Butwal Today

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

२९ कार्तिक २०८१, बिहीबार
अ+
अ-

काठमाडौं ।

आज सुनचाँदीको मुल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २२ सयले घटेर तोलाको एक लाख ६० हजारमा कारोबार भएको छ ।

यसअघि बुधबार सुन तोलाको एक लाख ६२ हजार २ सयमा कारोबार भएको थियो  ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ३५ रुपैयाँले घटेर तोलाको १९०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।