ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

तराईमा लहलह कोदो

२९ कार्तिक २०८१, बिहीबार
२९ कार्तिक २०८१, बिहीबार
बाँके,  २९ कार्तिक ।
पहाडी र हिमाली जिल्लामा मात्र उत्पादन हुँदै आएको कोदो बाली तराइको गर्मी मानिने बाँके जिल्लामा पनि लहलह उत्पादन भएको छ ।सामुदायिक जिन बैङ्क सञ्जालले बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर १ चिसापानीस्थित गाभर भ्यालीमा कोदोको सफल परीक्षण उत्पादन गरेको छ ।
गत साउन महिनामा रोपिएको कोदो अहिले चिसापानीस्थित गाभर भ्यालीमा लहलह झुलेको छ । पहाड र हिमालमा मात्रै उत्पादन हुने कोदो तराइको गर्मी जिल्लामा पनि फलेको देख्दा स्थानीयले समेत अनौठो मानेका छन् ।
“पहाड र हिमालमा मात्रै उत्पादन हुने कोदो तराइका जिल्लामा उत्पादन गर्ने लक्ष्यका साथ परीक्षण गर्नका लागि हामीले गत साउन महिनामा रोप्यौँ, अहिले कोदोको बाला लहलह भएको छ, स्थानीयले पनि अनौठो मानेका छन” सामुदायिक जिन बैङ्क सञ्जालका संयोजक पुरमल बस्नेतले भने, “नौ प्रजातीका कोदोको बिउँ रोपेका थियौँ, एक दुई प्रजाति बाहेक अन्य सबै राम्रोसँग फलेको छ ।”
स्थानीयको डेढ कट्ठा बढी जग्गा भाडामा लिएर कोदोको विभिन्न प्रजातिको बिउँ परीक्षणका लागि रोपिएको उनले बताए । “स्थानीयको डेढ कट्ठा बढी जग्गा भाडामा लिएर कोदोको परीक्षण गरेका थियौँ, अहिले लहलह बाला लागेको छ, मङ्सिरको पहिलो सातातिर काट्ने योजना बनाएका छौँ, हामीलाई उत्साहित बनाएको छ, अब तराइमा पनि कोदो उत्पादन गर्न सकिने देखिएको छ,” संयोजक बस्नेतले भने ।
बस्नेतका अनुसार पाँच वटा प्रजाति जिन बैङ्कले परीक्षणमार्फत् उत्कृष्ट देखिएका, दुईवटा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले विकास गरेका र अन्य दुई प्रजाति किसानले उत्पादन गरेका जात रहेका छन् । “नार्कका प्राविधिकसँगको समन्वयमा हामीले यो परीक्षपण गरेका थियौँ, मङ्सिर पहिलो साता उहाँहरू फिल्डमा आउने कुरा भएको छ, सोही समयमा यसलाई टिप्ने योजना बनाएका छौँ,” बस्नेतले भने, “नार्कका प्राविधिकहरूको सल्लाहमा तराइका अन्य स्थानहरूमा रोप्न मिल्ने गरी यसको बिउँ सिफारिस गर्ने योजना बनाएका छौँ ।”
नार्कका प्राविधिकको सिफारिस अनुसार तराइका जिल्लाहरूमा किसानलाई कोदो रोप्न प्रेरित गरिने बस्नेतको भनाइ छ । उनका अनुसार रैथाने बालीको संरक्षणका लागि सुख्खा ठाउँमा समेत कोदो जस्तो रैथाने बाली लगाउन मिल्ने गरी यसको परीक्षण उत्पादन गरिएको हो ।
२०७८ मा चिसापानीको गाभर भ्यालीमा नेपालमै पहिलो सामुदायिक जिन बैङ्क स्थापना गरेको जिन बैङ्कका सचिव समेत रहेका घरबास सञ्चालक संघका महासचिव कृष्ण चौधरीले बताए । गाभर भ्यालीमा कोदो उत्पादनको प्रशस्त सम्भावना रहेको देखिएकाले यहीँबाट परीक्षण उत्पादन सुरु गरिएको र सफलसमेत भएको उनको भनाइ छ । जिन बैङ्कले तराइमा कोदोको मात्र उत्पादन नगरेर रैथाने अन्नबाली, वनस्पती, पशुपन्छी, मौरी, सुष्म जिवाणु र जलीयकुण्ड क्षेत्रमा काम गर्दै आएको छ । सम्बन्धित रैथाने बस्तुलाई लोप हुन बाट जोगाइ संरक्षण गर्ने र त्यसमा आधारित स्थानीय रैथाने जाति प्रजातिसहित सम्बन्धितलाई व्यावसयिकता दिने कार्य गरिरहेको चौधरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?