार्षिकोत्सव >> सिरियल नम्बर विवादः गगन थापा समूह एक्लियो >> लामो समयपछि सेयर बजार दोहोरो अंकले बढ्यो >> सहकारी पिडित सँगै पूर्व मेयर रिले अनशनमा >> गढवामा बाढी प्रभावितका लागि १ सय ५० क्षमताको सेल्टर हाउस निर्माण हुने >> राष्ट्रियसभा उम्मेदवार बन्न थापाले दिए राष्ट्रपति सल्लाहकार पदबाट राजीनामा >> संविधान पुनर्लेखन गरी निर्वाचन सुनिश्चित गर्न जसपा नेपालको माग >> एमाले महाधिवेशनको मतदानमा ढिलाइ, प्राविधिकका अनुसार राति ८ बजेसम्म सुरु हुन सक्छ >> अटिजम भएका व्यक्तिको विकासमा अभिभावकको माया, समय र सकारात्मकता अपरिहार्य

सुरक्षा अपडेटसहित सामसङ ग्यालेक्सी ए१६ फाइभजी लन्च

३० कार्तिक २०८१, शुक्रबार
३० कार्तिक २०८१, शुक्रबार

काठमाडौं, ३० कार्तिक ।
सामसङले ६ वर्षको सफ्टवेयर सपोर्ट, सिक्नेचर ‘कि आइसल्यान्ड’सहितको प्रिमियम ग्यालेक्सी ए–सिरिज डिजाइन, आईपी ५४ रेटिङ, मिडियाटेक प्रोसेसर र ट्रिपल क्यामेरा सिस्टमको साथमा नयाँ किफायती मिडरेन्ज स्मार्टफोन ग्यालेक्सी ए१६ फाइभजी ल्याएको छ ।नयाँ ग्यालेक्सी ए१६ फाइभजी नोभेम्बर ९ मा ओटाकु जात्रामा लन्च गरिएको थियो, जहाँ उपभोक्ताहरू इभेन्टमा उपकरणको प्रत्यक्ष अनुभव गर्न पाउँदा धेरै उत्साहित रहेको कम्पनीले जनाएको छ । ‘थुप्रै प्रशंसक र प्राविधिक उत्साहीहरूका लागि एक केन्द्रको रूपमा रहेको ओटाकु जात्रा ग्यालेक्सी ए१६ फाइभजीका रोमाञ्चक सुविधाहरू प्रदर्शन गर्न उत्तम ठाउँ थियो,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस जीवन्त कार्यक्रममा सहभागी भएर सामसङले नेपाली उपभोक्ताहरूका लागि नवीन अनुभव ल्याउँदै जीवन्त, प्राविधिक ज्ञान भएका समुदायसँग संलग्न रहन जारी राखेको छ ।’ग्यालेक्सी ए१६ फाइभजी ‘लोकप्रिय’ गायक वाङ्देन शेर्पासँग नोभेम्बर ९ मा सिल्भर ओक बैंक्वेटमा ओटाकु जात्रामा सार्वजनिक गरिएको थियो ।

सामसङ नेपालका निर्देशक प्रणयरत्न स्थापितले भने, ‘आफ्नो सेग्मेन्टमा ६ पुस्ताको ओएस अपग्रेड र ६ वर्षको सुरक्षा अपडेटहरू उपलब्ध गराएर ग्यालेक्सी ए१६ फाइभजी ले भ्याल्यु प्रपोजिसनलाई पुनः परिभाषित गर्न प्रयोगकर्ताहरूलाई लामो समयसम्म नवीनतम् सुविधाहरूको आनन्द लिन सक्षम बनाउँदै मिड–रेन्ज स्मार्टफोनहरूमा अतुलनीय अनुभव प्रदान गर्न तयार छ ।’सामसङले ग्यालेक्सी ए१६ फाइभजी लाई ग्यालेक्सी ए–सिरिजको सबैभन्दा पातलो मिड–रेन्ज उपकरणको रूपमा प्रस्तुत गरेको छ, जसको मोटाइ मात्र ७.९ एमएम रहेको छ । यसको पातलो, स्लिम डिजाइनले गर्दा प्रयोगकर्ताले यसलाई आरामसँग सजिलै समात्न सक्छन् । ग्यालेक्सी ए१६ फाइभजीले प्रिमियम फिनिस र विशिष्ट की आइल्यान्ड फ्रेमका साथ ग्लास्टिक ब्याक प्यानलको सुविधा दिन्छ, जहाँ साइड माउन्ट गरिएका बटनहरू सजिलो पहुँचको लागि हल्का रूपमा उठाइएको फ्रेममा राखिएका छन् । स्थायित्वका लागि निर्मित ग्यालेक्सी ए१६ फाइभजीले आईपी५४ रेटिङ पनि राख्छ, जसले दैनिक सुरक्षाको लागि भरपर्दो रूपमा धूलो र पानी प्रतिरोध प्रदान गर्दछ । शक्तिशाली ५० एमपी प्राथमिक क्यामेरा, ५ एमपी अल्ट्रा–वाइड क्यामेरा र २ एमपी म्याक्रो क्यामेराले सुसज्जित ग्यालेक्सी ए१६ फाइभजीले क्रीस्प र विस्तृत तस्वीरहरू खिच्छ । जबकि १३ एमपी फ्रन्ट क्यामेराले सेल्फी र भिडियो कलको स्तरलाई बढाउँछ । फोनमा ६.७ इन्च फुल एचडी प्लस सुपर एमोलेड डिस्प्लेको साथमा ९० हर्ज रिफ्रेस रेट एवं माइक्रो एसडीमार्फत १ टीबीसम्म विस्तार गर्न सकिने स्टोरेज रहेको छ ।हुडअन्तर्गत ग्यालेक्सी ए१६ फाइभजी मिडियाटेक डी६३००द्वारा सञ्चालित छ, जसले गेमिङ, स्ट्रिमिङ र सामग्री साझेदारीको लागि उत्कृष्ट पर्फमेन्स प्रदान गर्ने कम्पनीको दाबी छ । शक्तिशाली ५ हजार एमएएच ब्याट्रीको साथ यसले प्रयोगकर्तालाई कनेक्टेड राख्न दिनभरि पावर दिने बताइएको छ ।

ग्यालेक्सी ए१६ फाइभजीसँग ६ वर्षको अपरेटिङ सिस्टम अपडेट र ६ वर्षको सुरक्षा अपडेटहरू प्रदान गर्दै दीर्घकालीन सुरक्षा र पर्फमेन्स प्रदान गर्न प्रतिबद्ध छ । ईएएलएस प्लस सर्टिफिकेशनमार्फत मानसिक शान्ति प्रदान गर्दै सामसुङ नोक्स भाउल्टसँग सुरक्षा एक उच्च प्राथमिकता हो । यसका थप सुविधाहरूमा परिस्कृत कनेक्टीभिटीको लागि गुगल मिट र क्वीक शेयरको साथ सहज अनुभव समावेश छन् ।
कालो, हल्का हरियो र सुनौला रङ्गमा उपलब्ध ग्यालेक्सी ए१६ फाइभजीको ६–१२८ जीबी भेरियन्टको मूल्य रु २८ हजार ९९९, ८–२८ जीबी भेरियन्टको रु ३० हजार ९९९ र ८–२५६ जीबी भेरियन्टको रु ३४ हजार ९९९ मूल्य रहेको छ । ग्यालेक्सी ए१६ फाइभजीको प्रत्येक खरिदमा २५ वाटको एड्याप्टर निःशुल्क आउँछ । यी उत्पादनहरू १२ नोभेम्बरदेखि बजारमा उपलब्ध हुनेछ ।‘यो मोडल सबै अधिकृत सामसङ स्टोरहरूमा इन्स्टा फाइनान्स सेवामार्फत खरिद गर्न सकिन्छ । जिरो प्रतिशत थप ब्याज र स्विफ्ट प्रोसेसिङको साथ झन्झटरहित ईएमआई विकल्पहरू प्रदान गर्दै एक घण्टाभित्र पाईने कम्पनीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?