ट्रेंडिंग:

>> देशव्यापी मनोनयनले बढाएको उत्साह >> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो

रुन्टीगढी ४ मा चुनावी सरगर्मी बढ्यो

२९ कार्तिक २०८१, बिहीबार
२९ कार्तिक २०८१, बिहीबार

रोल्पा, २९ कार्तिक ।
रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं. ४ मा रिक्त वडाध्यक्ष पदमा आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि रोल्पाका प्रमुख तीन दल नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले उम्मेदवारी टुङ्गो लगाएका छन् । अन्य दलले समेत आफ्नो उम्मेदवार टुंग्याउने अन्तिम तयारीमा रहेको बताईन्छ ।

नेपाली काँग्रेसबाट वडाध्यक्षमा निर्वाचित टंकबहादुर पुनको निधन भएसँगै रिक्त रहेको वडाध्यक्ष पदमा हुने उपनिर्वाचनमा नेपाली काँग्रेसले भुपमणी पुनलाई उम्मेदवार बनाएको छ । यसैगरी नेकपा एमालेले बेगम पुनलाई उम्मेदवार बनाएको छ । पुन २०७९को स्थानीय तह निर्वाचनमा सोही वडाको वडाध्यक्ष पदमा ८ मतले पराजित भएका थिए । नेकपा एमालेले २०७९ सालकै उम्मेदवारलाई यसपटक दोहो¥याउने निर्णय गरेको हो ।

उम्मेदवारको टुङ्गो लगाएको काँग्रेसले निर्वाचन केन्द्रित गतिविधिहरू सञ्चालन गरिरहेको नेपाली काँग्रेस रोल्पाले जनाएको छ । उपनिर्वाचनमा नेकपा एमालेले पुनः उनलाई नै उम्मेदवार बनाउने निर्णय गरेको एमाले रोल्पाका अध्यक्ष अमृत बुढामगरले जानकारी दिए । उम्मेरदवार टुङ्गाएसँगै नेकपा एमालले घरदैलो अभियान संचालन गर्न लागेको छ । उसले कार्तिक २८ गते पार्टीको केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश ईन्चार्ज पद्मा अर्यालको उपस्थितिमा कार्यकर्ता भेला समेत आयोजना गरिसकेको छ । भेलामा जिल्ला कार्यक्षेत्र भएका केन्द्रीय सदस्यहरू, जिल्ला भित्रका केन्द्रीय सल्लाहकार परिषद सदस्यहरू, रोल्पा जिल्लाबाट लुम्बिनी प्रदेश कमिटीमा प्रतिनिधित्व गर्ने सदस्यहरू, जिल्ला पदाधिकारी तथा सचिवालय सदस्यहरू, सम्पूर्ण पालिका अध्यक्षहरू, रुन्टीगढी गाउँपालिका भित्रका जिल्ला कमिटी सदस्यहरू, रुन्टीगढी गाउँपालिका कमिटीका सदस्यहरू र रुन्टीगढी गाउँपालिका वडा नं. ४ का अगुवा कार्यकर्ताहरूलाई सो भेलामा उपस्थिति हुने बताइएको छ ।

सो वडामा नेकपा माओवादी केन्द्रले नरेशजङ सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । सो पार्टीको पालिका स्तरीय कार्यकर्ता रहेका सिहंलाई उम्मेदवार बनाएको नेकपा माओवादी केन्द्र पनि चुनावी अभियानमा होमिएको जिल्ला संयोजक रेशम पुनको भनाइ छ । नेकपा माओवादी केन्द्रले केन्द्र तथा जिल्ला स्तरीय नेताहरूको उपस्थितिमा कार्यक्रम गरिसकेको छ । यस अघिको निर्वाचनमा सो पार्टीवाट शिवलाल रोका उम्मेदवार थिए ।

२०७९ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा सो वडामा नेपाली काँग्रेसका टंकवहादुर पुनले ४८८ मत प्राप्त गरी विजयी भएका थिए । पुनको निकटतम प्रतिस्पर्धी नेकपा एमालेका ४८० मत प्राप्त गरेका थिए ।
यसैगरी तेश्रो स्थान हासिल गर्ने नेकपा माओवादी केन्द्रका उम्मेदवार शिवलाल रोकाले २०३ मत प्राप्त गरेका थिए । आसन्न उप निर्वाचनमा दुई सत्ताधारी दल नेपाली काँग्रेस र नेकपा एमाले वीच नै मुख्य प्रतिस्पर्धा हुने वताईन्छ । ९ वडा रहेको रोल्पाको रुन्टीगढी गाउँपालिकाको अध्यक्ष उपाध्यक्ष सहित ३ वडा नेपाली काँग्रेसले जितेको छ । यसैगरी नेकपा एमाले र नेकपा माओवादी केन्द्रले समेत ३/३ वटा वडा जितेका छन ।

मिनि ईलेक्सको रूपमा हुन लागेको उपनिर्वाचनले दलहरूको पछिल्लो जनमत परीक्षण गर्ने वताईन्छ । देशभरका ४० स्थानीय तहको विभिन्न पदमा रिक्त भएको पदपूर्तीका लागि सरकारले मंसिर १६ गते उपनिर्वाचन गर्न लागको हो । रिक्त जिल्ला समन्वय समिति प्रमुख, नगर प्रमुख र उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा वडाध्यक्ष पदमा उपनिर्वाचन हुन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?