ट्रेंडिंग:

>> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ

मानव सेवा आश्रमको भवन निर्माण गर्न महायज्ञ

२९ कार्तिक २०८१, बिहीबार
२९ कार्तिक २०८१, बिहीबार

सुर्खेत, २९ कात्तिक ।

मानव सेवा आश्रमको भवन निर्माणको लागि सुर्खेतमा श्रीमद्भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञ–२०८१ सुरु हुने भएको छ । सुर्खेतस्थित आश्रमको भवन निर्माणको लागि आर्थिक संकलनको लागि महायज्ञ सुरुवात गर्न लागिएको महायज्ञ व्यवस्थापन मुल आयोजक समितिले जनाएको छ । आज विरेन्द्रनगरमा पत्रकार सम्मेलन गरी यही मंसिर २१ गतेखि २८ गतेसम्म वीरेन्द्रनगर ८ स्थित खुलामञ्चमा श्रीमद्भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञ–२०८१ सञ्चालन हुने समितिले जनाएको छ ।

समितिका संयोजक नवराज केसीले आश्रमको भवन निर्माणको लागि महायज्ञको आयोजना गरिएको जनाए । ‘भवन निर्माणको लागि ठूलो पूजी आवश्यक पर्ने भएकाले यसरी महायज्ञ आयोजना हुँदैछ’ केसीले भने, ‘यसमा सडकमा रहेका मानवलाई ल्याएर राख्ने मात्र नभएर पुनस्र्थापनाको वातावरण हुन्छ यस ठाउँमा गएर अध्ययन गर्ने स्थानको रुपमा विकास गर्ने सोच बनाएका छौ ।’

महायज्ञ मुल आयोजक समितिका सह संयोजक सागर भुसालले गंगामाला देउती बज्यै सामुदायिक वनले आश्रमको लागि जग्गा उपलब्ध गराएको हुँदा उक्त जग्गामा भवन निर्माण गर्न लागिएको बताए । ‘मुठीदानबाट सञ्चालित मानव सेवा आश्रमको भवन बनाउन त्यति सजिलो छैन’ उनले भने, ‘उक्त कार्यका लागि अर्थ संकलनका लागि महायज्ञ लगाउन लागिएको हो ।’ गएको भदौ १८ गतेको सुर्खेत स्थित नागरिक अगुवाहरुको भेलाले नवराज केसीको संयोजकत्वमा महायज्ञ मुल आयोजक समिति गठन गरेको थियो ।

महायज्ञबाट पाँच करोड संकलन हुने लक्ष्य राखिएको समितिका सह संयोजक भुषालले बताए । महायज्ञमा प्रमुख वाचक भागवत भाष्कर पं कमलनयन गौतम आउने मुल आयोजक समितिले जनाएको छ । महायज्ञमा विहानको समयमा योगाध्यानको हुनुको साथै जेष्ठ नागरिकहरुलाई स्वास्थ्य जाँचको समेत व्यवस्था मिलाइएको समितिले जनाएको छ ।

हालसम्म मानव सेवा आश्रमले १० हजार ६ सय ८७ जना बेसहारा नागरिकको उद्धार गरी मानव उचित वातावरणको व्यवस्था गरेको छ । आश्रमका सातवटै प्रदेशमा शाखा रहेका छन् । २०७५ माघमा सुर्खेतबाट शुभारम्भ गरी बेसहारा नागरिकको उद्धार गर्दे आइरहेको सुर्खेतस्थित मानव सेवा आश्रम शाखाले कर्णालीका विभिन्न सडक पेटीमा भेटिएका जिवन नै जोखिममा रहेका चार सय बढीको उद्धार गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?